अमेरिकाको सर्वोच्च अदालतमा अनुदारवादीहरूको वर्चस्व, एमी कोनी ब्यारेटले लिइन् शपथ

अमेरिकी सदनको माथिल्लो सदन सिनेटले एमी कोनी ब्यारेटलाई सर्वोच्च अदालतको न्यायाधीश बन्ने स्वीकृति दिएपछि उनले शपथ लिएकी छन् । 

चुनाव आउनुअघि राष्ट्रपति डोनल्ड ट्रम्पलाई यसले फाइदा गर्ने भएको छ । वर्षौंसम्म अब सर्वोच्च अदालतमा दक्षिणपन्थीहरूको वर्चस्व रहनेछ । 


Advertisement

हुन त सिनेटको भोट औपचारिकता मात्र थियो किनकि सिनेटरहरू पार्टीको लाइन अनुसार चलिरहेका थिए । ब्यारेटको पक्षमा ५२ र विपक्षमा ४८ मत परेको थियो । तैपनि ट्रम्प, सर्वोच्च अदालत र अमेरिकी लोकतन्त्रका लागि यो महत्त्वपूर्ण क्षण हो । 

अर्को हप्ता हुन लागेको चुनावमा जस्तो परिणाम आए पनि ट्रम्पले न्यायपालिका नियुक्तिको विरासत कायम गरेका छन् । विपरीत परिस्थिति भए पनि ट्रम्पले अदालतमा तीनजना अनुदारवादी न्यायाधीश नियुक्त गरेका छन् । 


Advertisement

अब सर्वोच्च अदालतमा अनुदारवादी न्यायाधीश ६ जना छन् भने उदारवादी न्यायाधीश तीनजना छन् । यीमध्ये सबभन्दा वृद्ध अनुदारवादी न्यायाधीश क्लारेन्स टमस ७२ वर्षका भए र उनले अझै थुप्रै वर्ष न्यायसेवामा काम गर्नेछन् । 

अमेरिकाको सर्वोच्च अदालतमा न्यायाधीशको कार्यकाल बाँचुञ्जेल हुन्छ । 

गर्भपतन, समलिंगी विवाह र जलवायु परिवर्तनको संकट लगायतका जल्दाबल्दा विषयमा अनुदारवादी न्यायाधीशहरूलाई ब्यारेटको नियुक्तिले थप बलियो बनाएको छ । जनताले प्रगतिशील विचार राख्ने भए पनि न्यायाधीशहरू पुरातनपन्थी छन् ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्