×

NMB BANK
NIC ASIA

कोरोनाले मृत्यु भएकाको तथ्यांक नै गलत

कात्तिक १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्ने गरेको कोभिड–१९ बाट मृत्यु भएकाको संख्या वास्तविकभन्दा निकै कम रहेको पाइएको छ ।

Muktinath Bank

मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म देशभर ९ सय २० जनाको मृत्यु भएको छ तर वास्तविक संख्या १४ सयभन्दा माथि रहेको प्रदेशका सामाजिक विकास मन्त्रालयको तथ्यांक र सेनाले व्यवस्थापन गरेका शवको संख्याले देखाउँछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सबै प्रदेशका सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकलाई मात्रै जोड्दा पनि मृतकको संख्या एक हजार ९७ पुग्छ । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को समन्वयमा नेपाली सेनाले कात्तिक १२ गतेसम्ममा १४ सय हाराहारी शव व्यवस्थापन गरिसकेको सैनिक उच्च स्रोतले जानकारी दिएको छ ।


Advertisment
Nabil box
Kumari

सबै संक्रमित शव सेनाले व्यवस्थापन गर्ने गरेको छ । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले भने स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर केही दिनपछि मात्रै यकिन तथ्यांक उपलब्ध गराउन सकिने जानकारी दिए । ‘यसअघि हामीले शव व्यवस्थापनको तथ्यांक सार्वजनिक गर्दा करिब दुई सय हाराहारीले मन्त्रालय र हाम्रो संख्या मेल खाएको थिएन । त्यसपछि सीसीएमसीले तथ्यांक रुजु गर्दै छ,’ उनले भने, ‘सबै रुजु भइसकेपछि मात्रै औपचारिक तथ्यांक बताउन मिल्छ ।’

Vianet communication
Laxmi Bank

प्रवक्ता पौडेलले सेनाको पूर्वी पृतनादेखि सुदूरपश्चिम पृतनासम्मले गरेको होम आइसोलेसनमा मृत्यु भएकाको शव व्यवस्थापनको तथ्यांक भने उपलब्ध गराएका छन् । उनका अनुसार कात्तिक १२ गतेसम्म सेनाले होम आइसोलेसनमा मृत्यु भएका ३५ महिला र ७१ पुरुष गरेर १ सय ६ जनाको शव व्यवस्थापन गरेको छ । उपत्यका पृतनाले मात्रै १० महिला र २० पुरुष गरी ३० जनाको शव व्यवस्थापन गरिसकेको छ ।

असोज ३० सम्म कोरोनाले मृत्यु भएका ८ सय ८९ जनाको शव नेपाली सेनाले व्यवस्थापन गरेको थियो ।

त्यो दिन स्वास्थ्य मन्त्रालयले रेकर्डमा मृतकको संख्या ७ सय १५ मात्रै थियो अर्थात् एकै दिन विवरणमा १ सय ७४ फरक परेको थियो । संख्यामा यसरी ठूलो अन्तर देखिनुको कारणबारे सैनिक प्रवक्ता पौडेलले केही टिप्पणी गर्न चाहेनन् ।

‘त्यसबारे स्वास्थ्य मन्त्रालयले नै बोल्दा उचित हुन्छ । हामीले त लगाएको काम गरेका मात्रै हौं,’ उनले भने । प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले शुक्रबारसम्म सार्वजनिक गरेको तथ्यांकअनुसार त्यहाँ १ सय ८५ जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकमा भने १ सय १५ जनाको मात्र मृत्यु भएको छ । प्रदेश २ को सामाजिक विकास मन्त्रालयका अनुसार शुक्रबारसम्म त्यहाँ १ सय ८५ जनाको ज्यान गइसकेको छ भने स्वास्थ्यको तथ्यांकमा मृतक संख्या १ सय ५७ मात्रै छ ।

वाग्मतीको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको मृतकको संख्या भने स्वास्थ्यको तथ्यांकभन्दा कम छ । प्रदेशका अनुसार कुल मृतक संख्या ४ सय ४४ छ भने स्वास्थ्य मन्त्रालयले ४ सय ४७ रहेको जनाएको छ ।

गण्डकी प्रदेश सरकारका अनुसार त्यहाँ शुक्रबारसम्ममा ७५ जनाको मृत्यु भएको छ । स्वास्थ्यको तथ्यांकमा भने त्यहाँ ४८ जनाको मात्रै ज्यान गएको देखिन्छ । लुम्बिनी सरकारका अननुसार बिहीबारसम्ममा त्यहाँ मृत्यु भएकाको संख्या १ सय ७० छ भने स्वास्थ्य मन्त्रालयले शुक्रबारसम्म नै गरेर १ सय २६ जनाको मात्रै ज्यान गएको उल्लेख गरेको छ ।

