कर्मचारीमा कोरोना सङ्क्रमण भएपछि गोदावरी नगरपालिका ३ दिनका लागि बन्द

नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि गोदावरी नगरपालिका ३ दिनका लागि बन्द गरिएको छ ।  

बुधवार एक सुचना  जारी गर्दै नगरपालिकाले शुक्रवार सम्मका लागि सेवा बन्द गरेको जनाएको छ ।


Advertisement

तर अत्यावश्यक सेवा अन्तरगत स्वास्थ्य सेवा, फोहर मैला व्यवस्थापन र दमकल सेवा भने सुचारु रहने सूचनामा उल्लेख गरिएको छ ।

नगरपालिकामा कार्यरत २ जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको गोदावरी नगरपालिकाका प्रवक्ता शर्मानन्द भट्टले जानकारी दिए ।
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्