कात्तिक ८, २०८०
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
बस्तीमा कोरोनाको डर भाइरसजस्तै फैलिएको थियो । चीनको वुहान, इटली, न्युयोर्क तथा लण्डनमा कोरोनाको झरी लागेको थियो । झरीले भिज्ने डरका कारण हुकुम्वासी बस्तीका सबै जनाले छाता ओढेका थिए ।
कोरोनालाई संक्रमण वा रोगको रूपमा होइन कालको रूपमा चित्रित गरिएको थियो । कालसँग सबैलाई डर लाग्छ ।
हुकुम्वासी बस्तीका पिटर शिव खानलाई हनहनी ज्वरो आयो । सुख्खा खोकीले रातलाई समेत दिन बनायो । ओछ्यानमा सुतिरहँदा पनि थकाइले क्लान्त बनायो ।
‘हैन बूढी, चियामा चिनी किन नराखेको ?' पिटरले आफैँ दुई चम्चा चिनी राखे । चिया उस्तै खल्लो थियो। ‘स्याला, डुब्लिकेट चिनी !’ चिनीलाई मनमनै गाली गर्दै उनले तीन चम्चा चिनी थपे । जिब्रोका स्वाद अंकुरहरू बिरक्त भए ।
नाकमा कपडा झुण्ड्याउने क्लिप लगाएर उनी शौचालय गए । सय वर्षको पिनासलाई समेत जरैदेखि उखेल्ने शौचालयमा कुनै गन्ध आएन । उनले नाकको क्लिप खोलेर खल्तीमा राखे । अहँ! शौचालयमा गन्धको नामोनिसान छैन ।
कोठामा गएर रेडियोको कान बटारे । रेडियोले फुक्दै थियो– 'यदि तपाईंलाई ज्वरो आएमा, सुख्खा खोकी लागेमा, सास फेर्न गाह्रो भएमा, अत्यधिक थकाई लागेमा तथा स्वाद र गन्ध हराएमा कोरोना संक्रमण हुनसक्छ ।
पिटरका हातखुट्टा लुला भए, ओठमुख सुकेर बोल्न नसक्ने भए । त्यसपछि उनी अस्पताल गएर पीसीआर टेस्ट गरे ।
अर्को दिन रातो बत्ती बाल्दै तथा हुइँहुइँ गर्दै उनको घर अगाडि एम्बुलेन्स आयो । उनलाई एम्बुलेन्समा राखेर अस्पताल लग्यो । हुकुम्वासी बस्ती शिल गर्यो । त्यो बेला नेपालमा संक्रमण भर्खर भित्रिएको थियो । त्यसैले सरकार निकै फुर्तिलो थियो ।
हुकुम्वासी बस्तीमा कोरोना आयो रे भन्ने समाचारले काठमाडौं स्तब्ध भए । धेरैले सुरुवाल भिजाए । रातलाई अनिदो बनाए । सञ्चार माध्यमले डर युक्त मसला पाए, तिललाई ताड बनाए ।
हुकुम्वासी बस्तीमा ठूलो सन्नाटा छायो । सिलबन्दी खोलेपछि पनि मान्छेहरू घरबाहिर निस्किन हिम्मत जुटाउनु पर्ने अवस्था आयो ।
५ दिनपछि एम्बुलेन्स पिटरको घरमा आयो । उसकी श्रीमती तथा ४ जना छोराछोरीको नमूना लिएर गयो ।
अर्को दिन एम्बुलेन्स फेरि आयो । बाँकी ५ जनालाई पनि लिएर गयो । सञ्चार माध्यमले सनसनीपूर्ण समाचार बनाए– 'शेयर गर्नुहोस्, पिटरको घरका ६ जनालाई यस्तो भयो ।'
२ हप्ता अस्पतालमा बसेपछि उनीहरू घरमा फर्किए । सबै जनाले सजिलोसँग कोरोनालाई जिते भन्ने समाचार आयो ।
आफन्त तथा छिमेकीसँग आफ्ना अनुभव सुनाउन ऊ व्यग्रातुर थियो । रोकथामका उपाय बताउने चाहना थियो उसको । अस्पतालको बसाइमा उसले आफन्त तथा छिमेकीलाई खुब सम्झेको थियो ।
छिमेकीहरू उसको घरको बाटो हिँड्न छाडे । उसलाई देखे पनि टाउको मोड्न थाले । उसको घरबाट हावा आउँछ कि भनेर आफ्ना झ्यालढोका बन्द गरे। उसले गरेको फोन उठाउन छाडे । उसको घरअगाडि विद्युत्को पोलमा पोस्टर टांगे- खबरदार ! पिटर शिव खान तथा उसको परिवार घरबाहिर निस्केमा हामीले यो बस्तीबाट निष्कासन गर्नेछौं ।
बिहानै दूध ल्याउने दाइले खबर गरे पनि दूध ल्याएनन् । सागसब्जी तथा अन्य सामान किन्न पसल जाँदा पसलेले देखेको नदेख्यै, सुनेको नसुन्यै गरे । पिटरले झमक्क साँझ परेपछि भेष बदलेर टाढाको बजारमा गएर आवश्यक सामग्री किनेर ल्याउने गर्यो ।
*****
पिटरको छोराले नयाँ मोटरसाइकल ल्यायो। पिटरको घर कुन हो भन्दै फ्रिज, स्मार्ट टेलिभिजन, सोफा, माइक्रो ओभन आदि सामान बोकेका भरिया देखिन थाले । पिटरको परिवार नयाँ कपडामा देखिन थाल्यो। घरबाट मासु र बासमती चामलको बासना छिमेकीका घरसम्म फैलियो ।
यो देखेर छिमेकमा उकुसमुकुस भयो । उनीहरूले आफ्नो मोबाइललाई स्यानिटाइजरले सफा गरेर तथा डबल मास्क लगाएर आफ्नो घरबाट पिटरलाई फोन गरे । ‘पिटर दाइ, घरमा नयाँ सामान आइरहेका छन् । छोराछोरीको बिहे गर्न लाग्नुभएको हो ?’
