शक्तिपीठमा दिइएन पशुबली

डोटी जिल्लाका प्रमुख शक्तिपीठ तथा मन्दिरमा आज विजयादशीका दिन पशुबली नदिएका कारण सुनसान देखिएको छ । गत वर्षमा दशैँका दिनमा निकै भीड लाग्ने यहाँका शक्तिपीठमा आज आवतजावत शून्यप्रायः छ ।
 प्रमुख जिल्ला अधिकारी भीमप्रशाद भट्टराइले कोरोना जोखिमका कारण त्यस्ता मन्दीरमा निषेधित क्षेत्र घोषणा गरिएको जनाए ।
यहाँका प्रसिद्ध शक्तिपीठहरु शैलेश्वरीमा रहेको चण्डिका, तिखामा रहेको कालढुङ्गा, दिपायल पिपल्लामा रहेको भगवती मन्दिरमा हजारौँको सङ्ख्यामा पशुबली दिइने भएपनि यो वर्ष कुनै चहलपहल नभएको स्थानीयबासीहरु बताउँछन् ।
शिखर नगरपालिका–२ कालागाढका स्थानीयवासी रामबहादुर बोगटीले प्रशासनले मन्दिरलाई निषेधित क्षेत्र घोषणा गरेपछि अहिले सुनसान अवस्था देखिएको बताए । 
दिपायल पिपल्लाका स्थानीयवासी कैलाश बिकले पशुबली रोकिएपछि भीड पनि घटेको जनाए । 


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्