×

NMB BANK
NIC ASIA

अझै भेटिएनन् प्रतिभावान पर्यटक गाइड राहुल, दर्जन बढी भाषा बोलेर पर्यटकलाई घुमाउँथे तिलौराकोट

कात्तिक २०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

बुद्ध जन्मस्थल लुुम्बिनी र कपिलवस्तुुको तिलौराकोट घुुम्न आउने आन्तरिक र बाह्य पर्यटकलाई उनीहरूकै भाषा बोलेर पर्यटकीयस्थलको बारेमा जानकारी दिन सक्ने सामथ्र्य भएका कपिलवस्तुुका एक बालक राहुल सहनी बेपत्ता भएका छन् । 

Muktinath Bank

कपिलवस्तुको तौलिहवा घर भएका सहनी सोमवार बिहानदेखि बेपत्ता भएका हुुन् । उनी स्कूल जान्छुु भनेर, बिहान ९ बजे साइलक र झोला लिएर घरबाट निस्किएका थिए । आफ्नो छोरा हराएको भन्दै राहुुलका बुवा रिक्नुु सहनीले जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुमा उजुरी दिएपछि घटना बाहिर आएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विभिन्न देशका दजनौं भाषा बोल्न सक्ने १३ वर्षीय सहनी कुनै समय सामाजिक सञ्जालमा भाइरल बनेका थिए । उनको प्रतिभा देखेर चर्चा ह्वात्तै बढेको थियो । 


Advertisment
Nabil box
Kumari

सहनीका बुवा रिक्नुुले छोराको खोजी गरिदिन बिलौना गरे । उनले लोकान्तरसँग भने, ‘सोमबार बिहान साइलक र स्कूल झोला लिएर घरबाट निस्केको थियो । साँझसम्म पनि घर नआएपछि हामीले जताततै खोजी गरियो । आफन्तहरूकोमा पनि सम्पर्क गरियो । कतै नभेटिएपछि प्रहरीकहाँ खोजीका लागि निवेदन दिएका हौं ।’

Vianet communication
Laxmi Bank

रिक्नुले थपे, ‘मेरो छोरो धेरै क्षमता भएको हो । कहीँ गएर हराउने आउन नसक्ने होइन । उसले पर्यटक गाइडहरूले एकपटक सुुनाएका कुुरा दिमागमा कहिल्यै नभुुल्ने गरी सम्झन्थ्यिो ।’

सहनी पर्यटक गाइडको काम गरेर पैसा कमाउँथे । उनका बुवाआमा किसान हुन् । घरमा बलियो आर्थिक स्रोत थिएन । उनका भाइबहिनी पनि स्कूल पढ्छन् । सिद्धार्थ बोर्डिङ स्कूल तैलिहवामा कक्षा ६ मा पढ्ने सहनी आफ्नो विद्यालयको शुुल्क आफ्नै कमाइले तिर्थे । 

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुुका प्रमुुख एसपी नवराज अधिकारीले सहनीको खोजी जताततै भए पनि अहिलेसम्म पत्ता लाग्न नसकेको बताए । 

उनले लोकान्तरसँग भने, ‘मोबाइल बोकेर हिँडेको भए ट्रयाकिङमार्फत ठाउँ पत्ता लगाउन सकिन्थ्यो होला । मोबाइल पनि साथमा रहेनछ । जताततै खोजी गरेका छौं । उनका आफ्न्तहरू र मामाघर पनि भारतमै रहेछ । त्यहाँ सम्पर्क गर्दा पनि नआएको उनले बताए ।’ 

के थियो सहनीको क्षमता ?

राहुलले तिलौराकोटमा आउने पर्यटकलाई गाइड गर्न थालेको अढाई वर्ष भएको थियो । बुद्धले २९ वर्ष बिताएको दरबारनजिकै घर रहेका राहुललाई तिलौराकोटको विषयमा सबै कुराको जानकारी थियो । 

उनको घरमा कपिलवस्तुको बारेमा लेखिएका किताबहरू प्रशस्त भेटिन्छन् । कपिलवस्तुको सिद्धार्थ विद्या मन्दिरमा कक्षा ६ मा पढ्ने राहुल बाल टूर गाइड थिए । विद्यालयबाट छुट्टि भएपछि उनी तिलौराकोट गेट छिर्थे । त्यहाँ आउने स्वदेशी/विदेशी जुनसुकै पर्यटकलाई पनि गाइड गर्थे ।

सानै उमेर भए पनि उनी निकै पाको र भलाद्मी थिए । तिलौराकोटको पूर्वीद्वारदेखि पश्चिमद्वारसम्मका सबै पुरातात्विक वस्तुहरूको उनलाई ज्ञान छ । तिलौराकोट उत्खननको शुरूआतदेखिको जानकारी उनलाई सबै थाहा छ ।

पाँचौं शताब्दीमा चिनियाँ यात्री फाहियान र सातौं शताब्दीमा ह्विन सानले तिलौराकोटको विषयमा लेखेका कुरा पनि उनले खर्रर बताउँछन् ।

पछिल्लो समय बेलायतको दुराम विश्वविद्यालय र पुरातत्व विभागले गरेको उत्खनन उनले सबै हेरे । के–के भेटिए भन्ने ज्ञान बटुलेका छन् ।

त्यस क्षेत्रमा अहिले फलामका किला, माटोका भाँडा र इँटाका टुक्रा, फुटेका चुरालगायत सामग्री संकलन गरिएको छ । 

त्रिभुवन विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका संस्कृति र पुरातत्व विषयका विद्यार्थीसमेत उत्खननमा क्रियाशील छन् ।

तिलौराकोटमा इपु छैटौं शताब्दीमा योजनाबद्ध शहरीकरण शुरू भएको पाइएको छ ।

उक्त क्षेत्रको चारैतर्फ किल्ला र पर्खालले घेरिएको, उत्तरतर्फ स्तूपा, दक्षिणमा औद्योगिकस्थल, पूर्वमा बिहार र पश्चिममा बसोबास रहेको बताइन्छ । 

साथै, दरवारभित्र बुद्धले नुहाउने कोठा, आराम गर्ने कक्ष कता थियो भन्ने जानकारीसमेत सहनीले पर्यटकलाई गराउँथे ।

स्तूपाको नजिकै थुप्रै पर्खाल, पोखरीको किनारका साथै बिहारको जगमा चाँदीका ४९७ पञ्चमार्क मुद्रा पनि भेटिएको पनि उनलाई थाहा छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x