प्रयोगशालामा सङ्कलित नमूना अभाव भए पछि धनगढीमा कोरोना परीक्षण रोकिएको छ ।
दशैँको समयमा नमूना सङ्कलन हुन नसके पछि सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भइरहेको परीक्षण केही समयका लागी बन्द गरिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।
नमूना अभाव हुँदा सोमबार र मङ्गलवार परीक्षण नभएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।
‘एक पटक परीक्षण गर्न कम्तीमा पनि १ सय वटा नमूना चाहिन्छ’,श्रेष्ठले भने,‘दशैँको समय भएकाले धेरैले नमूना दिएनन् । अव नमूना सङ्कलन भए पछि मात्रै परीक्षण हुन्छ ।’
लोकान्तर संवाददाता