×

NMB BANK
NIC ASIA

धुलिखेल–नगरकोट पर्यटकीय सडक कालोपत्रे गरिँदै

कात्तिक २१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

काभ्रेपलाञ्चोकको पर्यटकीय क्षेत्र धुलिखेल र नगरकोट जोड्ने सडक निर्माण कार्य अगाडि बढाएसँगै सो सडकखण्ड कालोपत्रे गर्ने काम अगाडि बढेको छ । वाग्मती प्रदेश सरकारले धुलिखेल–नगरकोटलाई जोड्ने पर्यटकीय सडक मार्गलाई पहिलो प्राथमिकतामा राखेर निर्माणको कामलाई अगाडि बढाएको हो ।

Muktinath Bank

वाग्मती प्रदेश भौतिक पूर्वधार विकास मन्त्रालयको आर्थिक सहयोगमा अहिले सो सडकको धुलिखेल नगरपालिका–३ को बाँसघारी हुँदै गोसाइँस्थान–टनचोक–काँसीभञ्ज्याङ–नगरकोट सडकखण्डअन्तर्गत बाँसघारीदेखि गोसाइँस्थानसम्म निर्माण गरेको सडकखण्डको कालोपत्रे गर्ने काम भइरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बनेपा नगरपालिका–६ का स्थानीय भेषराज शाहले प्रदेश सरकारले धुलिखेल–नगरकोट जोड्ने पर्यटकीय सडकको काम अगाडि बढाएपछि स्थानीय व्यवसायीलाई मात्रै फाइदा नभई धार्मिकरूपले महत्वपूर्ण रहेको गोसाइँस्थान क्षेत्रका लागि समेत ठूलो सहयोग पुगेको बताए ।


Advertisment
Nabil box
Kumari

“पक्की सडक बनेसँगै होटल व्यवसायको साथमा नैमिसारण्य गुरुकुल शिक्षा र गोसाइँस्थानको धार्मिक क्षेत्रको सम्भावना अझ बढेको छ”, उनले भने, “यहाँको स्थानीयवासीको पनि अर्थोपार्जनमा धुलिखेल–नगरकोट पर्यटकीय सडकले अर्को फाइदा पुर्याएको छ ।”

Vianet communication
Laxmi Bank

अर्का स्थानीय गणेश भारतीले पक्की सडक बनेपछि व्यवसायलाई अगाडि बढाउन थप मद्दत पुगेको बताए । त्यस्तै बनेपा नगरपालिका–६ का स्थानीय पदमनाथ ढुङ्गानाले बनाएको पक्की सडक मापदण्डअनुसारको गुणस्तरीय सामान नै प्रयोग गरेको पाइएको बताए ।

निर्माण भइरहेको सडकखण्डको पहिलो चरणमा सो कार्यका लागि प्रदेश सरकारले रु तीन करोडको बजेट व्यवस्थापन गरेको वाग्मती प्रदेशसभा सदस्य वसुन्धरा हुमागाईँले बताए । जिल्लाको धुलिखेल, बनेपा र मण्डनदेउपुर नगरपालिका गरी तीन  नगरपालिकालाई जोड्ने सो सडकखण्ड निर्माण कार्य सम्पन्न भएपछि पर्यटकीय क्षेत्रको विकाससँगै त्यसले व्यावसायिकरूपले स्थानीयवासीको समेत आर्थिकस्तरमा वृद्धि हुने र जीवनस्तर उकास्ने अपेक्षा गरिएको छ ।

प्रदेशसभा सदस्य हुमागाईँले भने, “प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय, पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोकबाट धुलिखेल–रविओपी–टनचोक–नगरकोट सडकको १८ किलोमिटर सडकको बाँसघारीदेखि गोसाइँस्थानसम्मको एक किलोमिटर कालोपत्रे गर्ने कामसमेत अन्तिम चरणमा पुगेको छ ।” पर्यटनको लागि अति महत्वपूर्ण सडक भएकाले सो सडक सम्पन्न भएपछि नगरकोटको पर्यटकलाई धुलिखेलसम्म ल्याउन र त्यहाँबाट प्रसिद्ध धार्मिकस्थल नमोबुद्धसम्म जानका लागि निकै सहज हुने उहाँको भनाइ छ । सडकलाई प्राथमिकतामा राखेर क्रमागत योजनाको रूपमा विकास गर्ने र बहुवर्षीय योजनाको रुपमा स्वीकृत गरेर लैजाने विषयमा कुरा भइरहेको प्रदेशसभा सदस्य हुमागाईँले बताए ।

त्यससँगै वाग्मती प्रदेश सरकारले पर्यटन पैदलमार्गका लागि नगरकोटबाट टनचोकधुलिखेल–नमोबुद्ध हुँदै तेमालसम्मको क्षेत्रलाई समेटेर निर्माण गर्ने परिकल्पना गरी डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) समेत सम्पन्न गरिसकेको उनले बताए ।

त्यस्तै वाग्मती प्रदेश सरकारको आर्थिक सहयोगमा बिपी राजमार्गको वैकल्पिक मार्गका रूपमा रहेको लाँकुरीभज्ञ्याङ–कुशादेवी–पनौती–नमोबुद्ध–चौकीडाँडा सडकको निर्माण कार्यलाई तीव्रता दिइएको छ । सो सडक निर्माण कार्य सम्पन्न भएपछि काठमाडौँबाट बाहिरिने र उपत्यका भित्रिने महत्वपूर्ण मार्ग बन्नेछ । वाग्मती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयबाट करिब रु ६१ करोड विनियोजन भई निर्माण कार्य भइरहेको उक्त सडकखण्डको र्यालेदेखि दाहालटारसम्मको १६ किलोमिटरको स्तरोन्नतिको काम करिब अन्तिम चरणमा पुगेको छ ।

उक्त सडक सञ्चालनमा आएपछि अरनिको र बिपी राजमार्गमा सवारी चाप कम हुनेछ । सडकखण्डको नमोबुद्ध नगरपालिका वडा नं ९, १० र ११ का बासिन्दा तथा रोशी गाउँ पालिकाका १, २, ३, ४ र ५ नम्बर वडाका बासिन्दालाई सहज हुने भएको छ । नेपाल सरकारले १२८ वैकल्पिक राजमार्ग बनाउँदै छ । एनएच ५० अन्तर्गत यो सडक निर्माण भइरहेको छ । जिल्लाकै तेस्रो ठूलो सडकका रूपमा निर्माण भइरहेको सडक ११ मिटर चौडाइको बन्नेछ ।

प्रदेश सरकारले काभ्रेपलाञ्चोकको २ नं निर्वाचन क्षेत्र ख अन्तर्गत ११ वटा सडकको डिपिआर सम्पन्न गरिसकेको जनाएको छ । नाला–काशीभञ्ज्याङ–नयाँगाउँ–हिले–कुन्ता सडकको निर्माण कार्य प्रारम्भ भइसकेको प्रदेशसभा सदस्य हुमागाईँले बताए । सडकसँगै आठ वटा पुल, भवन र सिँचाइसहित २५ वटा योजनाको डिपिआर तयार गर्ने काम सम्पन्न भइसकेको उनको भनाइ छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x