काठमाडौँ उपत्यकामा थपिए ८ सय ९५ कोरोना संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ८ सय ९५ मा कोरोना संक्रमण देखिएको जनाएको छ ।

दशैंका दिन सोमवार मन्त्रालयले एक सूचना जारी गर्दै काठमाडौँ जिल्लामा ६ सय ७३, भक्तपुरमा ७६ र ललितपुरमा १ सय ४६ कोरोना संक्रमित भेटिएको जनाएको हो ।


Advertisement

त्यस्तै देशभर भने पछिल्लो २४ घण्टामा १७ सय ४१ कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ५ हजार ६ पीसीआर परीक्षण भएको थियो । यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या ४३ हजार २ सय ९३ पुगेको छ ।


Advertisement

मन्त्रालयले पछिल्लो २४ घण्टामा ४ हजार ५ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको जानकारी दिएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १५ रहेको छ । हालसम्म ८ सय २६ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्