‘कहाँ बिहे गर्नु ? हामी सबैले एक / एक लाखको कोरोना बिमा गरेका थियौं । त्यहाँबाट ६ लाख आयो । त्यही पैसाले मोटरसाइकल, फ्रिज, माइक्रो ओभन, टिभी, सोफा किनेको हो भाइ ।’
यो खबर कोरोनासरि हुकुम्वासी टोलमा फैलियो ।
- पिटरलाई कोरोना भएकोले सरकारबाट दश लाख मिल्यो रे !
- उसले पैसा भुसुक्कै पाएजस्तो छ ।
- कहाँ हुनु ? कोरोना बिमाको पैसा पाएको हो ?
- एक पटकराम्रोसँग बुझ्नुपर्यो ।
छिमेकीहरू लाइन लागेर बिमा गर्न गए । सबैले एक–एक लाखको बिमा गरे ।
*****
लकडाउनका कारण हुकुम्वासी बस्तीका धेरैजना बेरोजगार भए । सानोतिनो व्यवसाय गर्ने पेशाबाट विस्थापित भए ।
दैनिक काम गरेर खाने धेरै परिवारको चुल्हो बल्न मुस्किल भयो ।
पिटर शिव खानको छोरो पल्सर बाइकमा हुइँकिइरहेको थियो ।
*****
छिमेकी घरमा कानेखुसी शुरू भयो ।
- अब त्योबाहेक अर्को उपाय भएन ।
- आखिर कोरोना लागेर पिटरको घरमा कोही पनि मरेन ।
- सरकारले फ्रीमा उपचार गर्दोरहेछ ।
- अहिले त कोरोना छ्यापछ्यापी छ, अस्पताल बस्नु पर्दैन । घरमै बस्न पाइन्छ ।
- म टेकुको पीसीआर चेक गर्नेको लाइनमा बस्छु, सकभर इन्डियाबाट आएका मान्छेको बीचमा । तँ न्युरोड, इन्द्रचोक, असन र भोटाहिटी जा, नाकमुनि मास्क लगाएर । तिमी तरकारी बजारमा चिउँडोमा मास्क लगाएर छानीछानी तरकारी किन्न जाऊ । तँ अस्पतालमा लखरलखर हिँड, खल्तीमा मास्क राखेर । केटाकेटी घरमा नबस, खेल्न जाऊ । अब घरमा स्यानिटाइजर र साबुन बन्द ।
*****
हुकुम्वासी बस्तीका युवा पल्सर बाइक खोज्न भीडमा हिँडे । गृहिणी माइक्रो ओभन र फ्रिज खोज्न तरकारी बजार गए । तन्नेरी/ तरुनीहरू टिभी, दराज तथा नयाँ कपडा खोज्न सार्वजनिक बसमा चढ्न थाले ।
केटाकेटी दशैंको खसी खोज्न टोलमा खेल्न गए ।
१० दिन खोजमा निरन्तर लागेपनि परिणाम केही आएन । उनीहरू दिक्क भए । थप केहि दिन मेहनत गरेपछि छोरालाई ज्वरो आयो, खोकी लाग्यो । उनीहरू निकै खुशी भए ।
यसको उपलक्ष्यमा कुखुराका पांग्रा र नंग्रा ल्याएर भोज खाए । उसलाई सबैको सामु खोक्न लगाए, जबर्जस्ती हाच्छ्युँ गर्न लगाए ।
*****
बिमाको पैसा पाउन सरकारी प्रयोगशालाको रिपोर्ट मात्र मान्य हुन्छ भनेर छिमेकी पल्सर बाइकले भनेको थियो । उनीहरू बिहानै पीसीआर टेस्ट गर्न टेकुस्थित प्रयोगशालामा गए । बुवा, आमा, ४ जना दिदी र ऊ ।
उनीहरूले औंला भाँचे – ७ जना अर्थात ७ लाख । केटोले भन्यो– मैले सबैलाई सारेको हो, त्यही भएर मलाई पल्सार बाइक चाहिन्छ ।
दिदीहरूले भने – हामीले त एक–एकवटा ब्रासलेट किन्ने हो । आमाको इच्छा थियो, माइक्रो ओभन र फ्रिज किन्ने । उसको बुवाको इच्छा थियो, ६४ इन्चको स्मार्ट टिभी ।
