×

यस्ता छन् प्रेमका प्रकार, तपाईले गर्ने प्रेम कस्तो ?

पुस २१, २०७७

NTC
Premier Steels
Marvel

प्रेम आफैंमा एक यस्तो चिज हो, जसमा भावना र महसुस (फिलिङ) जोडिएको हुन्छ । प्रेम यस्तो अनुभव हो जसमा मानिसहरुलाई संशार पहिलेभन्दा सुन्दर लाग्न थाल्छ । प्रेममा परेका मानिसहरुलाई यस्तो लाग्छ मानौं उसको वरिपरि चारैतिर मात्र प्रेम छ ।

yONNEX
Sagarmatha Cement

तर के तपाईलाई थाहा छ प्रेम कति प्रकारको हुन्छ ? या तपाईले कहिल्यै सोच्नु भएको छ कि मैले कस्तो प्रकारको प्रेम गरिरहेको छु ? पक्कै पनि हरेक मान्छेको मनमा आफूले गरिरहेको प्रेम कस्तो प्रकारको हो भन्ने जिज्ञासा उत्पन्न हुन्छ । तर धेरैजसोले त्यसको जवाफ पाउँदैनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रेम गर्ने तर प्रेमको प्रकार थाहा नपाउनेका लागि हामीले सहज होस् भनेर एजेन्सीको सहयोगमा एक आलेख तयार पारेका छौं । यो आलेखमा प्रेमका प्रकारबारे उल्लेख गरिएको छ ।


Advertisment

रोमान्टिक प्रेम

Vianet communication
Laxmi Bank

यस्तो प्रेम प्राचिन ग्रीसका प्रेमका देवता मानिने ‘ईरोश’प्रति समर्पित मानिन्छ । रोमान्टि प्रेमलाई सबैभन्दा खतरनाक प्रेम पनि भनिन्छ । यति खतरानाक कि यो प्रेमले धेरैजसो समस्याहरु निम्त्याउँछ । यस परिभाषाअन्तर्गत विवाहेत्तर सम्बन्धलाई रोमान्टिक प्रेमको संज्ञा दिने गरिन्छ ।

रोमान्टिक प्रेमको अर्को परिभाषा पनि छ । जसमा भनिन्छ कि प्रेममा परे पछिको पहिलो अनुभव नै ‘रोमान्टिक लभ’ हो । यस प्रकारको प्रेममा परेका जोडीहरु एक दोस्रोको विना बाँच्न नै नसकिने सोच्छन् ।

लङ्गटर्म लभ

लामो समयसम्म चल्ने प्रेम नै ‘लङ्गटर्म लभ’ हो । प्रेममा परेर धेरै दुख, कष्ट तथा तमाम व्यवधान सहेर पनि कोही जोडी सम्बन्धमा बाँधिरहन्छन् भने उनीहरुको प्रेमलाई ‘लंगटर्म लभ’ भनिन्छ ।

यस प्रकारको प्रेम विवाहमा गएर परिणत हुन्छ । र जीवनपर्यन्त चलिरहन्छ । यस्तो प्रेम गर्नेहरु बुढेसकालसम्म पनि एकअर्काप्रति समर्पित हुन्छन् ।

चंचल प्रेम

यस्तो प्रकारको प्रेम बचपनमा हुने गर्छ । कतिपयलाई भने किशोरावस्थामा पनि चंचल प्रेम हुन्छ । यस्तो प्रेम केटाले केटी तथा केटीले केटालाई जिस्क्याएर, फ्लर्ट गरेर सुरु हुन्छ ।

यस्तो प्रेममा पर्नेहरुलाई लाग्छ कि पूरै संशार रंगीन छ । सबैजना धेरै खुसी छन्, कोही कसैसँग रिसाउँदैन ।

प्रेमिल प्रेम

यस्तो प्रकारको प्रेम बढी नै भावनात्मक हुन्छ । यस्तो प्रेम तपाईले आफ्नो साथीसँग बढी गर्नुहुन्छ । केटा होउन् या केटी, विपरित लिङ्गीहरु पनि साथित्व निर्वाह गर्छन् भने त्यो प्रेमिल प्रेम हो ।

यस्तो प्रेममा कुनै शारीरिक आकर्षण हुँदैन । यस्तो प्रकारको फिलिङ बचपनमा भाई–बैनी तथा आमाबुवासँग पनि हुन सक्छ ।

खाली (रित्तो) प्रेम

जब कुनै जोडी प्रेममा परे पछि पश्चाताप, दुख या पीडामा हुन्छ भने यस्तो अवस्थालाई खाली (रित्तो) प्रेम भन्न सकिन्छ । धाध्यताबस प्रेमी भइरहनुपर्ने अवस्था हुन्छ भने त्यसलाई खाली प्रेम भनिन्छ ।

