भारतीय सेनाध्यक्ष नरवाणेको नेपाल भ्रमण कात्तिक १९ गते, यस्तो छ उनको भ्रमण तालिका

भारतीय सेनाध्यक्ष एम एम नरवाणे यही कात्तिक १९ गते नेपाल भ्रमणमा आउने भएका छन् ।

नेपाली सेनाले मंगलवार एक विज्ञप्ति जारी गर्दै नरवाणे कात्तिक १९ गते ४ सदस्यीय भ्रमण दलका साथ नेपाल आउने बताएको हो ।


Advertisement

तीन दिनको भ्रमणमा आउन लागेका नरवाणेले सैनिक मंचको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जंगी अड्डामा सम्मान गारद निरीक्षण तथा आफ्ना समकक्षी पूर्णचन्द्र थापासँग छलफल लगायतका काम गर्नेछन् ।

भ्रमणको मुख्य अंशका रूपमा नेपाली सेना र भारतीय सेनाबीचको परम्परा अनुसार उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ ।


Advertisement

नरवाणेले प्रधानमन्त्रीसँग समेत औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको सेनाको विज्ञप्तिमा जनाइएको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्