मंसिर २ गतेबाट सर्वोच्चमा नियमित सुनुवाई हुने [सूचनासहित]

कोरोना महामारीका बीच आगामी मंसिर २ गतेबाट सर्वोच्च अदालतबाट नियमित सेवा सुचारू हुने भएको छ ।

अदालतको कामकारवाही र सेवा प्रवाहका सम्बन्धमा नेपाल बार एसोसिएसनका अध्यक्ष एवं महासचिव, सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष तथा सचिव समेतका पदाधिकारी तथा सरोकारवालाहरूसँगको परामर्शमा नयाँ व्यवस्था गरिएको सर्वोच्च अदालतले मंगलवार सूचनामार्फत जनाएको छ ।


Advertisement

मंसिर १ गतेसम्म हालकै व्यवस्थालाई निरन्तरता दिने र २ गतेबाट सुरक्षा सावधानी अपनाएर उपयुक्त संख्यामा पेशीको व्यवस्थापन गरी सबै प्रकारका रिट, मुद्दा, निवेदन/प्रतिवेदनहरूको नियमित सुनुवाइ हुने सर्वोच्चले निकालेको सूचनामा भनिएको छ ।

सुनुवाइका क्रममा उपस्थित हुने पक्ष-विपक्षका कानून व्यवसायी, इजलास अधिकृतलगायत सम्बन्धित सबैले अनिवार्य रूपमा मास्क र सम्भव भएसम्म प्लास्टिक भाइजर समेत लगाउनुपर्ने व्यवस्था गरिएको छ ।


Advertisement

कोरोना महामारीका कारण सर्वोच्चमा हाल बन्दी प्रत्यक्षीकरणका रिट, हेर्दाहेर्दैमा रहेका मुद्दा थुनुवा तथा नेपाल सरकारका तर्फबाट परेका पुनरावेदन निवेदनको सुनुवाई आदि काम हुँदै आएको छ ।

हेर्नुहोस्, सूचना :

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्