कात्तिक २७, २०८०
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
वैकल्पिक शिक्षा प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने उद्देश्यले ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाले सबै विद्यालयमा इन्टरनेट सेवा जडान गरेको छ ।
विद्यार्थीलाई प्रविधिमैत्री र वैकल्पिक शिक्षा प्रणालीबाट सिकाइमा सहजता ल्याउनका लागि पहिलो चरणमा माध्यमिक तहका सबै विद्यालयमा इन्टरनेट सेवा जडान गरेको गाउँपालिकाले जनाएको छ ।
कोरोना महामारीबाट प्रभावित भएको शिक्षा क्षेत्रलाई वैकल्पिक विधिबाट पठनपाठन सञ्चालन गर्न गाउँपालिकाले पहिलो चारणमा ८, १० र १२ कक्षा सञ्चालनमा रहेका १५ वटा विद्यालयमा इन्टरनेट सेवा जडान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास पौडेलले जानकारी दिए । दोस्रो चरणमा आधारभूत तहका विद्यालयमा समेत इन्टरनेट सेवा जडान गर्ने योजना रहेको उनको भनाइ छ ।
इन्टरनेट सेवा प्रयोग गरेबापत मासिक शुल्क भने विद्यालय स्वयंले बुझाउनुपर्ने छ । इन्टरनेटको सुविधा भएपछि विद्यार्थीको पठनपाठनमा सहजता हुने मात्र होइन्, विद्यालयको प्रशासनिक कामकाज पनि छिटोछरितो र सहज हुने विश्वास लिइएको छ । इन्टरनेट सेवाले शिक्षकको क्षमता अभिवृद्धि र शैक्षिक गुणस्तरमा समेत वृद्धि हुने शिक्षकको दाबी छ ।
यसअघि गाउँपालिकाले सेवाग्राहीलाई प्रविधिमैत्री र छिटोछरितो सार्वजनिक सेवा प्रदान गर्नका लागि ९ वटै वडा कार्यालयमा इन्टरनेट सुविधा जडान गरिसकेको छ ।
कम्प्युटरमा सफ्टवेयरको प्रयोगका लागि इन्टरनेट सुविधा आवश्यक भएको र समयानुकूल सार्वजनिक सेवा छिटोछरितो र सहज किसिमले प्रदान गर्नुपर्ने हुँदा विशेष महत्त्वका साथ इन्टरनेट जडान गरिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलको भनाइ छ ।
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...