×

NMB BANK
NIC ASIA

सूर्योदय हेर्न मानहुँकोटमा भीड, फस्टायो दमौलीका होटल व्यवसाय

कात्तिक २२, २०७७

NTC
Sarbottam
तस्वीर सौजन्य : सामाजिक सञ्जाल
Premier Steels
Marvel

कोभिड–१९ कारण करिब सात महिना तनहुँ जिल्लाका होटल व्यवसाय ठप्प रहे । कहिले लकडाउन त कहिले निषेधाज्ञा कारण जिल्लाका होटल व्यवसाय अधिकांश समय बन्द रहे । कोभिडकै कारण कतिपय होटल व्यवसायी व्यवसायबाटै पलायन भए, कतिपय बन्द हुने अवस्थामा पुगेका छन् ।

Muktinath Bank

 पछिल्लो समय दमौलीका होटल व्यवसाय विस्तारै तङ्ग्रिने प्रयासमा छ । पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको व्यास नगरपालिका–५ मानहुँकोटका कारण यतिबेला दमौलीका अधिकांश होटल भरिभराउ भएका हुन् । राति बास बसेर बिहानै मानहुँकोटमा पुगेर सूर्योदय हेर्नका लागि विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक दमौली आउन थालेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दमौलीस्थित होटल ससइनका सञ्चालक जीवन शाहीले एक हप्तादेखि होटल भरिभराउ रहेको जानकारी दिए । 'कोभिडले धरासायी भएको होटल व्यवसाय मानहुँकोटका कारण तङ्ग्रिने प्रयासमा छ, एक हप्तादेखि आन्तरिक पर्यटकका कारण होटल प्याक छ', शाहीले भने, 'दैनिकजसो कोठा नभएर पर्यटक फिर्ता पठाउनुपर्ने अवस्था आएको छ ।'


Advertisment
Nabil box
Kumari

श्रेष्ठको होटलमा ११ कोठा रहेकामा दैनिक २०÷२५ जना पर्यटक बास बस्ने गरेका छन् । 'मानहुँकोटले बाहिरी जिल्लाका आन्तरिक पर्यटक ह्वात्तै तान्यो, व्यवसाय ठप्प रहेको बेला राहत मिलेको छ', उनले भने । मानहुँकोट दमौलीवासीका लागि गर्व गर्ने ठाउँ रहेकाले यहाँ घुम्न आउने पर्यटकको सुरक्षा प्रबन्धमा विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिएको शाहीले सुझाव दिए ।

Vianet communication
Laxmi Bank

व्यास नगरपालिका–५ चापाघाटस्थित न्यू ड्रागन होटलका सञ्चालक दिनेश खनालले एक हप्तादेखि होटल भरिभराउ रहेको जानकारी दिए । 'कोरोनाले सुस्तायो होटल व्यवसायलाई मानहुँकोटले ऊर्जा भरिदिएको छ', उनले भने, 'मानहुँकोट जान आएका पर्यटक बास बसेका कारण होटलका सबै कोठा प्याक छन् ।' उनका अनुसार होटलमा २० कोठा रहेकामा सबै भरिभराउ छन् ।

व्यास नगरपालिका–३ मुख्यचोकस्थित पञ्चम होटलका सञ्चालक राजकुमार श्रेष्ठले दैनिक २५÷३० जना आन्तरिक पर्यटकले आफ्नो होटलमा रात बिताउने गरेको जानकारी दिए । 'चार÷पाँच दिनदेखि ११ वटा कोठा सबै भरिभराउ अवस्थामा छ', उनले भने । क्षेत्रीय होटल सङ्घ तनहुँका वरिष्ठ उपाध्यक्ष विकास खनालले यतिबेला दमौलीका अधिकांश होटल आन्तरिक पर्यटकले भरिएको जानकारी दिए ।

'मानहुँकोट निकै चर्चामा आएपछि देशका विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक दमौली ओइरिएका छन्, जसकारण अधिकांश होटल भरिभराउ भएका छन्', उनले भने, 'कोभिडको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पाहुना राख्न होटल व्यवसायीलाई अनुरोध गर्दै आएका छौँ ।'

सामाजिक सञ्जालमा निकै भाइरल बनेको मानहुँकोटमा सूर्योदय हेर्नका लागि दैनिक एक हजारभन्दा बढी पर्यटक पुग्ने गरेको वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए । फेसबुक, टिकटकलगायतका सामाजिक सञ्जालमा भाइरल बनेको मानहुँकोटमा बिहानै आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको हो ।

