×

NMB BANK
NIC ASIA

छात्रावास निर्माणमा झेल: ६ महिनाको काम २ महिनामा सक्ने भनी सम्झौता, २ वर्षमा पनि अलपत्र

कात्तिक २०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

२ महिनामा निर्माण सक्ने भनी उपभोक्ता समितिमार्फत सम्झौता भएको दलित छात्रावासको भवन निर्माण कार्य २ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन ।

Sagarmatha Cement
Muktinath Bank

२ नम्बर प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा रहेको रामस्वरूप रामसागर बहुमुखी (राराब) क्याम्पसको दलित छात्रावास निर्माणको काम दुई वर्षअघि नै शुरू गरेको भए पनि निर्माणको काम सम्पन्न हुन सकेको छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

१२ वटा कोठा, शौचालय, स्नान घर सहितको भवन निर्माण २ महिनाभित्र सम्पन्न गर्ने भनेर उपभोक्ता समितिले सम्झौता गरेको भए पनि त्यसको दुई वर्ष बितिसक्दा समेत निर्माणको काम अधूरो मात्र होइन, अलपत्र नै बनेको छ ।

Vianet communication
Laxmi Bank

‘उक्त छात्रावास निर्माण सम्पन्न भइसकेको भए गरीब दलित विद्यार्थीहरू पढ्नका लागि त्यहाँ बस्न पाउँथे,’ उक्त क्याम्पसको स्नातकमा अध्ययनरत एक जना दलित विद्यार्थी रमेश पासवानले भने, ‘तर, त्यहाँ भवन कहिले बनेर सम्पन्न हुने हो त्यसको कुनै संकेत पनि देखिएको छैन ।’

उक्त क्याम्पसकै जग्गा लिजमा लिएर धान खेती गर्ने किसानहरूले त्यहाँ धानको पराल राख्ने गरेका छन् । निर्माणाधीन उक्त छात्रावासको फाउन्डेसनको जग्गा तथा पिलरमा किसानले रहरी दालको खेती गरेका छन् । रहरीको झारहरूले त्यहाँको पिलरलाई छोपेको छ ।

कार्यकर्ता पोस्न उपभोक्ता समिति 

आर्थिक वर्ष २०७५/०७६ मा सामाजिक विकास मन्त्रालयले उक्त क्याम्पसमा दलित छात्रावास निर्माणका लागि ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । विनियोजित रकमअनुसार काम सम्पन्न गराउनका लागि उक्त मन्त्रालयले भौतिक पूर्वाधार विकास मन्त्रालय मातहत रहेको पूर्वाधार विकास कार्यालयमा बजेट सहितको अख्तियारी पठाएको थियो । 

तत्कालीन क्याम्पस प्रमुख वीरेन्द्रकुमार यादवले पनि उक्त निर्माणका लागि स्वीकृति सहितको सिफारिश दिएपछि पूर्वाधार विकास कार्यालयले उपभोक्ता समिति गठनका लागि स्थानीय तहमा सिफारिश गरेको थियो । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष सुदर्शन सिंहको अध्यक्षतामा बसेको बैठकबाट तत्कालीन राजपा नेपालकी नेतृ विभा ठाकुरको अध्यक्षतामा ७ सदस्यीय उपभोक्ता समिति गठन सहितको सिफारिश गरिएको थियो । 

ठाकुर हाल जनता समाजवादी पार्टी नेपालकी केन्द्रीय सदस्य हुन् । साविकमा उनी राजेन्द्र महतोले नेतृत्व गरेको सद्भावना पार्टीमा आवद्ध थिइन् भने हालको सामाजिक विकास मन्त्री नबल किशोर साह सुडी पनि साविकको सद्भावना पार्टीकै नेता हुन् ।

महतोनिकट दुवैजना नेता भएका कारण ठाकुरलाई उपभोक्ता समितिको अध्यक्ष बन्न सहज भएको थियो । त्यसमा पनि वडाध्यक्ष सिंह पनि महतो निकट नै भएकाले उनलाई अध्यक्ष बन्न समस्या भएन । 

सचिवमा अमित कुमार पाण्डे, कोषाध्यक्षमा मनीष कुमार चौधरी, सदस्यहरूमा गणेश कुमार साह, कुमारी देवी, सञ्जय ठाकुर र वन्दनाकुमारी चौधरीसहित ७ सदस्यीय समिति गठन गरिएको थियो । समितिका सातै जना जसपाका कार्यकर्ता हुन् । कोही जिल्ला कमिटी त कोही वडा कमिटीका सदस्य हुन् । 

उक्त समितिले २०७६ वैशाख १६ गते दलित छात्रावास भवन निर्माणका लागि पूर्वाधार विकास कार्यालयसँग सम्झौता गरेको थियो । ६४ दिनभित्र असार २० गतेसम्म निर्माणको काम सम्पन्न गर्ने भनेर सम्झौता गर्दै उक्त समितिले प्रताहम रनिङ बिलबापत ३१ लाख ७६ हजार रुपैयाँ भुक्तानी समेत पाएको थियो । तर, निर्धारित समयभित्र उक्त समितिले काम गर्न सकेन ।

पूर्वाधार विकास कार्यालयका लेखा सहायक फुलेन्द्र पाण्डेका अनुसार उक्त आर्थिक वर्षमा नै निर्माण काम सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्ने समितिले काम पूरा गर्न सकेन । साइट इञ्चार्जसहित प्राविधिकको टोलीले स्थलगत अनुगमन गरेर मूल्यांकन गर्दा ९० लाख रुपैयाँको काम मध्ये ५७ लाख ७३ हजार ४३८ रुपैयाँको काम मात्र सम्पन्न गरेको प्रतिवेदन बुझाइएको छ । त्यसअनुसार प्रथम किस्ताको ३१ लाख ७६ हजार रुपैयाँ पहिले नै भुक्तानी भए पनि बाँकी रकम उक्त आर्थिक वर्षमा भुक्तानी हुन सकेन । 

