चर्चले हुम्लाका गाउँमा बाँड्यो निःशुल्क स्यानिटाइजर

हुम्लाको खार्पुनाथ गाउँपालिका–५ का ८० घरधुरीलाई निःशुल्क स्यानिटाइजर प्रदान गरिएको छ ।

जिल्ला सदरमुकाम सिमकोटमा लामो समयदेखि सञ्चालनमा रहेको न्यु भिजन चर्चले जिल्ला कोरोना उच्च संक्रमणको जोखिममा रहेको जनाई ताक्ला र  बाम्टा गाउँका घरधुरीलाई स्यानिटाइजर सहयोग गरेको हो । 


Advertisement

ग्रामीण बस्तीका नागरिकले कोरोना संक्रमणबाट बच्न र व्यक्तिगत सरसफाइमा जोड दिऊन् भन्नाका लागि स्यानिटाइजर सहयोग गरिएको चर्चका कालीबहादुर बोहराले बताए ।


Advertisement

कमेन्ट गर्नुहोस्