राति मानहुँकोटमै बास बस्नेको सङ्ख्या पनि उल्लेख्य रहने गरेको छ । पछिल्लो एक हप्ताको अवधिमा मानहुँकोटमा पर्यटकको घुइँचो बढेको श्रेष्ठले जानकारी दिए । 'दैनिक करिब एक हजारभन्दा बढी पर्यटक मानहुँकोट आएका छन्', उनले भने, 'सञ्चारमाध्यमबाट मानहुँकोटको प्रचारप्रसारमा महत्वपूर्ण सहयोग मिलेको छ ।'

मानहुँकोटमा पर्यटकको चहलपहल बढ्न थालेसँगै पर्यटकीय पूर्वाधार निर्माण पनि शुरु भएको छ । व्यास नगरपालिकाले रु ३६ लाख ५० हजारको लागतमा दृश्यावलोकन स्तम्भ निर्माण शुरु गरिसकेको छ ।

थप पूर्वाधार निर्माण गर्ने नगरपालिकाको योजना छ । मानहुँडाँडाबाट दृश्यावलोकनका लागि आउने पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै डाँडाको छेउमा रेलिङ निर्माण गरिएको छ । मानहुँकोटबाट पाँचवटा हिमालको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ ।  साथै दमौली बजार, मादी नदी, साँगेखोला, तनहुँ जलविद्युत्को ड्याम निर्माणस्थल एवं मनोरम दृश्यहरु यहाँबाट देखिन्छ । 

व्यासको कार्यपालिका बैठक मानहुँकोटमा

तनहुँको व्यास नगरपालिकाको कार्यपालिका बैठक पनि मानहुँकोटमा बस्ने भएको छ । व्यास नगरपालिका–५ स्थित मानहुँकोटको थप प्रचारप्रसार गर्ने उद्देश्यसहित नगरपालिकाले मानहुँकोटमा कार्यपालिकाको बैठक राख्ने तयारी गरेको हो ।

नगरपालिकाका प्रवक्ता एवं सोही वडाका अध्यक्ष मोहनकुमार श्रेष्ठले आइतबार कार्यपालिकाको बैठक मानहुँकोटमा बस्ने जानकारी दिए । कार्यपालिकाको बैठक मानहुँकोटमा सम्पन्न हुने भएपछि यसको प्रचारप्रसारका लागि थप सहयोग पुग्ने श्रेष्ठले बताए । 'कार्यालयभन्दा बाहिर पहिलोपटक कार्यपालिकाको बैठक बस्दैछ, यसले यहाँको विकासका लागि योगदान पुग्नेछ', श्रेष्ठले भने ।

मानहुँकोट पछिल्लो समय पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको छ । मानहुँकोटबाट सूर्योदय र कुहिरो अवलोकन गर्न दैनिक एक हजार पर्यटक यहाँ पुग्ने गरेका छन् । वडाध्यक्ष श्रेष्ठका अनुसार तनहुँका अतिरिक्त छिमेकी जिल्ला कास्की, लमजुङ, चितवन, गोरखालगायतका जिल्लाबाट पर्यटक मानहुँकोट आइरहेका छन् । 

फोहरमैला व्यवस्थापनका लागि डस्टविन सहयोग

मानहुँकोटको फोहरमैला व्यवस्थापनका लागि रेन्ट टेण्टले डस्टविन सहयोग गरेको छ । मानहुँकोटमा पर्यटकको सङ्ख्या बढ्न थालेसँगै फोहरमैला पनि बढेपछि त्यसको व्यवस्थापनका लागि रेन्ट टेण्टले आठ थान डस्टविन सहयोग गरेको हो ।

सञ्चालक मुख्तार अहमद मियाँ र रम्जान अलीले वडाध्यक्ष मोहनकुमार श्रेष्ठलाई शुक्रबार उक्त डस्टविन हस्तान्तरण गरेका छन् । व्यवसायसँगै सामाजिक उत्तरदायित्व वहन गर्दै पर्यटकीयस्थलको फोहरमैला व्यवस्थापनका लागि डस्टविन सहयोग गरिएको मियाँले जानकारी दिए । 

मानहुँकोटमा पर्यटक बढेसँगै फोहरमैला पनि बढेकाले फोहरमैला व्यवस्थापनका लागि वडाले पनि पहल गर्दै आइरहेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए । दमौलीस्थित विभिन्न युवा क्लबको सहयोगमा बेलाबेलामा सरसफाइका कार्यक्रम सञ्चालन गरिँदै आएको श्रेष्ठले बताए ।

मानहुँकोटको दीर्घकालीन फोहरमैला व्यवस्थापनका लागि वडाले एक जना कर्मचारी नियुक्त गर्ने तयारी गरेको पनि श्रेष्ठले बताए । कृष्ण न्यौपाने​,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x