राष्ट्रपति भण्डारीद्वारा शुभ साइतमा गुरु र त्यसपछि आमाको हातबाट टीका तथा आशीर्वाद ग्रहण

फाइल फोटो

राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरू खेमचन्द्र ढकालबाट १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गरेकी छन् ।

राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डेका हातबाट पनि राष्ट्रपति कार्यालय, शीतल निवासमा विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गरेको राष्ट्रपतिका स्वकीय सहसचिव शिव भट्टराईले जानकारी दिए ।


Advertisement

सो अवसरमा राष्ट्रपति भण्डारीले छोरीज्वाइँहरू उषाकिरण, निशाकुसुम, उमेश थापा र अभिषेक यादव तथा दुई नातिनी एवं पाश्र्ववर्तीहरूलाई पनि टीका लगाइदिइन् ।


Advertisement

कमेन्ट गर्नुहोस्