×

NMB BANK
NIC ASIA

भारत र अमेरिकाबीच नयाँ सैन्य सम्झौता हुँदै, चीनलाई चेतावनी ?

कात्तिक ११, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भारत र अमेरिकाबीच आधारभूत आदानप्रदान तथा सहकार्य सम्झौता (बेका) मा मंगलवार हस्ताक्षर हुने भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

यस सम्झौताअन्तर्गत दुई देशले भूस्थानिक सूचना आदानप्रदान, नक्साहरूको सूचना तथा रक्षा मामिलाका लागि भूउपग्रहीय तस्वीर साझा गर्ने काम पर्दछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सम्झौताका लागि अमेरिकाका रक्षामन्त्री मार्क टी एस्पर र परराष्ट्रमन्त्री माइकल आर पोम्पेओ सोमवार नयाँ दिल्ली आइपुगेका छन् । 


Advertisment
Nabil box
Kumari

उनीहरूले भारतीय समकक्षीहरू रक्षामन्त्री राजनाथ सिंह र परराष्ट्रमन्त्री एस जयशंकरसँग कुराकानी गरिरहेका छन् । अमेरिकामा राष्ट्रपति चुनाव आउनुभन्दा एक हप्ताअघि भारत र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धलाई यस सम्झौताले थप सुदृढ बनाएको विश्लेषण गरिँदैछ । 

Vianet communication
Laxmi Bank

भारतको रक्षा मन्त्रालयले यस भ्रमणका क्रममा बेका सम्झौता हुने भनी सन्तोष व्यक्त गरेको छ । विगत चार वर्षमा भारत र अमेरिकाबीच तीनवटा आधारभूत सैन्य सम्झौता भएका छन् जसले गर्दा दुई देशबीचको सैन्य सम्बन्ध थप निकट बनेको छ । 

रक्षा मन्त्रालयको विज्ञप्तिमा उल्लेख भएअनुसार, दुवै देशका रक्षामन्त्रीले विभिन्न क्षेत्रमा द्विपक्षीय रक्षा सहकार्यमा समीक्षा गरेका छन् । 

अमेरिकी रक्षामन्त्री एस्परदले मालाबार २०२० सैन्य अभ्यासमा अस्ट्रेलिया पनि सहभागी हुने विषयलाई स्वागत गरे । उक्त अभ्यासमा अस्ट्रेलिया पनि सामेल हुने भनी भारतले केही दिनअघि घोषणा गरेको थियो । 

छलफलका क्रममा सिंहले आत्मनिर्भर भारतअन्तर्गत रक्षा क्षेत्रका पहलहरूमा जोड दिए र अमेरिकी कम्पनीहरूलाई भारतको उदारीकृत नीति तथा अनुकूल रक्षा उद्योग प्रणालीको फाइदा उठाउन आग्रह गरे । 

उता भारतका विदेशमन्त्री एस जयशंकरले अमेरिकी समकक्षी पोम्पेओसँग हैदराबाद हाउसमा भेटघाट गरेर विश्व परिस्थिति तथा त्यसका समकालीन चुनौतीहरूका विषयमा कुराकानी गरेको बताइएको छ । एसियाको स्थिरता तथा सुरक्षाका विषयमा समान चिन्ता र चासो पनि त्यसक्रममा व्यक्त भएको बताइएको छ । उनीहरूले चीनको चुनौतीका विषयमा कुरा गरेको बुझिएको छ । 

मंगलवारको बैठकमा पनि चारैजना मन्त्रीहरूले विशेष विषयमा कुराकानी गर्ने बताइएको छ । 

भारत र अमेरिकाबीच दुई जोड दुई मन्त्रीस्तरीय बैठक भइरहेको हो । कोभिडका कारण अधिकांश कूटनीतिक बैठकहरू भिडियो कन्फरेन्सिङमार्फत भइरहेकोमा यसरी आमनेसामने भएर भेटघाट गर्नु आफैंमा दुर्लभ कुरा हो । 

विगत पाँच महिनादेखि पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखामा भारत र चीनका सैनिकहरूबीच गतिरोधको स्थितिमा भारत र अमेरिकाका मन्त्रीहरूबीच प्रत्यक्ष भेटघाटको आफ्नै महत्त्व छ । चीनले भारतविरुद्ध चालेको कदमलाई अमेरिकाले कठोर आलोचना गर्दै आएको छ र त्यसको नेतृत्व माइक पोम्पेओले आफैंले गरेका छन् । 
 

बेका सम्झौता भएपछि भारतले अमेरिकाको भूस्थानिक सूचना उपयोग गर्न पाउँछ र क्षेप्यास्त्र तथा सशस्त्र ड्रोन जस्ता हतियार र स्वचालित प्रणालीको सटीकता बढ्छ । भारत र अमेरिकाका वायुसेनाबीचको सहकार्यका लागि यो महत्त्वपूर्ण हुनेछ । 

यस सहकार्यअन्तर्गत उच्चस्तरीय भूउपग्रहीय तस्वीर, टेलिफोन इन्टरसेप्ट तथा सीमामा चिनियाँ सैनिक र हतियार तैनाथीको आँकडा आदानप्रदान पनि गरिनेछ । 

दी इन्डियन एक्सप्रेसबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x