×

NMB BANK
NIC ASIA

बेरोजगारको व्यथा : युवाहरू भारततिर, बालबालिका र वृद्धवृद्धा गिट्टी कुट्न बगरतिर

कात्तिक २२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको अत्तरियाबाट पूर्वतर्फ करीब ८ किलोमिटरको दूरीमा खुटिया नदी छ । त्यो नदीको छेउमै जोशी टोल छ ।

Sagarmatha Cement
Muktinath Bank

त्यो टोल लगायत आसपासका स्थानीयको मुख्य आम्दानीको स्रोत नै खुटिया नदी हो । ३०–३२ परिवारको हाराहारीमा रहेका स्थानीय बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म नदी किनारमै संघर्ष गरिरहन्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हरेक दिन दिउँसो चर्को गर्मीमा पनि खुटिया नदीको किनारामा गिट्टी कुट्नेहरूको चहलपहल देखिन्छ । खुटिया नदीमा ९ वर्षीया बालिकादेखि ८० वर्षका वृद्धवृद्धा समेत गिट्टी कुटिरहेका हुन्छन् ।


Advertisment
Nabil box
Kumari

जोशी टोल लगायत खुटिया नदी आसपासका युवाहरू रोजगारीका लागि भारत जान्छन् भने बालबालिका र वृद्धवृद्धाको रोजीरोटी नदी किनारामा गिट्टी कुटेरै जुट्ने गर्छ । हजुरआमासँगै गिट्टी कुटिरहेका छत्र साउँदले भने, ‘दैनिक बिहान ६ बजे दिनभर हामी सबै यो नदी किनारामा गिट्टी कुट्छौं ।’ उनले बिहान ११ बजेपछि १ घण्टा खाना खान विश्राम लिने गरेको बताए ।

Vianet communication
Laxmi Bank

‘हामी मात्रै होइन, हाम्रो गाउँका सबै यहीँ आउँछन् गिट्टी कुट्न,’ छत्रकी हजुरआमा सीतादेवीले भनिन्, ‘हाम्रो त मुख्य आम्दानीको स्रोत नै यहीँ हो ।’ नाति छत्रलाई देखाउँदै उनले भनिन्, ‘यो ९ वर्षको हुने बेला यसको बुवा संसार छाडेर गयो । घरमा योभन्दा साना–साना यसका भाइबहिनी छन् । उनीहरूलाई पढाउन भनेर यसले ८ कक्षाबाट पढाइ छोडेर हामीसँगै गिट्टी कुट्दैछ ।’

दिनभर काम गरेर पनि साँझ–बिहानको छाक टार्न मुस्किल पर्ने गरेको नदीमा गिट्टी कुटिरहेकी फूलमाया थापाले बताइन् । ‘हामीले अरूको गिट्टी फुटाउने भए पो दिनभर गरेको कामको साँझ ज्याला पाइने थियो तर यो त हामीले आफ्नै ढुंगा संकलन गरेर गिट्टी फुटाइरहेका छौं । नबेचियो भने त खान लाउनै समस्या पर्छ ।’

कुटेको गिट्टी नबेचिँदा समस्या 

‘दिनभर २ जनाले मेहनत गरेर गिट्टी कुट्दा पनि ५ बोराभन्दा बढी सकिँदैन,’ जोशी टोलकी पुष्पा कुँवरले भनिन्, ‘वैशाखदेखिको गिट्टी बेचिएको छैन ।’

गिट्टी १ घनमिटरको १२–१३ सय रुपैयाँको हाराहारीमा बिक्री हुने गरेको बताउँदै अरुण साउँदले भने, ‘निकै मेहनतका साथ हामी घाम, पानी, भोक नभनेर काम गर्छाैं तर कहिले त तयारी अवस्थामा राखिएको गिट्टी पनि नबेचिँदा निकै समस्या हुन्छ ।’

घरकै खाना खाएर गिट्टी कुट्दा मासिक २० हजार रुपैयाँसम्म आम्दानी गर्न सकिने भएपनि यसपालिका गिट्टी बिक्री नहुँदा समस्या भएको नारायण बोहराले बताए । कोरोना भाइरसको संक्रमण फैलिएपछि विकास निर्माणका काम रोकिँदा आम्दानी हुनै छाडेको मजदुरहरूको गुनासो छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x