×

NMB BANK
NIC ASIA

हिमालपारिको बस्ती पहिलोपटक पुग्यो सबै खालका खोप

कात्तिक १४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

हिमालपारिको बस्ती लिमीका तीनवटै गाउँका बालबालिकाले पहिलो पटक सबै खालका खोप लगाउन पाएका छन् ।

Muktinath Bank

यसअघि स्वास्थ्यकर्मी वर्षको एक पटक मात्र उपस्थिति हुँदा जनशक्ति अभावमा सबै खालका खोप नियमित लगाउन पाएका थिएनन् । सबै प्रकारका खोप लगाउन नपाएका बालबालिकाले चाहिने खोप लगाउन थालेपछि अभिभावक पनि खुसी हुन थालेका छन् । गाउँमा स्थायी रूपमा स्वास्थ्यकर्मी बस्न थालेपछि खोप लगाउने कार्य सम्भव भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एक बालककी आमा छिरिङ छोवो तामाङले आफ्नो छोराले पहिलो पटक गत असारमा खोप लगाउन पाएको बताइन्  । खोपसम्बन्धी कुनै जानकारी नपाएकी उहाँले सुरुमा स्वास्थ्यकर्मीलाई खोप लगाउन आउँदा दिन मानेकी थिइनन् । पछि सबै कुरा बुझाएपछि उनी आफ्नो छोरालाई खोप लगाउन सहमत भइन्।


Advertisment
Nabil box
Kumari

नेपाली राम्रोसँग नबुझ्ने तामाङले खटाएका स्वास्थ्यकर्मी स्वास्थ्य चौकीमा नबसेकै कारण छोराको खोप छुटेको बताइन् ।

Vianet communication
Laxmi Bank

असारयता खोप लगाउन पाएका बालबालिका लिमीमा पहिलो खोप पाउने बालबालिका हुन् ।

लिमी स्वास्थ्य चौकीमा ११ महिनाकी छोरीलाई लिएर नियमित खोप लगाउन पुगेकी लिमी हल्जी गाउँकी जाङ्मु तामाङले राज्यबाट निःशुल्क रूपमा आउने सेवासुविधा पहिलो पटक उपभोग गर्न पाएको बताइन् ।

यसअघि उनका तीन छोरा खोप नलगाईकन हुर्के । त्यति बेला उहाँलाई नियमित खोपका बारेमा जानकारी रहेनछ । थाहा भएपछि भने यसलाई नियमित गर्नेतर्फ आफूहरूको सहयोग रहने उनले बताइन् । गाउँका बालबालिकाले खोप लगाउन पाएपछि सिंहदबार गाउँ पुगेको विश्वास हुन थालेको तामाङले बताइन् ।

हल्जी गाउँमा १९ जना बालबालिका खोप लगाउने उमेरका छन् ।

स्वास्थ्य चौकी इन्चार्ज गोर्ख भण्डारीले आफूले नियुक्ति पाएलगत्तै लिमीका गाउँमा आएर नियमित सेवा प्रवाहमा लागेको बताए । लिमीका अन्य दुई गाउँ तिल र जाङमा भने नियमित खोप कार्यक्रमका बेला चार घण्टा पैदल हिँडेर घरघरमा खोप लगाइदिन जाने गरेको उनले बताए ।

तिलमा खोप लगाउने दुई बालबालिका र जाङ गाउँमा सात जना बालबालिका छन् । गाउँमा बालबालिका जति भए पनि खोप पाउनु बालबालिकाको अधिकार र खोप लगाउनु स्वास्थ्यकर्मीको दायित्व रहेको इन्चार्ज भण्डारीले बताए ।

उनीसहित चार स्वास्थ्यकर्मीको व्यवस्था गाउँपालिकाले गरेर लिमीमै नियमित बस्ने व्यवस्था गरेको छ । यसअघि बालबालिकाको खोपको त के कुरा; अन्य सिकिस्त बिरामी हुँदा पनि लामा बसाल्ने, चीनको ताक्लाकोट वा सदरमुकाम सिमकोटबाट परीक्षणबिनै दुखाइका आधारमा औषधि झिकाएर उपचार गर्नु सामान्यजस्तै थियो ।

नाम्खा गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक नरबहादुर भण्डारीले लिमीमा खोप कार्यक्रम पहिलो पटक नियमित भएको स्वीकार गरे। अब यसलाई निरन्तरता दिन स्वास्थ्य शाखाले प्रयत्न गरिरहेको उहाँको भनाइ छ । लिमी बस्ने स्वास्थ्यकर्मीका लागि थप सुविधाको व्यवस्था गरेर बाह्रै महिना लिमी बस्ने व्यवस्था गर्नेतर्फ पहल भइरहेको उनले बताए । गोरखापत्र दैनिकमा ​राजन रावतले खबर लेखेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x