स्वाब दिएपछि उनीहरू घर फर्किए । सबैले मनमनै प्रार्थना गरे –हे ईश्वर, हाम्रो सकारात्मक परिणाम अर्थात पोजिटिभ रिपोर्ट आओस ! उसका बुवाले पोजिटिभ रिपोर्ट आयो भने दक्षिणकालीमा कालो बोको चढाउने भाकल गरे, आमाले पशुपतिनाथलाई नरिवल चढाउने भाकल गरिन् ।
*****
अर्को दिन घरमा एम्बुलेन्स आएन । सरकारी फोन आयो ।
ऊ अर्थात् छोराको रिपोर्ट पोजिटिभ आयो । बाँकी सबैको नेगेटिभ ।
रिपोर्ट थाहा पाएपछि हुर्रे भन्दै ऊ चार हात उफ्रियो ।
‘हाम्रो खप्परमा भाग्य लेखेको भए पो ? कोरोनाले समेत हेप्यो हामीलाई ।’ घरमा ८५.७ प्रतिशत निराशा छायो ।
*****
पल्सरप्रेमीलाई उच्च ज्वरो आयो, स्वाद र गन्ध हरायो । खोकी सुख्खा स्याँस्याँतर्फ बढुवा भयो । रातभर पखाला लागेर ऊ इन्तु न चिन्तु भयो । धेरैपटक पखाला लागेकोले मुहान आगो जस्तै पोल्यो, चहरायो । टिभीमा भने झैँ ऊ बेहोस् हुन लागेको, अलिअलि बोहेस भएको तथा पिशाव नआएकाले उसका बुवा तथा दिदीहरूले अस्पताल र एम्बुलेन्समा फोन गरे । १०२ नम्बर कहिले व्यस्त हुन्थ्यो, कहिले उठ्दैनथ्यो, कहिले बिग्रिएको आवाज आउँथ्यो ।
अस्पतालहरूमा एम्बुलेन्स प्याक छन् भनेर उत्तर आयो । निरुपाय भएपछि पल्सर बाइकले उसलाई बाइकको पछाडिराखेर तथा उसको छाती र कम्मरमा सलले आफ्नो शरीरसँग बाँधेर टेकु अस्पताल, बीर अस्पताल, टिचिङ अस्पताल, पाटन अस्पताल, एपीएफ अस्पताल आदि सरकारी अस्पतालमा दौडियो । सबै ठाउँबाट एउटै उत्तर आयो– बेड खाली छैन।
उसका बुवाले रुँदै पल्सर बाइकलाई फोन गरे– मेरो ४ वटा छोरीपछि जन्मिएको एउटा छोरोलाई जसरी भएपनि बचाउनु पर्यो बाबु । बरु यो झुप्रो बेचौंला । आमा र दिदीहरू रुँदारुँदा बोल्न सक्ने अवस्थामा थिएनन् ।
*****
पल्सर बाइकले अनेक अनुरोध गरेपछि एउटा एम्बुलेन्स पायो । बाइकलाई अस्पतालको पार्किंगमा छोडेर ऊ प्राइभेट अस्पताल चहार्न थाल्यो । कुनै पनि अस्पतालमा बेड पाइएन । उता पल्सरप्रेमी झाडापखाला, ज्वरो र खोकीको कारण इन्तु न चिन्तु भएको थियो, पानीपानी भनिरहेको थियो । उसलाई जीवनजल खुवाउँदै एम्बुलेन्सलाई नाम थाहा भएका जति अस्पतालमा पुर्यायो तर कतै एउटा बेड भेटिएन ।
बल्लतल्ल एउटा प्राइभेट अस्पतालको गल्लीमा भुइँ भेटियो । त्यहाँ उसलाई सलाइन दिन शुरू गरियो । २ लाख डिपोजिट गर्नुपर्छ भनेकोले पल्सर बाइकले उसको बुवालाई खबर गर्यो । उसका बुवाले दुई लाख खोज्नका लागि सरकारी तथा प्राइभेट धेरै आफन्तलाई अनुरोध गरे ।
सबैको एउटै उत्तर आउँथ्यो – यो लकडाउनले जोगी बनायो हजुर । एक हजार पनि छैन । अनेक प्रयत्नपछि उसले गल्लीमा २ लाख भेटायो । त्यसको ब्याज निकै चर्को थियो । छोराको जीवनको लागि उसले मिटर ब्याजको मतलब गरेन ।
