×

NMB BANK
NIC ASIA

संघीय पुनःसंरचना हुनुअगाडि मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राजधानी रहेको वीरेन्द्रनगरमा ठूला सभाहरू आयोजना गर्नका लागि विभिन्न होटलका सभा हलको प्रयोग गर्नु पर्ने बाध्यता थियो ।

Muktinath Bank

प्रदेश सरकार निर्माण भइसकेपछि पनि यो समस्या ज्यूँकात्यूँ रह्यो तर अहिले भने अवस्था फेरिने संकेत देखिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शहरी विकास तथा भवन निर्माण विभाग संघीय योजना कार्यान्वयन इकाइ वीरेन्द्रनगर कार्यालय सुर्खेतसँग २०७३ चैत २४ गते समानान्तर–चक्रेश्वरी–शिवशक्ति जेभीले निर्माण कार्यका लागि सम्झौता गरेको चार वर्ष नपुग्दै सुर्खेतमा अत्याधुनिक सभा हल निर्माण कार्य पूरा भएको छ ।


Advertisment
Nabil box
Kumari

अहिले त्यहाँ सभा हलको वरिपरि बगैंचा निर्माणको काम मात्रै बाँकी रहेको छ । बगैंचा निर्माण सक्नेबित्तिकै इकइलाई भवन हस्तान्तरण गर्ने तयारी भइरहेको निर्माण कम्पनीले जनाएको छ । यो हल निर्माण भएसँगै प्रदेश राजधानीमा ठूला कार्यक्रम आयोजना गर्नका लागि होटल धाउनुपर्ने अवस्था अन्त्य हुने छ भने होटलमा हुने अनावश्यक खर्च पनि कम हुनेछ ।

Vianet communication
Laxmi Bank

भ्याटबाहेक २० करोड ५४ लाख ८६ हजार रुपैयाँमा सम्झौता गरी काम थालेको निर्माण कम्पनीले २०७६ चैत २३ गते सभा हल हस्तान्तरण गर्नुपर्ने थियो तर लकडाउनका कारण समयमै कामदार र सामग्री पाउन नसकेपछि त्यो समयमा हस्तान्तरण गर्न नसकिएको कम्पनीको दाबी छ ।

निर्माण कम्पनीका प्रतिनिधि चन्द्रनारायण पण्डितले लकडाउनका कारण निर्माण कार्य समयमै पूरा गर्न नसकिएको बताए । 

‘हामीसँग भएका दक्ष जनशक्ति लकडाउनका कारण बिदामा जानुपर्ने अवस्था आयो । निर्माण सामाग्री पनि जुटाउन समस्या भयो,’ उनले भने, यही कारणले यही असोजमा नै हस्तान्तरण गरिसक्ने योजना तुहिएको हो ।’

यता, कार्यालयका सूचना अधिकारी इञ्जिनीयर रामकृष्ण आचार्यले सिटीहल निर्माणको भौतिक र वित्तीय प्रगति ८० प्रतिशत सम्पन्न भइसकेको बताए । 

उनका अनुसार भवन निर्माणको काम सम्पन्न भइसकेको छ भने रंगरोगन गर्न थोरै बाँकी छ ।  अब साउण्ड व्यवस्थापन को काम बाँकी छ । यस्तै जमिन व्यवस्थापन गरेर पार्किङ तथा बगैँचा निर्माणको काम भइरहेको छ ।
उनले भने, ‘उनीहरूलाई लकडाउनले समस्या पारेको थियो । यो असोजमा ६ महिनाका लागि हामीले म्याद थप गरेका छौं । नयाँ वर्षमा हामी कर्णालीलाई अत्याधुनिक सभा हल हस्तान्तरण गर्छौं ।’

उनले सिटी हलमा ७८० जनाको सिट अट्ने बताए । 

‘यो कर्णालीकै सबैभन्दा ठूलो हल हो । यहाँ ७५० जनाको सिट डिजाइन गरेको भएपनि ७८० जनाको सिट अट्ने देखिएको छ,’ उनले भने, एक सय पचास जनाभन्दा बढी अट्ने दुईवटा मल्टिप्रपोज हल पनि तयार भएका छन् ।’

उनका अनुसार चीनबाट मार्बल आयात गर्न निर्माण कम्पनीले अर्डर गरिसकेको छ भने भारतबाट मिस्त्री ल्याउने काम भइरहेको छ । चीनबाट सामाग्री आउन र भारतीय जनशक्तिले काम सम्पन्न गर्न तीन महिना लाग्नेछ । अबको तीन महिनामा सामग्री  सुर्खेत आइपुग्ने छ । सामग्री आएको तीन महिनामा नै हल तयार भएर नगरपालिकालाई हस्तान्तरण गरिने बताइएको छ ।

उनले हल तयार भइसकेपछि त्यसको रेखदेख र सञ्चालनका काम नगरपालिकाको हुने बताए । ‘हामीले निर्माण गर्ने मात्र हो’, उनले भने, ‘यसको रेखदेखदेखि सबै व्यवस्थापन वीरेन्द्रनगर नगरपालिकाले गर्नेछ ।’

झण्डै साढे तीन बिगाहा क्षेत्रफलमा फैलिएको नमूना सभा हलको क्षमता ७ सय ८० जनाको छ  ।

यसमा सातवटा बैठक कक्ष हुनेछन् । सभा हल परिसरमा ४ सय मोटरसाइकल र दुई सयवटा गाडी पार्किङ गर्न मिल्ने बताइएको छ  । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x