दशैंमा घट्यो पीसीआर, पछिल्लो २४ घण्टामा जम्मा ५ हजार मात्र स्वाब परीक्षण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १७ सय ४१ कोरोना संक्रमित थपिएको जनाएको छ ।

दशैंको दिन साढे ६ बजे तथ्यांक सार्वजनिक गर्दै मन्त्रालयले ५ हजार ६ पीसीआर परीक्षणमा १७ सय ४१ जनामा संक्रमित भेटिएको जनाएको हो ।


Advertisement

यसअघि १४/१५ हजारको हाराहारीमा पीसीआर परीक्षण हुने गर्दथ्यो । दशैंको अवसरमा पीसीआर परीक्षण घटेको हो ।

केही दिनअघि एकैदिनमा २० हजारसम्म परीक्षण भएको थियो ।


Advertisement

यससँगै सक्रिय संक्रमितको संख्या ४३ हजार २ सय ९३ पुगेको छ ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा ४ हजार ५ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको जानकारी दिएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १५ रहेको छ । हालसम्म ८ सय २६ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।

नयाँ थपिएका संक्रमितमध्ये काठमाडौँ जिल्लामा ६ सय ७३, भक्तपुरमा ७६ र ललितपुरमा १ सय ४६ रहेका छन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्