कात्तिक २५, २०८०
पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ । गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...
यसै शैक्षिक सत्रबाट अनिवार्य विषयका रुपमा लागू गरिएको ‘सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा’बारे उत्पन्न अन्योल चिरेर कार्यान्वयनका लागि शिक्षकलाई अभिमुखीकरण गराउन शिक्षाविज्ञले सुझाव दिएका छन् ।
‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६’ अन्तर्गत एकल पथीयरूपमा कक्षा ११ र १२ मा समावेश गरिएको सो नयाँ विषयको सान्दर्भिकता र कार्यान्वयनको अन्योलबारे आज शिक्षा पत्रकार समाज र ज्ञान अनुसन्धान तथा सिकाइ केन्द्रले आयोजना गरेको भर्चुअल बहसमा विज्ञहरुले सो सुझाव दिएका हुन् ।
तत्कालीन उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका सदस्य शिक्षाविज्ञ विमलकुमार फुयाँलले सो विषयलाई सबै तह र विषयमा अन्तरसम्बन्धित बनाएर लान आवश्यक रहेको जनाउँदै मान्छेले जुनसुकै पेशा वा व्यवसाय अपनाएर पनि उसलाई विश्वस्तरको असल नागरिक बनाउन यस विषयले उत्पे्रेरकको भूमिका खेल्ने बताए । जनमुखी शिक्षाका वकालतकर्ता फुयाँलले चाँडै हट्ने र पाठ्यक्रम विकास केन्द्रले शिक्षकलाई विषयगत अभिमुखीकरणमा ढिलाइ गर्न नहुने धारणा राखे ।
सो तहमा गणितलाई अनिवार्यमा नराखिएको र पाठ्यक्रम तर्जुमाको अधिकार स्थानीय तहको भएको दाबी गर्दै नयाँ प्रारुप कार्यान्वयन नगर्न अन्तरिम आदेशको माग गरी सर्वाेच्च अदालतमा परेको रिट निवेदनमा यही कात्तिक २० गतेको आदेशले हाललाई कार्यान्वयन नगर्न आदेश भई यही कात्तिक २६ गते पेशी तोकिएको छ ।
निजी उच्च विद्यालयहरुको संस्था (हिसान) ले पनि तयारी अपुग भएकाले यसवर्ष नयाँ पाठ्यक्रम लागू नगर्न दबाब दिँदै आएको छ ।
शिक्षा अधिकारकर्मी बिके श्रेष्ठले पश्चिमा मुलुकमा तीन दशकदेखि नै व्यक्तिको सीप विकासका लागि यस्ता विषय शिक्षामा प्रयोग गराइएको देखिएको जनाउँदै अन्तर्राष्ट्रिय अभिसन्धि र सम्मेलनले पनि जीवनोपयोगी शिक्षालाई समावेश गर्न जोड दिँदै आएको अवस्थामा नेपालमा ढिलै भए पनि नीतिगतरूपमा यो विषय समावेश हुनु सकारात्मक भएको बताए ।
पाठ्यक्रम विकास केन्द्रका निर्देशक रेनुका पाण्डेले सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षालाई एकीकृत गरी विद्यार्थीलाई असल र सक्षम नागरिक बनाउने लक्ष्य लिइएकाले यसको कार्यान्वयन हुने स्पष्ट गर्दै तिहारपछि शिक्षकहरुको अभिमुखीकरण हुने जानकारी दिइन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पूर्वसहसचिव डिल्लीराम रिमालले पाठ्यक्रम विकास केन्द्रले समयमै नमूना शिक्षण र तालिम नदिँदा केही अन्योल देखिए पनि यस विषयको सान्दर्भिकता रहेको धारणा राखे।
पाठ्यपुस्तक लेखक गोविन्द भण्डारीले अभिमुखीकरण नभए पनि शिक्षकहरुमा आत्मविश्वास भएमा नयाँ विषयका रुपमा यसलाई पढाउन सक्ने बताए । काभ्रेको सर्वमङ्गल माविका शिक्षक मीरा न्यौपाने र काठमाडौँको काञ्जिरोवा विद्यालयका शिक्षक सरिता खड्काले आफूहरु नयाँ पाठ्यक्रम पढाउन तयार रहेको स्थितिमा विवाद उत्पन्न हुनुले विद्यार्थीमा अन्योल देखिएको जनाए ।
पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ । गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...
काठमाडौं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय स्थापनाको ७५औं वर्ष पूरा भएको छ । देशका विभिन्न सामुदायिक विद्यालयमध्ये अग्रणी शैक्षिक संस्थाका रुपमा चिनिएको शिवपुरीले शनिवार स्थापना दिवसका साथै हिरक (७५ ...
खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् । दिक्तेल रु...
सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...
‘म त रित्ता हातमा हतियार बनाइदिन्छु तिमी होली भन म दिवाली बनाइदिन्छु शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...
‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...