कात्तिक २८, २०८०
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
कात्तिक १३, २०७७
फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोनले देशमा फेरी लकडाउनको घोषणा गरेका छन् । टेलिभिजनबाट सम्वोधन गर्दै उनले कोरोनाभाइरसको महामारी बढ्दै गएकाले लकडाउन लगाउनु परेको उल्लेख गरेका हुन् ।
नयाँ व्यवस्थाअनुसार कसेसम्म घर बाहिर निस्कनै नदिने र निस्कनु पर्ने अवस्थामा रहेकाहरुले कडा नियमहरु मान्नु पर्नेछ । बाहिर निस्कनु पर्नेहरुलाई फाराम भर्नु पर्ने व्यवस्था पनि गरिएको छ ।
अहिले घोषणा गरिएको लकडाउन आगामी डिसेम्बर १ तारिखसम्म लागु हुनेछ भने त्यसपछि निरन्तरता दिनु परेमा १५, १५ दिनमा थप्दै लगिने छ । फ्रान्समा अप्रिलयता कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या उच्च भएको छ भने मंगलबार एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै अर्थात ३३ हजार जना नयाँ सङ्क्रमित भेटिएका छन् ।
‘सङ्क्रमित र मृतकहरुको संख्या हेर्दा महामारीले फ्रान्समा डरलाग्दो अवस्था लिन सक्ने देखिएको छ,’ म्याक्रोनले भने । उनले महामारीको दोस्रो चरण धेरै कठिन र विनाशकारी हुने देखिएकाले त्यस्तो खतरातर्फ जान नहुनेमा जोड दिए ।
म्याक्रोनले महामारीको वेगलाई बढ्न नदिन फ्रान्सले अब “निर्मम तरिकाले ब्रेक“ लगाउनुपर्ने बताए । उनले कोरोनाका बिरामीको चापले फ्रान्सका अस्पतालहरूका सघन उपचार कक्षहरू आधा भरिसकेको जानकारी पनि दिएका थिए ।
नयाँ घोषणा गरिएको लकडाउन शुक्रबारदेखि लागु हुनेछ । लकडाउनसँगै छिमेकी राष्ट्रहरुसँगको सिमाना पनि बन्द हुनेछ । प्रवेश गराउनै परेमा स्वास्थ्य परीक्षण गर्नु पर्नेलगायतका कडा मापदण्ड बनाइएको र त्यो पालना गरेपछि मात्रै प्रवेशका लागि अनुमती दिइने भएको छ ।
भिडभाड गर्न हुन नपाइनेगरी यसअघि लगाइएको प्रतिबन्ध पनि कायमै रहेको उहाँले जानकारी दिनुभएको छ । लकडाउनका बेलामा रेस्टुरेन्ट बारहरू बन्द रहनेछन् भने विद्यालय र ठूला कारखानाहरु भने खुल्लै रहने जनाइएको छ ।
ठूला उद्योगहरु संचालन गर्न विषेश व्यवस्था गरिएको र ती उद्योगहरु संचालन भएपछि अर्थतन्त्र पनि धानिने उहाँको विश्वास छ । राष्ट्रपति म्याक्रोनले स्वरोजगार व्यवसायी, पसलेहरु, साना व्यवसायीक प्रतिष्ठान, मध्यम व्यवसायीलगायतका लागि विषेश प्याकेज ल्याउने घोषणा पनि गरेका छन् ।
यसअघि, जर्मन चान्सलर एञ्जेला मर्केलले पनि आफ्नो देशले नियन्त्रणका लागि कदम चाल्नुपर्ने र कोरोनाभाइरस फैलिन नदिन सवैलाई सतर्कता अपनाउन आह्वान गर्दै रातको समयमा कफुर्यको घोषणा गरेकी थिइन् ।
युरोपेली थुप्रै देशहरूमा महामारीको दोस्रो चरण फेरी तीव्र रुपमा बढिरहेको विभिन्न तथ्यांकहरुले देखाएका छन । ती केही देशहरुले पनि महामारी नियन्त्रण गर्न भन्दै रातको समयमा कर्फ्यू लगाएका छन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...