यस्तै कर्णाली प्रदेश सरकारका अनुसार त्यहाँ हालसम्म १५ जनाको ज्यान गएको छ । स्वास्थ्यको तथ्यांकमा भने मृतक संख्या १० मात्रै छ । सुदूरपश्चिम सरकारले शुक्रबारसम्म २३ जनाको मृत्यु भएको उल्लेख गरे पनि स्वास्थ्य मन्त्रालयले १७ जनाको मात्रै ज्यान गएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले मृतकको वास्तविक संख्या र मन्त्रालयलाई प्राप्त संख्याबीच धेरै ठूलो भिन्नता देखिएको स्वीकार गर्दै त्यसलाई मिलाउन समिति नै बनाएर अनुसन्धान गरिरहेको बताए । ‘संख्यामा भिन्नता छ भन्ने थाहा भएपछि मन्त्रालयका अधिकारी, सीसीएमसीमा कार्यरत चिकित्सक तथा ईडीसीडीका प्रमुख सम्मिलित समिति बनाएका छौं,’ उनले भने, ‘समितिले आइतबार प्रतिवेदन पेस गर्छ अनि के गर्ने भनेर निर्णय लिन्छौं ।’

अर्यालका अनुसार प्रारम्भिक रूपमा अस्पताल, स्थानीय तह तथा डीसीसीएमसीबीच समन्वय अभावले तथ्यांक फरक परेको छ । यस्तै केही अस्पतालले ईडीसीडीलाई तथ्यांक उपलब्ध गराएका छैनन् । ‘समस्या पहिचान गरेर हल गर्नकै लागि विज्ञहरूको समिति बनाएका हौं,’ उनले भने, ‘संख्यामा भिन्नता भएको कुरा सही हो ।’

स्वास्थ्यको तथ्यांक कसरी कम ?
विद्युतीय शवदाहगृह पशुपतिमा बिहीबार धुलिखेलकी ७० वर्षीया वृद्धाको अन्त्येष्टि भयो । ती वृद्धालाई संक्रमण देखिएपछि धुलिखेल–६ स्थित घरमा आइसोलेसनमा राखिएको थियो ।

जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नगेन्द्र झाका अनुसार होम आइसोलेसनमा बसेकै बेला उनको मृत्यु भएको हो । मृत्युपछि नेपाली सेनाले पशुपति ल्याएर अन्तिम संस्कार गरेको हो, जुन रेकर्ड स्वास्थ्य मन्त्रालयसँग छैन । ‘संक्रमित देखिँदा होस् वा मृत्यु हुँदा, त्यसको विवरण प्रदेशको सामाजिक मन्त्रालयमा पठाएका हुन्छौं, स्वास्थ्य मन्त्रालयमा किन देखिएन, थाहै भएन,’ झाले भने । त्यस्तै, काठमाडौं कलंकीका एक पुरुषको बुधबार घरमै आइसोलेसनमा बसेका बेला मृत्यु भयो । उनको शव सेनाले व्यवस्थापन गरिसक्यो तर मन्त्रालयको विवरणमै उनको नाम समावेश छैन ।

रुकुम पश्चिमको त्रिवेणी–७ की ५३ वर्षीया महिलाको गत कात्तिक ५ मा होम आइसोलेसनमा बसेका बेला मृत्यु भयो । आन्द्राको क्यान्सरको उपचारमा चितवनको भरतपुर क्यान्सर अस्पताल गएका बेला उनलाई संक्रमण पुष्टि भएको थियो । उनको मृत्युको समाचार सञ्चारमाध्यममा समेत आएको थियो तर स्वास्थ्य मन्त्रालयको रेकर्डमा छैन । रुकुम पश्चिम चौरजहारी–१४ का ३३ वर्षीय पुरुषको असोज ३ गते मृत्यु भएको विवरण मात्रै मन्त्रालयसँग छ ।

अस्पतालमा मृत्यु भएकाको विवरण पनि मन्त्रालयले राखेको छैन । कात्तिक १० गते राति टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काठमाडौं–३२, सरस्वतीनगर निवासी ४१ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको थियो । उनको विवरण मन्त्रालयले तयार गरेको मृतकको सूचीमा समावेश छैन ।

मन्त्रालयको सूचीमा त यो अस्पतालमा भदौ १८ मा काठमाडौं गैरीगाउँकी ८२ वर्षीया महिला र असोज १३ मा म्हेपीकी ८६ वर्षीया महिलाको मृत्यु भएको मात्रै उल्लेख छ । अस्पताल स्रोतका अनुसार कोरोनाकै कारण यो अस्पतालमा ९ जनाको मृत्यु भइसकेको छ ।

पशुपति विकास कोषका अनुसार बुधबारसम्म विद्युतीय शवदाहगृहमा ७ सय ७८ जनाको अन्त्येष्टि भइसकेको छ । तीध्ये ३० जनाले होम आइसोसलनमै ज्यान गुमाएका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार भने घरमै मृत्यु भएकाको संख्या २२ मात्रै छ । यसमा काठमाडौं र भक्तपुरका १० जना छन् । दैलेख, डोल्पा, सुर्खेत, गुल्मी, बझाङ, चितवन, मोरङ, मकवानपुर, झापा र बाँकेमा मृत्यु भएका १–१ जना र महोत्तरीका २ जना छन् । कान्तिपुर दैनिकमा स्वरूप आचार्य र मकर श्रेष्ठले खबर लेखेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x