×

NMB BANK
NIC ASIA

विमान उडाउन चिरिच्याट्ट पारिँदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

कात्तिक ११, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

लुम्बिनी प्रदेशको विकासको मूल ढोकाका रूपमा हेरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको भौतिक पूर्वाधार निर्माणको काम विभिन्न झन्झट र व्यवधानबीच करीब सकिएको छ । 

Muktinath Bank

राष्ट्रिय गौरवको आयोजना विमानस्थल झण्डै ८ वर्षको अवधिमा भौतिक संरचना निर्माणले अन्तिम रूपमा पाएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा समेत गौतमबुद्ध विमानस्थललाई लिइएको छ । विमानस्थलमा लाइट (बत्ती) जडान र केही ठाउँको ‘फिनिसिङ’ गर्न मात्र बाँकी रहेको आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

विमानस्थल सन् २०१९ डिसेम्बर ३० तारिखमा सञ्चालनमा ल्याउने संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले बताए पनि कोरोनाको कारण विमानस्थल निर्माण रोकिएको थियो । अधिकारीले फिनिसिङ र लाइट जडान गर्ने प्राविधिक विदेशबाट ल्याउनुपर्ने हुँदा २ वटा काम लाइटिङ र फिनिसिङ मात्र बाँकी रहेको बताए ।

Vianet communication
Laxmi Bank

विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माण सकिएर रंगरोगनको काम भइरहेको छ भने प्रस्थान कक्षको भवन निर्माण सकिएर एसी जडान लगायतका काम भइरहेका छन् । एयरलाइन्सका लागि आवश्यक काउन्टर बनाउने, एसी जडान, वायरिङ लगायतका कामहरू सकिने क्रममा छन् । ३ हजार मिटर लामो धावनमार्ग, ट्याक्सी वे र जहाज पार्किङ गर्ने एप्रोनको काम सकिएको छ । 

विमानस्थल निर्माणले अन्तिम रूप पाउन लागे पनि सरकारले सञ्चालनको मिति र रुट परमिटको विषय टुंगो लगाउन सकेको छैन । सरकारले निर्माण कम्पनीका लागि ५ पटक समय थप गरेर सन् २०२१ डिसेम्बरसम्म म्याद थप गरेको छ ।

विमानस्थलको शिलान्यास २०७१ माघ १ गते तत्कालीन प्रधानमन्त्री स्व. सुशील कोइरालाले गरेका थिए । विमानस्थलले लुम्बिनी प्रदेशको विकासको ढोका खोल्ने आशा गरिएको छ । 

आयोजनाका अनुसार विमानस्थल २ चरणमा निर्माण भइरहेको छ । आईसीपी १ र आईसीपी  २ गरी विमानस्थलको काम भएको हो । आईसीपी १ अन्तर्गतका कामहरू सम्पन्न भइसकेका छन् भने आईसीपी २ अन्तर्गतका काम केही बाँकी छन् । १ अन्तर्गत धावनमार्ग, ट्याक्सी वे, टर्मिनल भवन लगायत संरचना निर्माण सम्पन्न भइसकेका छन् ।
 
२ अन्तर्गत जहाज, पाइलट र विमानस्थलबीचको समन्वयको लागि प्रविधि निर्माण रहेको छ । जसका उपकरण जडानको काम र केही ल्याउनुपर्ने भएको हुँदा कोरोनाले गर्दा आउन पाएका छैनन् । चीनबाट आउनुपर्ने सामान केही दिनमै विमानस्थल परिसरमा आइपुग्नेछ भने केही नेपाल–चीनबीचको सिमानामा रहेका कारण सामानहरू आउने क्रममा छ । तिनै सामान जडान गर्ने दक्ष जनशक्ति भने आउने टुंगो लाग्न सकेको छैन । 

निर्माण कम्पनीसँग भएको सम्झौता अनुसार २०७४ भित्रै निर्माण सम्पन्न नभएपछि आयोजनाले पटक–पटक गरी ५ पटक म्याद थप गरेको छ । विमानस्थल २०७२ सालको भूकम्प र मधेश आन्दोलनको अवरोध, नदीजन्य पदार्थको समस्याले विभिन्न अल्झन झेल्दै अहिले अन्तिम चरणमा आइपुगेको छ । विमानस्थल निर्माण कम्पनी नर्थ साउथ र स्थानीय ठेकेदार कम्पनीबीच आन्तरिक समस्याले पनि विमानस्थल निर्माणको काम प्रभावित पारेको थियो । पछिल्लो समय कोरोनाका कारण फेरि विमानस्थल निर्माणमा कठिनाइ आएको छ ।

विमानस्थल सम्झौता अनुसार समयमै काम सम्पन्न भएको भए र कोरोना महामारी नभएको भए यतिबेला १६ आन्तरिक र ६ वटा अन्तर्राष्ट्रिय विमानबाट रूपन्देहीमा दैनिक हजारौं पर्यटक झर्थे । चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले आयोजनाको निर्माण सम्झौता गरी काम शुरू गरेको थियो । 

विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माण हुने भएको छ । दोस्रो टर्मिनल भवन हाल बनेको भवनको पश्चिम छेउ बन्ने जनाइएको छ । भवन बनाउने स्थानको माटो परीक्षणको काम समेत भएको जनाइएको छ । विमानस्थलको दोस्रो भवन बनाउने विषयमा सम्पूर्ण कामहरू मन्त्रालयबाट भइरहेको अधिकारीले बताए । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा शुरू भएको विमानस्थल निर्माण कार्य चिनिया“ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्सट्रक्सनले २०१७ डिसेम्बर ३१ सम्म सम्पन्न गर्नुपर्ने गरी सहमति भएको थियो । तर म्याद थप गर्दै सन् २०२१ सम्म पुगेको छ । नर्थ वेस्ट कम्पनीले ६ अर्ब २२ करोड ५१ लाख २० हजार २२७ रुपैया“मा  सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x