×

NMB BANK
NIC ASIA

देवी दूर्गाका प्रतिमा पूजनपछि विसर्जन गरिँदै

कात्तिक १०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

महोत्तरी लगायतका मिथिला क्षेत्रमा सोमबार देवी प्रतिमा विसर्जन गरिँदैछ ।

Muktinath Bank

शारदीय नवरात्रका अवसरमा निर्माण गरी स्थापित गरिएका देवी दुर्गाका प्रतिमा देवी पूजन सम्पन्न भएसँगै सोमवार विजया दशमीका दिन पवित्र जलाशयमा विसर्जन गरिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महोत्तरीको जलेश्वरस्थित अति प्राचीन भार्गव, पुरन्दर सर (तलाउ) मा सोमवार बिहानैदेखि ठाउँठाउँमा निर्मित देवी प्रतिमा गहिरो जलाशयमा विसर्जन गरिँदै छन् । त्यसैगरी रातु, ओक्सी, बिग्ही, मरहा र बाँके लगायतका नदीमा पनि प्रतिमा विसर्जन गर्नेको समूह बिहानैदेखि देखिएको छ ।


Advertisment
Nabil box
Kumari

पर्वका अवसरमा निधारमा टीका लगाउने परम्परा नभएको मैथिल संस्कृतिमा देवी प्रतिमास्थल र घरघरका दशैं घरमा राखिएको जमरा भने प्रसादस्वरुप शिरमा सिउरिने गरिन्छ । माटो मुछेर नयाँ स्थापित गरिएका देवी प्रतिमा बाहेकका धातु र काठका मूर्ति रहेका शक्तिपीठ र मन्दिरमा भने पूजा विसर्जन गरेर मुख्य पुजारीले जमरा र प्रसाद दिने मैथिल परम्परा छ ।

Vianet communication
Laxmi Bank

मिथिलामा विजया दशमीका दिन दुईवटा पौराणिक परम्परा मानिदै आइएका छन् । अघि सत्ययुगमा दैत्यहरुको संहार गर्ने देवी दुर्गाको नवरात्रभरि गरिएको पूजा विसर्जन र विजया दशमीकै दिन त्रेतायुगमा मर्यादा पुरुषोत्तम श्रीरामले रावणआदि राक्षसको संहार गरेको विश्वास गरिन्छ । यो विश्वासअनुसार विजया दशमीका दिन रावणबध उत्सव मनाउने मैथिल परम्परा छ ।

यसपालि कोभिड–१९ संक्रमण जोखिमले गर्दा महोत्तरीमा रावणबध मूर्ति स्थापना र उत्सव भने आयोजना गरिएका छैनन् । जिल्लाको मटिहानीमा बर्सेनि आयोजना हुने रावणबध महोत्सव यसपालि संक्रमण जोखिम बढ्दै गर्दा रोकिएको नगर प्रमुख हरिप्रसाद मण्डलको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x