×

NMB BANK
NIC ASIA

कसको सम्भावना कस्तो ? जटिल समीकरण

कात्तिक १४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किंग्सबीचको खेल अगाडि इन्डियन प्रिमियर लिग २०२० मा सबै टिमले आफ्ना १२–१२ खेल खेलेका छन् । यो स्थितिमा पनि शीर्ष चार स्थानमा रहेर प्लेअफका लागि छनोट हुने टिमको ठ्याक्कै समीकरण तयार हुन सकेको छैन । मुम्बई इन्डियन्स बलियो स्थितिमा रहेको एक मात्र टिम हो भने चेन्नई सम्भावना सकिएको एक मात्र टिम । यस अर्थमा कसको सम्भावना कस्तो त ? समीकरण जटिल छ ।

Muktinath Bank

मुम्बई इन्डियन्स
मुम्बईको १२ खेलबाट १६ अंक छ र यो नै एक मात्र यस्तो टिम हो, जसबारे दाबी गर्न सकिन्छ, लगभग प्लेअफका लागि छनोट भइसकेको छ । मुम्बईले दिल्ली क्यापिटल्स र सनराइज हैदराबादविरुद्ध खेल्न बाँकी छ । अहिलेसम्मको समीकरण अनुसार मुम्बई शीर्ष दुई मध्ये एक स्थानमा रहने छ, किनभने दिल्ली र रोयल च्यालेर्न्ज बेंग्लोरमध्ये एकै टिमको मात्र बढीमा १८ अंक हुन सक्छ । फेरि मुम्बईको नेट रनरेट पनि निकै राम्रो रहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रोयल च्यालेन्जर्स बेंग्लोर
रोयल च्यालेन्जर्स बेंग्लोरका दुई बाँकी खेलमध्ये पहिलो सनराइज हैदराबाद रहेको छ भने अन्तिम दिल्ली क्यापिटल्सविरुद्ध छ । उसको १२ खेलबाट १४ अंक छ । आफ्नो पछिल्लो खेलमा मुम्बई इन्डियन्ससँग पराजित रहे पनि बेंगलोर आरामले शीर्ष चारमा पर्ने देखिन्छ । उसले यसका लागि अन्तिम दुई खेलमध्ये एकमा जित निकाले पुग्छ । दुवै खेलमा पराजित रहेको खण्डमा पनि बेंग्लोर १४ अंकमा कायम रहनेछ र यति बेला अरू टिमको नतिजा निर्णायक हुन सक्नेछ ।


Advertisment
Nabil box
Kumari

दिल्ली क्यापिटल्स
मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्ध रहेका छन्, दिल्ली क्यापिटल्सका अन्तिम दुई खेल । उसको १२ खेलबाट १४ अंक छ । सनराइज हैदराबादविरुद्ध ठूलो अन्तरको हारले दिल्लीलाई केही अप्ठ्यारोमा पारेको हो । फेरि उसका बाँकी दुई खेल पनि शीर्ष स्थानका टिमविरुद्ध नै रहेको छ, जुन पक्कै सजिलो हुने छैन् । यसमध्ये एक खेलमा विजयी रहे पनि दिल्लीको छनोट सम्भावना कायम रहनेछ । यही १४ अंकले पनि दिल्लीलाई प्लेअफमा पुर्‍याउन सक्छ तर हैदराबादविरुद्धको जस्तो हार फेरि बेहोर्नु परे दाबेदार मानिएको टोली बाहिरिने छ ।

Vianet communication
Laxmi Bank

किंग्स इलेभेन पञ्जाब
किंग्स इलेभेन पञ्जाब पछिल्लो समय खुबै लयमा छ र यसै कारणले त हो, उसले पछिल्ला पाँच खेल लगातार जितेको छ । यो जितको क्रमलाई सात खेल पुर्‍याउने हो भने पनि पञ्जाब प्लेअफका लागि योग्य हुनेछ । पञ्जाबको १२ खेलबाट १२ अंक छ र उसको नेट रनरेट पनि राम्रो छ । पञ्जाब अन्तिम दुई खेल विजयी रहे पनि, त्यो जितको अन्तर निकै साँघुरो रह्यो भने समीकरण जटिल र अनिश्चित हुन सक्छ । दुई मध्ये एक खेलमा हारे पनि पञ्जाबको सम्भावना समाप्त भने हुने छैन् । पञ्जाबले पुछारको दुई टोली राजस्थान र चेन्नईसँग खेल्न बाँकी छ ।

सनराइज हैदराबाद
सनराइज हैदराबादका लागि प्लेअफ सम्भावनाको समीकरण स्पष्ट छ, उसले आफ्ना बाँकी दुई खेल जित्नु पर्‍यो, अनि आसमा रहनु पर्‍यो, १६ अंक छुन सक्ने पाँच टिममध्ये दुईले यस्तो आँकडा छुन नसकोस् । उसको नेट रनरेट पनि खासै नराम्रो छैन, त्यसैले यो हैदराबादका लागि सकारात्मक पक्ष हुनेछ । उसले आफ्ना अन्तिम दुई खेलमा बेंग्लोर र मुम्बईको सामना गर्नेछ । हैदराबादका लागि मुम्बईले बेंग्लोरलाई हराउनु राम्रो नतिजा रहेको छ । हैदराबाद अहिले १० अंकमा छ ।

राजस्थान रोयल्स
राजस्थान रोयल्सको नेट रनरेट कमजोर छ, अझ नकारात्मक छ, त्यसैले सम्भवतः उसको सम्भावना अरूको तुलनामा कमजोर जस्तै छ । आफ्ना बाँकी दुई खेलमा उसको प्रतिद्वन्द्वी रहेको छ, किंग्स इलेभेन पञ्जाब र कोलकाता नाइट राइडर्स । अहिले उसको १० अंक छ । यदि राजस्थानको १४ अंक हुन्छ र नेट रनरेटको समीकरण आवश्यक परेन भने उसको छनोट सम्भावना बढ्न सक्छ । त्यस अर्थमा राजस्थानले सबैभन्दा पहिले बाँकी दुई खेल नै जित्नु पर्‍यो । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x