दुई लाख अस्पताललाई बुझाएपछि उसका लागि बेड मिल्यो । उ गल्लीबाट बेडमा प्रमोसन भयो । अस्पतालले भनेको थियो – उहाँको अवस्था सिरियस छ । आईसीयूमा राख्नुपर्ने हुनसक्छ । पाँच लाख भोलिसम्म डिपोजिट गर्नुहोला । उसको बुवालाई खलखली पसिना आयो । कहाँ खोज्ने पाँच लाख ? ऊ एक्लै बोल्यो - आफन्तहरू देवता भएपछि निकै गाह्रो हुँदो रहेछ ।
अस्पतालबाट फोन आयो – तपाईको बिरामी एकदम सिरियस छ । हामीकहाँ आईसीयू खाली छैन । अर्को अस्पतालमा लैजानुहोला ।
उसले श्रीमती तथा छोरीका गहना बेच्यो । ससुरालीबाट अलिअलि ऋण पायो । छिमेकीबाट अलिअलि ऋण पायो । पल्सर बाइकले मोटरसाइकल बेचेर अलिकति जोहो गर्छु भनेर पार्किङ गरेको अस्पतालमा गयो । बाइक चोरी भएछ । त्यसपछि उसले आफ्नै घरबाट गहना चोरेर ल्यायो । यसरी ५ लाख जम्मा भयो ।
अस्पतालमा पुगेर उसले आईसीयूमा राख्न अनुरोध गर्यो । बेड खाली छैन भन्ने जवाफ पायो । उसले लाखका पाँचवटा बिटा निकालेपछि अस्पतालले एउटा मात्र बेड खाली छ भन्यो । कुरो मिल्यो । ऊ हर्षले विभोर भयो ।
उता घरमा पल्सर प्रेमीको आमालाई कन्ट्याक्ट ट्रेसिंग गर्दा पीसीआर पोजिटिभ आयो । उसकी आमा दम, सुगर, प्रेसर र मुटुको दीर्घ बिरामी थिइन् । उनलाई एकदम गाह्रो हुँदै गयो ।
एउटा कोभिड अस्पतालको फिभर क्लिनिकमा छातीको एक्स रे गर्दा कोभिड निमोनिया तथा छातीमा पानी भरिएको देखियो । उनलाई तुरुन्तै आईसीयूमा राख्नुपर्ने भयो । सरकारी अस्पतालमा एउटा बेड पनि भेटिएन । प्राइभेट अस्पताल पनि प्याक थिए । प्राइभेट अस्पतालमा उपचार गर्ने स्रोत सुकेको थियो ।
उसको बुवालाई असह्य पिडा भयो । यता श्रीमतीलाई कहाँ उपचार गर्ने टुंगो छैन । उता छोराको हालत के हुने हो ? उनको दिमागले काम गर्न छोड्यो ।
अस्पतालबाट फोन आयो– तपाईंको बिरामीको अवस्था अत्यन्तै नाजुक भयो । भेन्टिलेटरमा राख्नुपर्छ । ५ लाख अहिल्यै डिपोजिट गर्नुहोला ।
पल्सर बाइकले भन्यो – अंकल काकीलाई सरकारी अस्पतालको इमर्जेन्सीमा छाडेर आउँछु । अस्पतालले जे गर्छ, गर्छ । पल्सर प्रेमी आइसीयुमै छ, निश्चय पनि अस्पतालले मर्न दिने छैन ।
उसलाई खलखली पसिना आयो, छाती कसियो, मुटुबाट शुरू भएको दुखाइ दाहिने हाततिर फैलियो, एकाएक सास बढ्यो अनि ढल्यो ।
त्यसपछि पल्सर बाइकले जबर्जस्ती एउटा ट्याक्सी रोकेर साथीको बुवालाई मुटु अस्पतालको इमर्जेन्सीमा पुर्याएर भाग्यो ।
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति ‘अनिल’द्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’ लोकार्पण गरिएको छ। शुक्रबार राजधानीको बसुन्धरामा एक कार्यक्रमकाबीच लेखक डा. ओम मूर्तिकी आमा राजकुमा...
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...