×

NMB BANK
NIC ASIA

कसरी नांगियो साइपाल ?

कात्तिक १४, २०७७

NTC
Sarbottam
तस्वीर सौजन्य : कान्तिपुर दैनिक
Premier Steels
Marvel

पहिलो पटक २०६० मा यार्चागुम्बु टिप्न औंलागाड पुगेका राजेन्द्र धामीले त्यसयता साइपाल आसपास क्षेत्रमा महिनौं बिताएका छन् ।

Muktinath Bank

साइपाल गाउँपालिकाको धलौनका ४१ वर्षीय धामी यो अवधिमा दर्जनौं पटक साइपाल हिमालको फेदी औंलागाडसम्म पुगे । कहिले यार्चागुम्बु टिप्न र संकलन गर्ने सिजनमा अस्थायी होटल चलाउन आउजाउ भइरहन्छ । धेरै वर्षसम्म त भेडा चराउन फागुन–चैतमा साइपालको काखमा पुग्नु र असोज–कात्तिकमा गोठ औलतिर ओराल्नु उनको वार्षिक तालिकाको अनिवार्य कार्यक्रम जस्तै थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हिउँदमा डोटीसम्म चराउन लगेका भेडा फागुन अन्तिमतिर साइपाल पुर्‍याउनैपर्ने अघोषित तर अनिवार्य जस्तै नियम छ साइपालमा । हिमालको आसपास भेडाका लागि राम्रै चरन पाइन्छ । गरिखान साइपाल आधार शिविरको यात्रा उनका लागि नौलो छैन । साइपाल हिमालको सौन्दर्यले पनि उनलाई तान्ने गरेको छ । ‘हिउँदतिर भेडा डोटी लैजाँदा प्रायः ग्वालाको जिम्मा पठाउँथेँ । म खासै जान्नथेँ,’ उनले भने, ‘भेडा साइपाल उक्लिँदा भने ठूलै काम परेर एक दुई वर्ष गइनँ होला । नभए प्रायः म आफैं जान्थेँ ।’


Advertisment
Nabil box
Kumari

हिउँले टम्म भरिएको सेताम्मे साइपालको आकर्षणले उनलाई मोहनी लगाएको रहेछ । ‘साइपाल हिमाल नजिक पुगिसकेपछि अर्कै खालको आनन्द आउँथ्यो,’ उनले भने, ‘दिनभरि हेरिराखे पनि मन अघाउँदैनथ्यो । कामै नभए पनि म कहिलेकाहीँ हिमालको फेदैसम्म पुगेर फर्किन्थेँ ।’

Vianet communication
Laxmi Bank

२०७३ सालमा तत्कालीन काँडा गाविस गाउँपालिकामा परिवर्तन भयो । काँडालाई छुट्टै गाउँपालिका बनाउनुपर्छ भन्ने अभियानमा सक्रिय रूपमा लागेका धामी २०७४ सालको स्थानीय तह निर्वाचनमा अध्यक्ष पदमा विजयी भए । साइपालको सौन्दर्य र महत्त्व बुझेका उनले पहिलो बैठकमै गाउँपालिकाको नामबाट काँडा हटाउने प्रस्ताव राखे । कार्यपालिकाले उनको प्रस्ताव सर्वसम्मत पास गर्‍यो । संघीय मन्त्रिपरिषद्ले पनि यो निर्णय अनुमोदन गर्‍यो । काँडाको नाम ‘साइपाल’ ले विस्थापित गर्‍यो । अध्यक्ष भइसकेपछि पनि धामीलाई साइपालको सौन्दर्यले तानिरह्यो । उनी चैत–वैशाखमा यार्चा संकलन कार्यलाई व्यवस्थापन गर्न भन्दै त्यहाँ पुग्थे । जडीबुटी चोरी हुँदै छ भन्ने सूचना आएपछि दुई–तीन पटक मंसिर–पुसमा पनि साइपाल पुगे ।

एकपटक हिमाल आरोही टोलीसँगै कात्तिकमै पनि पुगे । जुन मौसममा गए पनि साइपालको सौन्दर्य उस्तै हुन्थ्यो । साइपालमा छिटो छिटो बदलिने मौसमको लुकामारी चित्ताकर्षक हुन्थ्यो । साइपालको चुचुरो लजालु बेहुली जस्तै छिनमै बादलको घुम्टोभित्र लुक्थ्यो । हावाको गतिसँगै बिस्तारै बादल हट्थ्यो अनि हिउँको सिरकले गमक्क छोपिएको साइपाल खुल्दा वरिपरिको वातावरण पनि थप उज्यालिन्थ्यो ।

यहाँ पुग्ने स्वदेशी र विदेशी पर्यटक पनि साइपालको मोहनी रूपमा आफू लट्ठिएको कुरा धामीलाई सुनाउँथे । अध्यक्ष धामी पनि आजसम्म कसैले टेक्न नसकेको साइपालको चुचुरोलाई एक दिन विश्व पर्यटनको केन्द्र बनाउने सपना बुन्थे । जिल्लाका हरेक नेतालाई बृहत् साइपाल पर्यटन विकास योजनामा सहयोग गर्न अनुरोध गर्थे । यसै सिलसिलामा जब उनी आइतबार प्रतिनिधिसभा सदस्य आशा विकको टोलीसहित त्यहाँ पुगे । साइपालको फेरिएको रूप देखेर नराम्रोसँग झस्किए, ‘साइपालको हिउँ त गायब भइसकेको रहेछ ।’