मूल्यांकन गरिएको उक्त रकम मध्ये १३ लाख ६४ हजार रुपैयाँ चालू आर्थिक बर्ष २०७७/०७८को असोज महिनामा भुक्तानी गरिएको पाण्डेले बताए । उनका अनुसार कुल ९० लाख रुपैयाँको बजेटमध्ये ८७ लाख ३० हजार रुपैयाँ कार्यालयले बेहोर्नुपर्ने तथा ९ लाख ७५ हजार रुपैयाँ जनसहभागिताबापत उपभोक्ता समितिले योगदान गर्नुपर्ने सम्झौता भएको थियो ।

‘कुल ४० वटा पिलरसहित बेसमेन्टको काम, माटो पुर्नेदेखि ८ वटा कोठाको पर्खाल निर्माण, छत  ढलान, आल्मोनियमको झ्याल ढोका लगाउने, प्लास्टर, रंगरोगन सहित निर्माणको काम सम्पन्न गर्नु पर्ने सम्झौता भएकामा केही भागमा छत ढलान गरिएको तथा केही भागमा जगको काम मात्र सम्पन्न भएर निर्माण काम अधूरो थियो,’ पूर्वाधार कार्यालयका इञ्जिनीयर राहुल झाले भने । 

वास्तवमा भन्ने हो भने उक्त भवन निर्माण गर्नमा कम्तिमा पनि ६ महिना लाग्थ्यो, दुई महिनामा सम्पन्न हुने योजना नै थिएन, तर काम शुरू नगरेको भए उक्त रकम पनि फ्रिज हुने हुनाले काम शुरू गराइएको झाको जिकिर छ ।  एल आकारको उक्त छात्रावास निर्माणको काम गर्ने बेलामा अधिकांश समय स्ट्रक्चरल फाउन्डेसन निर्माणमा नै खर्च भयो । पिलर ढलान भएपछि ७ दिन छोड्नु पर्ने, छत ढलान गरेपछि २१ दिन छोड्नु पर्ने हुँदा असार मसान्तसम्म इस्टिमेट डिजाइन अनुसार काम सम्पन्न हुन नसकेको झा बताउँछन् । 

‘टेन्डर आह्वान गरेर बहुवर्षीय योजना अनुसार काम गरिएको भए अहिलेसम्म निर्माण सम्पन्न भएर हस्तान्तरण समेत भइसकेको हुन्थ्यो,’ झाले लोकान्तरसँग भने,‘ तर उपभोक्ता समितिमार्फत काम गराउँदा जे जति काम हुन सक्यो त्यसको मूल्यांकन गरेर भूक्तानी गरियो र बाँकी रकम फ्रिज भयो ।’ तर, अवस्था कस्तो छ भने हालसम्म उक्त योजना अलपत्र नै छ । अधुरो योजना पूरा गर्नका लागि त्यसको अघिल्लो वर्ष २०७६/०७७ र चालु आर्थिक वर्ष २०७७/०७८ मा समेत योजना परेको छैन । न त त्यसका लागि बजेट नै विनियोजन गरिएको छ । 

अहिले निर्माण भइरहेको छात्रावासको ठाउँमा विगतमा ‘गल्र्स होस्टेल’ सञ्चालित थियो । उक्त ठाउँमा दलित छात्रावास निर्माणको काम अलपत्र बनेको छ । उक्त क्याम्पसका क्याम्पस प्रमुख प्रदीप साहका अनुसार विगतमा ५० देखि ६० जना छात्राहरू उक्त छात्रावासमा बस्ने गर्थे । भवन पुरानो तथा जीर्ण भएका कारण २०४९ सालतिरदेखि उक्त छात्रावास बन्द भएको थियो । 

त्यसैगरी १८ वटा कोठा तथा शौचालय सहितको पुरुष छात्रावास ‘ब्वाइज होस्टल’को भवन पनि जीर्ण बन्दै गएपछि २०५३ साल देखि उक्त छात्रावास बन्द भएको छ । करीब १ सय छात्रहरू उक्त छात्रावासमा बस्ने गर्थे । तर, भवन जीर्ण भएकाले समस्या हुँदा उक्त छात्रावास पनि बन्द गरिएको क्याम्पस प्रमुख साहले बताए । अहिले उक्त छात्रावासमा विद्यार्थी नबस्दा क्याम्पसका कार्यालय सहयोगी रास बिहारी मण्डलले खेती गर्दै आएको धान काटेर छात्रावासको कोठामा भण्डारण गर्दै आएका छन् ।

डेढ दशक अघिसम्म जनकपुरमा रहेको त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस रामस्वरूप रामसागर बहुमुखी क्याम्पसको ठूलो नाम थियो । देशका अन्य क्याम्पसहरूको तुलनामा उक्त क्याम्पसको पठनपाठनदेखि अन्य क्षेत्रमा समेत उक्त क्याम्पसको राम्रो पहिचान थियो ।

अहिले पनि ३ हजारभन्दा बढी संख्यामा विद्यार्थी रहेपनि पठन पाठनको काम लगभग बन्द जस्तै छ । परीक्षामा चिट चोर्ने र चोर्न नपाए आन्दोलन नै हुन थालेपछि क्याम्पसको प्रतिष्ठा क्रमशः धारासायी बन्दै गएको छ ।  

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x