×

NMB BANK
NIC ASIA

कोरोना संक्रमितको उपचारमा निजी अस्पतालको मनपरी शुल्क

कात्तिक १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगरका निजी अस्पतालले कोरोना संक्रमितको उपचारमा मनपरी शुल्क लिने गरेको पाइएको छ । अस्पतालहरूले संक्रमितबाट एकदेखि तीन लाखसम्म धरौटी लिएर प्रत्येक दिन ५ हजारदेखि २५ हजार रुपैयाँसम्म शुल्क लिने गरेको पाइएको हो ।

Muktinath Bank

सरकारले संक्रमितको निःशुल्क उपचार नगर्ने घोषणा गरेलगत्तै अस्पतालहरूले मनोमानी रूपमा शुल्क लिन थालेका हुन् । संक्रमितको उपचार गर्दै आएका नोबेल मेडिकल कलेज, विराट मेडिकल कलेज र न्युरो अस्पतालले मनपरी शुल्क र धरौटी रकम लिने गरेको पाइएपछि कांग्रेस विराटनगर महानगर समितिले विरोध गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नोबेलले जनरल वार्डमा प्रतिदिन ५ हजार, भेन्टिलेटरसहितको आईसीयूमा १८ हजार र भेन्टिलेटरबिनाको आईसीयूमा उपचार गर्दा प्रतिदिन १५ हजार शुल्क लिने गरेको छ । अस्पतालले संक्रमित भर्ना हुँदा अग्रिम एक लाख रुपैयाँ धरौटी लिने गरेको छ । तर, अस्पतालका प्रबन्धक नारायण दाहालले बिरामीसँग धरौटी नलिएको बताए । तर, उक्त अस्पतालमा धरौटी जम्मा गर्न नसक्दा रतुवामाई–१० की ४५ वर्षीय नरमाया मगरले घरमा झुन्डिएर आत्महत्या गरेको परिवारको दाबी छ ।


Advertisment
Nabil box
Kumari

सोमबार कोरोना पोजिटिभ रिपोर्ट आएपछि उनलाई नोबेल पुर्‍याइएको थियो । अस्पतालले एक लाख रुपैयाँ धरौटी मागेको थियो ।

Vianet communication
Laxmi Bank

विराट मेडिकल कलेजले आईसीयूमा भर्ना गर्नुपर्ने बिरामीलाई तीन लाख रुपैयाँ धरौटी लिने र उपचारबापत प्रत्येक दिन २५ हजार तथा भेन्टिलेटरमा राखेर उपचार गर्नुपरे १५ हजार रुपैयाँ शुल्क लिने गरेको छ । अस्पताल स्रोतका अनुसार लक्षण नदेखिएका संक्रमित सामान्य बेडमा बस्दा एक लाख रुपैयाँ धरौटी लिने गरिएको छ ।

प्रत्येक दिन ८ हजार रुपैयाँ शुल्क तोकिएको छ । लक्षण देखिएका बिरामीको उपचारका नाममा अस्पतालले दैनिक ५० हजार रुपैयाँसम्म शुल्क लिने गरेको छ । न्युरो अस्पतालले आईसीयूका बिरामीसँग एक लाख रुपैयाँ धरौटी लिएर हरेक दिन १५ हजार शुल्क लिँदै आएको छ । अस्पताल स्रोतका अनुसार सामान्य वार्डमा बसेर उपचार गराउने संक्रमितसँग अस्पतालले ५० हजार धरौटी लिने गरेको छ । कान्तिपुर दैनिकमा विनोद भण्डारीले खबर लेखेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x