‘यत्रो वर्ष साइपालकै फेदीमा बिताएको मलाई अहिले हेर्दा यो हिमाल साइपाल हो कि होइन, अनौठो के भने साइपालभन्दा होचा तर साइपाल आसपासमा रहेका साना टाकुरामा टन्नै हिउँ छ । साइपालमा मात्रै हिउँ छैन,’ उनले भने । धामीले खिचेर ल्याएको फोटो गाउँका बुढापाका लाई पनि देखाए । हिउँविहीन साइपाल देखेर बुढापाका मात्रै होइन, स्थानीय सबै चकित भए ।

‘१० वर्षको उमेरदेखि प्रत्येक साल साइपाल पुगेको छु,’ जिमाका ७२ वर्षीय जब्बरे बोहराले भने, ‘साइपाल यसरी नांगै भएको कहिले देखेको छैन ।’ उनले हिउँदका दुईचार महिनाबाहेक आफू हरेक सिजनमा साइपाल पुगेको तर यसरी हिउँ नभएको कहिल्यै नदेखेको बताए । ठूलो ठूलो खडेरी पर्दा पनि नहराएको हिउँ कसरी गायब भयो भन्ने उनले अनुमानै गर्न सकेनन् ।

बझाङमा गत हिउँदमा २५ वर्षयताकै ठूलो हिमपात भएको थियो । मंसिर अन्तिम सातादेखि सुरु भएको हिमपात चैत मध्यसम्म जारी थियो । गत वर्ष जिल्लाकै सबैभन्दा होचो भूभाग देउरा (समुद्र सतहबाट ९१५ मि.) मा पनि २५ वर्षपछि हिउँ जमेको थियो । सबैभन्दा बढी हिउँ परेको वर्ष साइपालमा हिउँ नै नहुनुको यकिन कारण कसैले बताउन नसके पनि हिउँ बढी भएर पहिरो गएको हो कि भन्ने अनुमान गाउँपालिका अध्यक्ष धामीको छ । ‘साइपालको बनोट एकदम भिरालो छ । यो वर्ष धेरै हिउँ परेकाले भार थाम्न नसकेर पहिरो गएको हुनुपर्छ,’ उनले भने । उनले यहाँको हिउँ कसरी गायब भयो भन्नेबारे वैज्ञानिक अध्ययन हुन सके राम्रो हुने बताए । कसैले यस विषयमा अध्ययन गर्न चाहे गाउँपालिकाले सहयोग गर्ने उनको भनाइ थियो ।

साइपालमा हिउँ कसरी हरायो भन्नेबारे दर्जनौंपटक हिमाल आरोहण गरिसकेका आरोहीले पनि केही अनुमान गर्न सकेनन् । संसारभर रहेका ८ हजार मिटरभन्दा अग्ला सबै हिमाल आरोहण गरेर कीर्तिमान कायम गरेका स्पेनी आरोही डा. जर्ज इचोएगा पनि साइपालको अहिलेको तस्बिर हेरेर छक्क परे । दुई वर्ष पहिला झन्डै २५ दिन साइपाल बेसक्याम्प बसेर उनको टोलीले आरोहणको असफल प्रयास गरेको थियो । ‘कसरी यस्तो हुन सक्छ । मलाई त विश्वास नै लागेन,’ उनले भने, ‘यो कसरी भयो, म भन्न सक्दिनँ तर मेरो जीवनकालमा ७ हजार मिटर अग्ला हिमालमा यसरी हिउँ हराएको देखेको छैन ।’

साइपालको हिउँ कसरी हरायो भन्ने सम्बन्धमा यस विषयका जानकारहरूले पनि अध्ययनबिना यकिन कारण भन्न सकेका छैनन् । हिउँको भार बढी हुनु र तापक्रम बढ्नुले ठूलो हिमपहिरो खस्न गई यसो भएको हुन सक्ने अनुमान अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का वरिष्ठ जलवायु परिर्वतन विशेषज्ञ एवं हिमालविद् डा. अरुणभक्त श्रेष्ठको छ ।

‘भिरालो भूबनोट भएको हिमालमा हिउँको भार बढी भएका बेला तापक्रम पनि बढ्न जाँदा हिउँ अस्थिर हुन्छ र सानाठूला हिमपहिरो खस्ने सम्भावना बढी हुन्छ,’ श्रेष्ठले भने, ‘साइपालमा पनि त्यस्तै भएको हुन सक्छ । यस विषयमा थप अध्ययन जरुरी छ ।’ उनले कारण जुनसुकै भए पनि सबैभन्दा धेरै हिउँ परेको वर्ष नै यसरी हिउँ हराउनु विडम्बना भएको बताए । सधैँ हिउँ जमिरहने हिमाल हिउँविहीन हुॅदा यसको प्रत्यक्ष असर स्थानीय जनजीवन र जैविक विविधतामा पर्ने उनको भनाइ छ ।

त्रिभुवन विश्वविद्यालय वातावरण विभागका एसोसिएट्स प्रोफेसर सुदीप ठकुरीले साइपालमा हिउँ मात्रै नभएर विगतका वर्षदेखिको जमेको आइस पनि पग्लिएको देखिएकाले यसको सम्बन्ध तापक्रम, हावाको बहाव आदिसँग हुन सक्ने बताए । ‘कहिलेकाहीँ दक्षिणतिर हावाको बहाव बढी हुँदा उत्तरी क्षेत्रमा हिउँ नपर्ने पनि हुन्छ । यहाँ आइससमेत पग्लिएको देखिन्छ,’ उनले भने, ‘यसो हुनुमा हावाको बहाव र तापक्रमको कुनै न कुनै सम्बन्ध चाहिँ छ तर अध्ययन नगरी ठ्याक्कै के हो भन्न सकिन्न ।’ कान्तिपुर दैनिकमा ​वसन्तप्रताप सिंहले खबर लेखेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x