यस्तो प्रेम खासगरी विवाहित जोडीहरुमा हुन्छ, जो एकअर्काप्रति समर्पित हुँदैनन् । तर बच्चा, परिवार अथवा समाजका कारण मात्रै बन्धनमा हुन्छन् ।

आवेगपूर्ण प्रेम

यस प्रकारको प्रेममा मानिसहरुमा अरु कुनै पनि चिजको मतलव हुँदैन । यस्तो प्रेममा परेकाहरु पागलपनको हद पार गरेर पनि आफ्नो प्रेमी प्रेमिकालाई पाउने कोशिष गर्छन् । यस्तो प्रेममा परेका जोडीहरु जात र परम्परालाई चुनौति दिँदै एक हुन्छन् ।

यस्तो प्रेममा परेका व्यक्ति चाहन्छन् कि उनी जससँग प्रेम गर्छन् उसले पनि आफूलाई त्यति नै प्रेम गरोस् जति आफूले उसलाई गरेको हुन्छ । यस्तो प्रेममा रहेकाहरुको रिलेनशनसिमा कहिलेकाँही जलनको कारण खटपट पनि पर्ने गर्छ ।

स्वयंलाई प्रेम

यस्तो पनि भनिन्छ कि अरुलाई प्रेम गर्नुभन्दा पहिले स्वयं आफूलाई प्रेम गर्नुपर्छ । यसलाई साधारण भाषामा भन्नुपर्दा आफूलाई उपयुक्त लाग्ने (सुहाउने) प्रेम भन्दा पनि हुन्छ ।

यस्तो प्रेम गर्नेहरु आफ्नो आदर्श, आवश्यकता र भौतिक चाहनाबाट निर्देशित हुन्छन् । जस्तै कुनै साकाहारी केटीले साकाहारी केटालाई नै प्रेम गर्नु यसको उदाहरणका रुपमा लिन सकिन्छ । किनकी त्यहाँ तसको आदर्शले काम गरेको हुन्छ ।

निस्वार्थ प्रेम

यस प्रकारको प्रेममा प्रेमीहरुले कसैका लागि कुनै पनि प्रकारको द्वेष राख्दैनन् । यस्तो प्रेम जोसुकैसँग पनि हुन सक्छ ।

यस्तो प्रेम कुनै पनि प्रकारको दायरको बन्धनमा बाँधिएको हुँदैन । जात, धर्म या उमेरले नै पनि यस्तो प्रेमममा कुनै रुकावट ल्याउन सक्दैनन् । बौद्ध धर्ममा यस्तो प्रेमलाई ‘यूनिभर्सल लभ’ भनिन्छ । यस प्रकारको प्रेममा शान्ति र खुसी प्राप्ती हुन्छ ।

एकतर्फी प्रेम

यस प्रकारको प्रेममा पीडाको अलावा अरु केही पाइँदैन । जसलाई प्रेम गरिन्छ त्यसलाई नै जानकारी नदिइ गरिने यस्तो प्रेममा प्रेमी तड्पिएरै पागल हुन्छन् ।

यस्तो प्रेम गर्नेहरु अक्सर साहित्यकार बन्छन् भन्ने गरिन्छ । यस्तो प्रेमबाट मानिसहरु डरउँछन् । तर यस्तो प्रेममा आधारित (वियोगान्त) कथाहरुलाई भने खुब मन पराइन्छ ।

स्वार्थी प्रेम

यो त्यस्तो प्रेम हो, जो एकतर्फी प्रेमभन्दा पनि बढी खतरनाक हुन्छ । आजकल यस्तो प्रेमलाई ‘स्मार्ट लभ’ पनि भन्ने गरिन्छ । किनकी यस्तो प्रेम गर्नेहरु आफ्नो स्वार्थबाट निर्देशित हुन्छ । र स्वार्थ पूरा गर्ने दाउमा हुन्छ ।

यस्तो भन्नु गलत नहोला कि यसप्रकारको प्रेमले ‘प्रेम’को पवित्रतालाई धुमिल बनाइदिन्छ । धेरैले स्थार्थबाट प्रेरित भएर गरिने प्रेमलाई धोकाको संज्ञा दिन्छन् ।

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक १५, २०८०

​तनहुँमा दैनिक डेंगु सङ्क्रमितको सङ्ख्या बढ्ने क्रम जारी छ । करिब दुई महिनाअघिदेखि फैलिएको डेंगु दैनिक फैलिँदै जाँदा अझै नियन्त्रणमा आउन सकेको छैन ।​​ मङ्गलवार मात्रै एक सय ८२ जना नयाँ डेंगु सङ्क्रमित थपिएक...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

व्यवस्थामाथि हैन, 'असफल' नेतामाथि खतरा

व्यवस्थामाथि हैन, 'असफल' नेतामाथि खतरा

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

x