×

X
Dabur
Nic Asia
Marvel

कोरोनाभाइरसः मेक्सिकोमा ९० हजार, अर्जेन्टिनामा ३० हजार बढीको मृत्यु

काठमाडाैं | कात्तिक १३, २०७७

TVS INSIDE

मध्य अमेरिकी राष्ट्र मेक्सिकोमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९० हजार नाघेको छ । मेक्सिकोको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४९५ जना संक्रमितको ज्यान गएको छ । 

IME BANK INNEWS

मन्त्रालयका प्रवक्ता लुइज अलोमियाले मेक्सिकोमा हालसम्म ९ लाख ६ हजार व्यक्ति संक्रमित भइसकेको बताउँदै यी संंक्रमितमध्ये ९० हजार ३०९ जनाको मृत्यु भएको जानकारी दिए । 
उहाँले पछिल्लो २४ घण्टामा ५ हजार ५९५ जना नयाँ संक्रमित थपिएको पनि बताए । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

यसैबीच, दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनामा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३० हजार ७१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ३४५ जनाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको थियो । 

मन्त्रालयका अनुसार अर्जेन्टिनामा हालसम्म ११ लाख ३० हजार ५३३ जना संक्रमित भएकामा ९ लाख ३१ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । अर्जेन्टिनाको सबैभन्दा ठूलो शहर ब्यूनस आयर्समा मात्र ५ लाख ४० हजार व्यक्तिमा संक्रमण देखिएको छ । 

Vianet communication
Maruti inside

मन्त्रालयले कोरोनाभाइरसका कारण गम्भीर स्वास्थ्य अवस्था रहेका पाँच हजार व्यक्तिको हाल सघन उपचार कक्षमा राखेर उपचार भइरहेको जनाएको छ । अर्जेन्टिनामा गत मार्च ३ मा पहिलो पटक कोरोना संक्रमण देखिएको थियो । 

अमेरिकी जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर ४ करोड ४३ लाखभन्दा बढी व्यक्ति कोरोनाभाइरसबाट संक्रमित भएका छन् भने ११ लाख ७० हजारभन्दा बढीको ज्यान गइसकेको छ । 
 

TATA Below
NLIC
साउन ३०, २०७९

पतिले दोस्रो बिहे गरेपछि एक पत्नीले सञ्चारमाध्यममा घटना सार्वजनिक गरेकी छन्, जसमा परिचय गोप्य राखिएको छ । रेडिट पोस्टका अनुसार ती पतिपत्नीले बिहे गरेको २५ वर्ष भइसक्यो, दुवैबाट ३ बच्चा पनि छन् । तर पतिले बाह...

साउन २८, २०७९

अफगानिस्तानको वर्षा र बाढीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।​ लोगार, वार्दाक र खोस्त प्रान्तमा मुसलधारे वर्षा र बाढीका कारण कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै सयौँ घाइत...

साउन २९, २०७९

युक्रेनको डोनेत्स्क क्षेत्रमा रहेको पेस्की शहरमा रुसी सेनाको पूर्ण नियन्त्रण कायम रहेको रुसको रक्षा मन्त्रालयले जनाएको छ ।  त्यस शहरमा रहेका युक्रेनी सैनिकहरू आफ्नो पोजिसन छोडेर भागेका छन् । उनीहरू नीप्रोपे...

साउन २९, २०७९

इजिप्टको कोप्टिक चर्चमा आइतवार भएको आगलागीमा कम्तीमा ४१ जनाको मृत्यु भएको छ । घटनामा १४ जना घाइते छन् ।  इम्बाबाको घना बस्तीमा रहेको अबु सेफेन चर्चमा भयंकर आगलागी भएको हो ।  आगलागीको कारण...

साउन २९, २०७९

भारतीय शेयर बजारमा ‘बिगबुल’ राकेश झुनझुनवालाको निधन भएको छ ।  ६२ वर्षको उमेरमा उनको मुम्बईस्थित ब्रीच क्याण्डी अस्पतालमा उनको आइतवार मृत्यु भएको हो ।  उनी २ हप्ता अगाडि मात्रै अस्प...

साउन २८, २०७९

भारतले स्वतन्त्रताको ७५ औँ वर्षमा रामसार क्षेत्रको सूचीमा थप ११ सिमसार क्षेत्र थपेको छ । यी रामसार साइटहरूले १३,२६,६७७ हेक्टर (हेक्टर) क्षेत्रफल ओगटेका छन्। नयाँ साइटहरू मध्ये, चार तमिलनाडुमा, तीन ओडिशामा, दुई ज...

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

साउन ३०, २०७९

शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

ad
x