बाँकेमा एक संक्रमितको मृत्यु, गण्डकीमा १०२ जनामा संक्रमण पुष्टि

बाँकेमा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । दाङ राप्ती गाउँपालिका १ का ६५ वर्षीय पुरुषको आज दिउँसो कोहलपुर शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको  स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । 
लामो समयदेखि मधुमेहका बिरामी उनमा कात्तिक १० गते कोरोना पुष्टि भई सोही दिन अस्पताल भर्ना भएका थिए । योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचारका लागि आएका १७ जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ ।
बाँकेमा आज ३४ जना कोरोना सङ्क्रमित निको भइ घर फर्किएका छन् । 

यसैबीच गण्डकी प्रदेशमा थप १०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने तीन जनाको मृत्यु भएको छ ।
प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या सात हजार ४७ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा। विनोदबिन्दु शर्माले जानकारी दिए । 
 बागलुङको गलकोट नगरपालिका ३ का ७२ वर्षीय कोरोना सङ्क्रमित पुरुषको आज साँझ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड–१९ उपचार केन्द्रको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक अर्जुन आचार्यले जानकारी दिए । 


Advertisement

यस्तै पर्वतको कुश्मा नगरपालिका ६ का ५५ वर्षीय सङ्क्रमित पुरुषको आज बिहान  चरक मेमोरियल अस्पताल, पोखराको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको छ भने पोखरा महानगरपालिका १३ का ३६ वर्षीय सङ्क्रमित महिलाको बुधबार राति पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशमा  सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७३ पुगेको छ । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्