पाकिस्तानको मदरसामा बम विस्फोट, कम्तीमा ७ जनाको मृत्यु

पाकिस्तानको पेशावर शहरको काँठ क्षेत्रमा रहेको एक मदरसामा मंगलवार बम विस्फोट हुँदा बालबालिका सहित कम्तीमा सातजनाको मृत्यु भएको छ भने ७० भन्दा बढी घाइते भएका छन् । 

‘ मदरसामा अज्ञात व्यक्तिहरूले प्लास्टिकको झोलामा विस्फोटक पदार्थहरू राखेपछि विस्फोट भएको हो,’ एक प्रहरी अधिकृतले रोयटर्स समाचार संस्थालाई बताए । 
 


Advertisement

जामिया जुबैरिया मदरसामा एक मौलवीले इस्लामका विषयमा प्रवचन दिइरहेको बेलामा विस्फोट भएको थियो । 

घाइतेहरूलाई लेडी रेडिङ अस्पताल लगिएको छ । 


Advertisement

दुई दिनअघि मात्र पाकिस्तानको क्वेटामा बम विस्फोट हुँदा तीनजना मारिएका थिए । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्