×

NMB BANK
NIC ASIA

महामारीका बेला सीमामा नागरिकको पीडा: 'नेपाली हुन् भन्ने थाहा पाए हामीलाई जसले पनि लुट्छ'

कात्तिक २१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

डडेल्धुराको अमरगढीका ४५ वर्षीय अमर भण्डारीले भारत जानका लागि बसको व्यवस्था मिलाउने धनगढीको टिकट काउन्टरमा फोन गरेर सोधे– भारत जानका लागि गाडीको व्यवस्था हुन्छ कि ? 

Sagarmatha Cement
Muktinath Bank

काउन्टरको फोनबाट जवाफ आयो– भैहाल्छ नि, कति जना हुनुहुन्छ ? 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले भने, ‘१५ देखि २० जना हुन्छौं । हामी भोलि आइपुग्छौं ? ढुक्क भयौं है त । 


Advertisment
Nabil box
Kumari

गाडी पाइने भयो है भनेर उनले सँगै जानेहरूलाई खबर गरे । मंगलवार बिहानै सबैजना बस पाइने ठाउँसम्म आए । धनगढीका लागि बस त मिल्थे तर उनीहरू १५ जना भएका कारण सबै अटाउने खाले बस मिलेन । 

Vianet communication
Laxmi Bank

त्यसपछि उनीहरू धनगढीमा भेट्ने गरी फरक–फरक गाडीमा चढे । कोरोनाको कारण देखाउँदै धनगढी पुग्दा नै उनीहरूले दोब्बर भाडा तिरिसकेका थिए । 

धनगढीमा भारतका लागि गाडी पाइने स्थानबाट भारतको पलियासम्मका लागि टिकट लिएर उनीहरू त्रिनगर नाकातर्फ गए । 

त्यहाँ पुग्दा दिउँसोको ३ बजिसकेको थियो । नाकामा भारत जानका लागि पुगेकाहरूको मोहनापुलसम्मै लर्को थियो । 

नाकामा लामो लाइनमा बसेका उनीहरू ५ बजेपछि मात्रै नेपाली भूमि छाडेर भारतमा पाइला टेक्न पाए । अबेर साँझ गाडी चढ्न पाएका उनीहरू पलियामा अलपत्र परे ।

नेपालबाट मुस्किलका साथ पालियासम्म पुगेका हामी गाडी नपाएर अलपत्र पर्‍यौं भण्डारीले भने, ‘हामीले त्यो रात भोकै सडकमै काट्यौ । अर्को दिन पनि बस पाएनौं, हामी अलपत्र परेको खबर पाएर त्रिनगर नाकामा खटिएका सुरक्षाकर्मीहरूले त्यहाँबाट हाम्रो उद्धार गरी पठाए । ’ 

पलियामा अलपत्र पर्नेहरूमा डडेल्धुराको अमरगढीका १५ सहित अन्य जिल्लाका २ सय ६१ जना थिए ।

धनगढी बजारबाट त्रिनगर नाकासम्म पुर्‍याउन पनि अटोहरूले बढी भाडा लिइरहेका छन्, ‘त्रिनगर नाकामै भेटिएका दैलेखका अर्जुन उपाध्यायले भने, ‘झोला बोकेर आएको देखे भने त अटोहरूले पनि ठग्छन् । मैले भर्खरै धनगढी बजारबाट २ किलोमिटरको दुरीमा रहेको त्रिनगर नाका आएको ८० रुपैयाँ तिर्नुपर्‍यो ।’

आउनेहरूलाई झन् समस्या

भारतबाट स्वदेश फर्किने बेला नेपाली लुटिनु कुनै नौलो घटना होइन । हरेक महिना यस्ता घटना भइरहने गरेका छन् । त्रिनगर नाका हुँदै भारतबाट आएका कैलालीको लम्कीका ४७ वर्षीय हर्क साउदले भने, ‘नेपाली हुन् भन्ने थाहा पायो भने त हामीलाई जसले पनि लुट्छ, भारतमा खाजा खाँदा पनि हामीबाट ५ देखि १० रुपैयाँ बढी लिन्छन् ।’ 

‘सीमा क्षेत्रमा यात्रु बोक्नका लागि प्रयोगमा रहेका भारतीय सवारी साधनले चर्को भाडा असुलिरहेका छन्,’ टीकापुरका गणेश धामीले भने, ‘नाकामा रहेका भारतीय सवारीसाधनले चर्को भाडा असुल्छन् अनि चेकजाँचका क्रममा त्यहाँका सुरक्षाकर्मीपनि चिया खर्च भन्दै केही रकम माग्छन्, नदिएमा निकै सताउँछन् ।’ 

त्रिनगर नाकामा मात्रै हैन गड्डाचौकी नाका हुँदै भारत जाने र आउने नेपालीहरूलाई पनि यस्तै सास्ती छ । 

बजारदेखि सीमा क्षेत्रसम्म सञ्चालन हुने सवारी चालकहरूले तोकिएको दररेट भन्दा १०० देखि २०० रुपैयाँसम्म बढी भाडा असुल्दै आएका छन्।

भारतीय चालकहरूले नेपाली यात्रुहरूबाट चर्को भाडा असुल्न थालेको गुनासो आएपछि सीमा क्षेत्रमा तैनाथ सशस्त्र प्रहरीले बढी लिएको भाडा फिर्ता गराउन थालेको छ । 

गत मंगलवार साँझ पश्चिमी सीमा नाका गड्डाचौकीमा रहेको सशस्त्र प्रहरीको हेल्पडेस्कमा भारतको बैंग्लोरबाट भारतीय वनवासको बाटो हुँदै आएका यात्रुहरूले बढी भाडा लिएको गुनासो गरेपछि भारतीय सीमा सुरक्षा बलसँग समन्वय गरी सशस्त्र प्रहरीले बढी लिएको रकम यात्रुलाई फिर्ता गर्न लगाएको छ ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x