जर्मनी जासुसी संस्थाका पूर्वप्रमुख भन्छन् – चीनलाई महाशक्ति बन्न कसैले रोक्न नसक्ने भो !

चीनलाई विश्वकै सर्वाधिक महाशक्ति बन्नबाट रोक्न केही गर्न नसकिने भन्दै जर्मनी खुफिया एजेन्सीका पूर्वप्रमुखले स्वीकारेका छन् ।

पूर्व प्रमुख गेरार्ड स्नाइड्लरले निकै चातुर्यताका साथ चीन युरोप, एसिया र अफ्रिकामा फैलिरहेको भन्दै चिन्ता व्यक्त गरेका हुन् । ‘चीनको प्रविधि यतिसम्म उच्चस्तरको छ कि, जर्मनीको डाटा सुरक्षा पनि राम्रोसँग गर्न सकिएको छैन भन्ने मेरो विश्वास छ,’ एक अन्तर्वार्ताका क्रममा उनले भने ।


Advertisement

उनले जर्मनीले हुवावेको ५ जी नेटवर्कलाई जर्मनीबाट निकाल्नुपर्ने बताए । चीनको यो प्रविधि जर्मनीलाई चीनमाथि निर्भरता बढाउने साधन भएको उनले बताए ।

द टाइम्सलाई अन्तर्वार्ता दिने क्रममा उनले सन् २०१५ मा शरणार्थीलाई जर्मनी खुला गरिएकोमा पनि आपत्ति जनाए ।


Advertisement

युरोपियन देशहरूमाथि अमेरिकाले हुवावे प्रतिबन्ध गर्न दबाब दिइरहेको छ । तर जर्मनीले मानिरहेको छैन ।

उनी सन् २०११ देखि २०१६ सम्म जर्मनीको खुफिया एजेन्सी प्रमुख भएर काम गरेका थिए ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्