
काठमाडौं, २९ वैशाख –निर्वाचन आयोगले मौन अवधिमा पालना गर्नुपर्ने नियमहरू सार्वजनिक गरेको छ । आयोगले मौन अवधिमा पालना गर्न नहुने भन्दै ५ बुँदे आचरण सार्वजनिक गरेको छ ।
शुक्रवारदेखि मौन अवधि सुरु भईसकेको छ । मौन अवधिको पालना यथोचित रुपमा हुन नसकेको भन्दै आयोगले सचेत गराएको हो ।
यस्ता छन् मौन अवधिमा गर्न नहुने कामहरू
- निर्वाचन प्रचारप्रसार र मत माग्न नहुने
- मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३ सय मिटर वरिपरी राखिएका आ –आफ्ना निर्वाचन चिन्ह तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने
- एसएमएस, फेसबुक, भाइवर तथा विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने
- उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिन्ह अंकित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, ट्याटुजस्ता सांकेतीक सामग्रीको प्रयोग गर्न, विक्री गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने
- उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रशारण गर्न नहुने
कसैले अचार संहिता उल्लङ्घन गरे निर्वाचन आयोग ऐन –२०७३ बमोजिम कारवाही हुने आयोगले प्रश्ट पारेको छ ।
