जम्मु कश्मीरमा जहाँसुकैको भारतीयले जमीन किन्न पाउने

भारतको जम्मु कश्मीरमा देशका सबै नागरिकले जमीन किन्न पाउने भएका छन् । त्यसका लागि जम्मु कश्मीरकै नागरिक हुन जरूरी छैन । 

तर जमीन उद्योग स्थापनाका लागि मात्र लिन पाइन्छ । 
 


Advertisement

मंगलवारदेखि यो नियम लागू गरिएको हो । 

यसअघि जम्मु कश्मीरमा स्थानीय बासिन्दाले मात्र जमीन खरिदबिक्री गर्न पाउँथे । केन्द्रीय गृह मन्त्रालयले जमीनका विषयमा जम्मु कश्मीर पुनर्गठन अधिनियम अन्तर्गत यो निर्णय लिएको हो । 


Advertisement

पोहोर साल अगस्ट ५ मा भारतको केन्द्र सरकारले जम्मु कश्मीरलाई विशेषाधिकार दिने धारा ३७० खारेज गरेको थियो । अनि जम्मु कश्मीरलाई केन्द्रशासित दुई प्रदेश जम्मु–कश्मीर र लद्दाख बनाएको थियो । 

त्यसैको परिणामस्वरूप केन्द्र सरकारले भूमि कानूनमा परिवर्तन गरेको छ । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्