×

NMB BANK
NIC ASIA

टोकन प्रणालीमार्फत धान खरिद शुरू

कात्तिक २२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारले निर्धारण गरेको मूल्यअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले किसानबाट धान खरिदको कार्य शुरू गरेको छ । कम्पनीले धान बिक्री गर्ने किसानको सङ्ख्या अधिक भएका कारण टोकन प्रणालीमार्फत धान खरिदको कार्य शुरू गरेको छ ।

Muktinath Bank

'कोरोना भाइरसको सङ्क्रमणलाई मध्यनजर गर्दै भीडभाड हुन नदिनका लागि टोकन प्रणालीमार्फत धान खरिद शुरू गरेका छौँ', कम्पनीका निमित्त कार्यालय प्रमुख नारायणप्रसाद खरलेले भने, 'टोकन प्रणालीअनुसार धान खरिद हुन थालेपछि भीडभाड नभई सहजरुपमा धान खरिदको कार्य भइरहेको छ ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उहाँका अनुसार शुरुमा दुईवटा काँटा राखेर धान खरिद शुरू गरिएकामा कार्यलाई छिटोछरितो बनाउनका लागि तीनवटा काँटा थपिएका छन् । यसबाट एकैपटक धेरै किसानको धान खरिद गर्न सहज भइरहेको छ । कम्पनीले धान खरिदका लागि हालसम्म १५० टोकन वितरण गरेको छ ।


Advertisment
Nabil box
Kumari

'कम्पनीमा ५० क्विन्टलमाथि धान बिक्री गर्न ल्याउने किसानसँग लालपुर्जा माग्ने गरेका छौँ', निमित्त कार्यालय प्रमुख खरेलले भने, 'वास्तविक किसान हो÷होइन भनेर लालपुर्जा माग्ने गरिएको छ ।' व्यापारीहरुले समेत किसानबाट सस्तोमा धान खरिद गरी कम्पनीमा बेच्नका लागि ल्याउने भएकाले लालपुर्जा माग्ने गरिएको उनको भनाइ छ ।

Vianet communication
Laxmi Bank

 कम्पनीलाई सात हजार क्विन्टल धान खरिदका लागि कोटा निर्धारण गरिएको छ । हालसम्म कम्पनीले ५०० क्विन्टल बढी धान खरिद गरिसकेको छ । गत वर्षसमेत सात हजार क्विन्टलकै हाराहारीमा कम्पनीले धान खरिद गरेको थियो । मंसिर ३ गतेसम्मका लागि धान खरिद गर्न कम्पनीले टोकन वितरण गरिसकेको छ । किसानलाई पालो पु¥याएर कम्पनीले टोकन दिने गरेको छ । यस वर्ष धानको उत्पादन बढी भएकाले निर्धारित कोटाभन्दा बढी धान खरिद हुने कम्पनीका कर्मचारीको भनाइ छ ।
 
कम्पनीले मोटो धान मात्रै सरकारले निर्धारण गरेको प्रतिक्विन्टल रु दुई हजार ७३५ मा खरिद गरिरहेको छ । असार महिनामै सरकारले धानको दररेट निर्धारण गरे पनि कम्पनीले धेरै ढिलो धान खरिद गर्न शुरू गरेको हो । कार्यालय र आर्थिक व्यवस्थापन गर्न ढिलाइ हुँदा धान खरिदकार्यमा विलम्ब भएको कम्पनीका कर्मचारीको भनाइ छ ।
 
खरिद गरिएको धान कम्पनीले भण्डारण गरी बोलपत्र प्रक्रियाद्वारा धानको कुटाइ गरी चामल बनाइ धनगढीको कैलालीको कार्यालयमा पठाउने गर्दछ । कैलालीस्थित कम्पनीको कार्यालयले चामलको अभाव भएका पहाडी, हिमाली जिल्लामा सहुलियत दरमा चामल बिक्री वितरणको कार्य गर्दै आएको छ ।
  
कञ्चनपुरमा खेती गरिएको कूल क्षेत्रफल ५६ हजार ६०२ हेक्टरमध्ये धानखेती ४८ हजार ४९६ हेक्टरमा हुने गरेको छ । यसको उत्पादन एक  लाख ८९ हजार १३४ दशमलव ४० रहेको छ । चालु आवमा धानको उत्पादन १५ प्रतिशतले वृद्धि भएको अनुमान गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x