कलाकार मनोज गजुरेलमा कोरोना संक्रमण पुष्टि

कलाकार मनोज गजुरेलमा पनि कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनले सोमबार सामाजिक सञ्जालमार्फत कोरोना संक्रमण पुष्टि भएको जानकारी दिँदै आफ्नो अवस्था सामान्य रहेको बताएका छन् । 
सामान्य ज्वरोपछि संक्रमणको आशंकामा कोरोना परीक्षण गराउँदा आफूमा पोजेटिभ देखिएका भन्दै उनले अहिले आफू स्वास्थ्य मापदण्ड अपनाउँदै होम आइसोलेशनमा रहेको जानकारी गराएका छन् । 

‘गत हप्ता दाजुलाई अस्पताल लाने–ल्याउने गरेको थिएँ । गत बिहीबार सामान्य टाउको दुख्यो । शुक्रबार ९८ डिग्रीको ज्वरो देखियो । शनिबार ढाडको दुखाई महसुस गरेँ । त्यसपछि हिजो पिसिआर टेस्ट भयो । भर्खरमात्र कोभिड पोजेटिभ भनेर रिपोर्ट आएको हो’, उनले भनेका छन्, बिहीबारदेखि नै आईसोलेसनमा छु । बाबू नानीहरुलाई कुनै लक्षण छैन । दाजु र मलाई पोजेटिभ देखिएकोले सेल्फ आइसोलेसनको कडा पालना सहित घरेलु उपचारमा छौँ । मलाई अहिले गार्हो हुनेखालका लक्षण छैनन् तर पनि आफू र अरुको स्वास्थ्यलाई ध्यानमा राखेर गुप्तवासमा रहेको जानकारी गराउन चाहान्छु ।’


Advertisement

संक्रमणबाट बच्न सुरक्षाका सम्पूर्ण उपायहरू अपनाउँदा अपनाउँदै पनि कोरोना संक्रमण भएको भन्दै उनले अहिले जनस्वास्थ्य विज्ञ तथा सामाजिक अभियन्ता डा रवीन्द्र समीरको सुझाव, सल्लाह र ‘कोभिड उपचार गाईइडलाईन’मा रहेको गजुरेलको भनाइ छ । 
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्