कौन बनेगा करोडपतिमा जितेको पैसाले के गर्नुहुन्छ ? भन्ने प्रश्नमा सहभागीको जवाफले अमिताभ बच्चन भए चकित

कौन बनेगा करोडपतिमा एक सहभागीको जवाफले अमिताभ बच्चन चकित परेका छन् ।

मध्यप्रदेशको खण्डवा ग्राम पञ्चायतका सचिव सचिव कौशलेन्द्र सिंह तोमर कौन बनेगा करोडपतिमा सहभागी भएका थिए ।


Advertisement

कार्यक्रम शुरू गर्नुअघि अमिताभ बच्चनले सोधे– यो शोमा जितेको पैसाले तपाईं के गर्न चाहनुहुन्छ ?

तोमरको जवाफ तपाईं हामीले सोचेभन्दा निकै फरक आयो ।


Advertisement

उनले भने– 'यहाँबाट जितेको पैसाले म मेरो पत्नीको अनुहारको प्लास्टिक सर्जरी गर्छु । १५ वर्षदेखि एउटै अनुहार देख्दादेख्दा दिक्क भैसक्यो ।'

उनको जवाफ सुनेर अमिताभ बच्चन चकित परे । पछि भने उनले आफूले मजाक गरेको बताएका थिए ।

यद्यपि उनले पत्नीको प्लाष्टिक सर्जरी गर्न पुग्ने पैसा जित्न सकेनन् ।

उनको हातमा जम्मा ४० हजार रुपैयाँ पर्‍यो ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्