कात्तिक २३, २०७८
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
दशैँको रन्को नेपालमा भर्खर सकिँदै छ । दशैँकै मेसो पारेर विभिन्न मुलुकबाट सिकारी चरा धमाधम नेपाल भित्रिएका छन् ।
अन्यत्र मुलुकमा जाडो उच्च हुँदै गएकाले यी पाहुना सिकारी चरा जाडो छल्न दशैँ वरपरमा नेपाल भित्रिन शुरू गरेका हुन् ।
मांसाहारी प्रजातिका सिकार गरेर खाने चराहरू यसरी नेपाल आउने क्रम जारी रहेको वरिष्ठ चराविज्ञ डा. तुलसी सुवेदीले जानकारी दिए । “उत्तरबाट दक्षिणतर्फ बसाइ सर्ने क्रममा सिकारी चरा नेपालमा कति आउँदैछन् भनेर गणनासमेत भइरहेको छ,” उनले भने।
सिकारी चरामध्ये चिल, गिद्ध र बाजहरू मुख्य गरी विदेशबाट यस समयमा नेपाल भित्रिने गर्छन् । एसिया महादेशको उत्तरी क्षेत्रमा पर्ने देशहरू मङ्गोलिया, चीन, रसियालगायतका देशबाट बसाइ सरेर सिकारी चरा नेपाल आउने गरेको चराविज्ञ सुवेदीले बताए । उनका अनुसार जाडो बढेपछि आफ्नो मुलुकमा सिकार खोज्नसमेत कठिन हुने भएकाले पनि सिकारी चरा सहजताका हिसाबले नेपाल आउँछन् ।
प्रजातिगत रूपमा नेपालमा सबैभन्दा धेरै गोमायु महाचिल नेपाल आउँछन् । यिनीहरू पूर्वीदेखि पश्चिम तराईसम्म फैलिएर हिउँदमासमा सिकारमा सक्रिय रहन्छन् । कतिपय चिलहरू नेपाल हुँदै भारत र पाकिस्तानसम्म पनि पुग्ने गर्छन् ।
अमुर बाज भने रसियाको पूर्वी भेगमा अण्डा कोरलेर बच्चा हुुर्काइ बच्चासहित बसाइ सरेर नेपाल आउँछन् । त्यस्तै चाँदचन्द्र चिल, तोप बाज, सानो बौँडाइ, इम्पेरल चिल, ग्रेटर स्पोटर चिल, सुनौलो चिल, वन बाज, तीन चार प्रजातिका भुईं चिललगायतका सिकारी चरा नेपाल आउने गरेका छन् ।
नेपालमा यीसहित ३५ प्रजातिका सिकारी चरा बसाइ सरेर आएको अघिल्लो वर्षको अभिलेखमा उल्लेख छ । गत वर्ष भने २५ प्रजातिका मात्र सिकारी चरा नेपाल आएका थिए । नेपालमै विचरण गर्ने सिकारी चरा भने ६० प्रजातिका छन् । यिनीहरू दिनमा सक्रिय रहेर सिकार गर्न रमाउँछन् ।
सिकारी चरा नेपाल आउने छेकेमा अक्टोबर ७ बाट शुरू भएको गणनाले यिनीहरूको बसाइ सराइको प्रवृत्ति पत्ता लगाउन सहज हुने सुवेदी बताउनुहुन्छ । बसाइ सर्ने क्रममा देखिने परिवर्तनकै आधारमा सिकारी चराको सङ्ख्या घटबढ के भइरहेको छ भन्नेसमेत आकलन गर्न सकिन्छ ।
चीन र मङ्गोलियाबाट गोमायु महाचिल मात्र नेपालमा हरेक वर्ष करिब आठ हजारको सङ्ख्यामा नेपाल आउने गर्छन् । बच्चाको सङ्ख्या कम देखिएको खण्डमा यिनीहरूको प्रजननमा समस्या आएको बुझ्न सकिने उहाँको भनाइ छ । चराविद् सन्देश गुरुङसहितको टोलीले यसरी बसाइ सरेर आउने चराको गणना र विश्लेषण गरिरहेका छन् ।
बसाइ सरेर आएका सिकारी चरा तराई भूभागसँगै काठमाडौँको चोभारको डाँडा र पोखरा उपत्यकामा बढी समय बिताउने गर्छन् । सिकारी चराको जीवन पद्धतिअनुसार भेटेसम्म मुसा, लोख्रके, खरायो र वनमा रहेका साना आहारा प्रजातिका वन्यजन्तु र गाउँघर आसपासका कुखुरालगायतका चराको सिकार गर्छन् ।
गोमायु महाचिलले सिकार नपाएको खण्डमा मानिसले फालेको सिनोसमेत खाएर पर्यावरण सफा गर्न सघाउँछ । पारिस्थितिक प्रणालीलाई सन्तुलनमा राख्न सिकारी चराको महत्वपूर्ण भूमिका रहने चराविद् हेमसागर बराल बताउँछन् ।
कात्तिकदेखि शुरू भई मङ्सिरमा सबैभन्दा बढी चरा आउँछन् । पुस महिनासम्ममा बसाइ सरेर यिनीहरू नेपाल भित्रिइसक्छन् । कतिपयले नेपालमै अण्डा पारेर बच्चा कोरल्न भ्याउँछन् । गर्मीमास शुरू भएसँगै चैत–वैशाख महिनामा यिनीहरू पुनः आफ्नै मुलुक फर्कन्छन् । गोरखापत्र दैनिकमा चाँदनी हमालले खबर लेखेकी छन् ।
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...