×

NMB BANK
NIC ASIA

३ महिनामा ४ प्रतिशत खर्च

कात्तिक १४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

लुम्बिनी प्रदेशले आर्थिक वर्षको पहिलो चौमासिकमा १५ प्रतिशत विकास बजेट खर्च गर्ने लक्ष्य लिएको थियो । तर ३ महिना सकिँदासम्म विकास बजेटको करिब ४ प्रतिशत मात्रै खर्च गरेको छ । लक्ष्यअनुसार बजेट खर्च नहुँदा खर्चको अनुपात र विकास उपलब्धि हुन सकेको छैन ।

Sagarmatha Cement
Muktinath Bank

असोज मसान्तसम्म प्रदेश सरकारले पुँजी बजेटको ४.४६ प्रतिशत खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ । रकमका हिसाबले ८२ करोड ९५ लाख ५८ हजार रुपैयाँ खर्च भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रशासनिक खर्च भने दोब्बर बढी अर्थात् ९.६८ प्रतिशत भएको छ । रकमअनुसार १ अर्ब ७१ करोड ६८ लाख ११ हजार रुपैयाँ खर्च भएको छ । विकास बजेट खर्चको यस्तो अनुपातले यस वर्ष पनि विकास बजेट आर्थिक वर्षको अन्त्यमा मात्रै खर्च हुने देखिएको प्रदेश लेखा नियन्त्रक दीपक ज्ञवालीले बताए । ‘त्यसले विकास योजनाको उपलब्धि देखाउन, खर्चको अनुपात मिलाउन र सुशासन प्रवर्द्धन गर्न समस्या हुन सक्छ,’ उनले भने ।


Advertisment
Nabil box
Kumari

मुख्यमन्त्री शंकर पोखरेलले नेतृत्व गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयले समयमा बजेट खर्च गर्न भन्दै आर्थिक वर्षको सुरुवातदेखि नै मन्त्रालयहरूलाई ताकेता गरेको थियो । तर धेरै बजेट खर्च गर्ने मन्त्रालयले नै विकास बजेट खर्चमा चासो देखाएनन् । जसले गर्दा लक्ष्य एकातिर तर परिणाम अर्कोतिर भएको हो । सचिवस्तरीय बैठकमा समेत विकासलाई प्राथमिकतामा राख्न र बजेट उपयोगमा लैजानेबारे छलफल भएको आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव एवं प्रवक्ता जनार्दन पौडेलले बताए ।

Vianet communication
Laxmi Bank

‘हरेक मन्त्रालयका डिभिजन कार्यालयहरूलाई वर्षको सुरुवातबाटै बजेट कार्यान्वयनमा लैजान आग्रह गरिएको छ,’ उनले भने, ‘धेरैजसो योजना कार्यान्वयनमा गएको तर खर्च भुक्तानी हुन बाँकी रहेकाले कम खर्च देखिएको उनीहरूले बताएका छन् ।’ मन्त्रालयगत रूपमा सबैभन्दा कम विकास बजेट आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ०.७८ प्रतिशत खर्च गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा १.७५ प्रतिशत खर्च भएको छ । धेरै बजेट हुने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले १.०९ र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले २.१९ प्रतिशत खर्च गरेका छन् । कान्तिपुर दैनिकमा अमृता अनमोलले खबर लेखेकी छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x