फागुन १, २०८०
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
नेपाली राजनीतिका त्रासदीपूर्ण क्षणहरूमध्ये पर्ने क्षण र मोडमा उभिएर हामी यतिबेला आफ्नो जीवनको बहुमूल्य समय गुजारिरहेका छौं । जनताको जीवनमा उत्पन्न भयावह संकटलाई टार्ने सम्पूर्ण उपाय र विकल्पहरू रित्तिँदै गएको र राज्य स्वयं गैरजिम्मेवार तथा जनताले झेलिरहेका कठिनाइहरूप्रति चरम उदासीन रहेको यस घडीमा एक वर्ष अघि नै सम्पन्न गर्नुपर्ने आफ्नो चौधौं महाधिवेशनको प्रक्रिया सुरु गरेर आपसमा लडिरहेका छौं। यसको अर्थ हामी घट्टमा मकै हालेर दोहोरी गाउन बसेका मदहोश कलाकार जस्ता भएका त छैनौं भन्ने गम्भीर प्रश्न उठेको छ ।
कुन बेला के काम गर्ने र के नगर्ने भन्ने ध्यान विचार नै नपुर्याउने र निजी स्वार्थ एवं महत्त्वाकांक्षालाई उच्च प्राथमिकतामा राख्ने राजनीतिक नेतृत्वले देशलाई सहि दिशा प्रदान गर्न सक्दैन । मुख्य गरी राज्य सञ्चालनको जिम्मा लिएको र जनताले अवसर दिएको राजनीतिक नेतृत्वले यस विषयमा निकै गम्भीर हुनुपर्छ, तर दुःखका साथ भन्नुपर्छ, नेपाल यतिबेला इतिहासमै सर्वाधिक दुर्भाग्यको सामना गरिरहेको छ । नेपाली जनता सबैभन्दा बढी राज्यबाटै प्रताडित छन् । राज्यको प्रतिनिधिको रूपमा क्रियाशील सरकारलाई जनताको निजी जीवनमा आइपरेका समस्या र संकटसँग कुनै सरोकार छैन ।
राजनीति मानव जीवनलाई उत्तम र सहज बनाउने माध्यम हो र राज्य जनताको चेतना एवं मानवीय आवश्यकताले निर्माण गरेको प्राचीन संस्था हो । यो नागरिकको सामूहिक र विधायक सत्ता हो । नागरिक स्वीकृतिको धरातलमा खडा भएको राज्यले राजनीतिका मूलभूत आदर्शहरूलाई आत्मसात गर्न सकेन भने त्यसले विभेदकारी बाटो अंगाल्न पुग्छ । अनि राज्य, राज्य रहँदैन । यो केही स्वार्थी तत्वको कठपुतली बन्न पुग्छ । नागरिकहरूप्रतिको राज्यको दायित्व बेवारिसे हुन पुग्छ । आज हामी ठ्याक्कै राज्यबाट यस्तै अराजनीतिक व्यवहार झेलिरहेका छौं । राज्य केही स्वार्थी र अवसर परस्त व्यक्तिहरूको खेल मैदानमा परिणत हुँदै गएको छ।
अरस्तुलाई आधुनिक राजनीतिका जनक मानिन्छ । उनले मानिसलाई राजनीतिक प्राणी मानेका छन् । राजनीतिले मानव जीवनको सुखको परिकल्पना गर्दछ तथा राज्य अन्तर्गत बसोबास गर्ने हरेक व्यक्तिको जीवनलाई सुखद् बनाउन दिनरात काम गर्नु राजनीतिको मुख्य ध्येय हुनुपर्छ भन्ने उनको विचारको निष्कर्ष वा सार हो । प्राचीनकालदेखि नै राजनीति अस्तित्वमा छ। रामायण र महाभारत काललाई अध्ययन गर्दा यसको विस्तृत स्वरूपका विषयमा बुझ्न सकिन्छ। पछि आएर चाणक्य, प्लेटो, कन्फ्युसियस समेतले राजनीतिका क्षेत्रमा मौलिक र अतुलनीय योगदान गरेका छन्। निकै पछि आएको मेकियाबेलीको चिन्तनले राजनीतिक क्षेत्रमा ठूलो प्रभाव पारेको थियो। जसले युरोपेली राजनीति मा ऐतिहासिक पुनर्जागरण शुरू भयो।
राज्यलाई यान्त्रिक रूपमा चलाउनु मात्र राजनीति हुँदै होइन । दललाई नेतृत्व प्रदान गर्नु, सत्तामा पुग्नु, बारम्बार पद प्राप्त गरिरहनु मात्र पनि राजनीति होइन। सही मानेमा राजनीतिले मानव कल्याणलाई सुनिश्चित गर्न सक्नुपर्दछ।आफ्ना नागरिकलाई भोका नाङ्गा राखेर दरबार या महलमा रमाउने राजनीति त पाखण्ड मात्र हो। षड्यन्त्र र कुचक्र रचेर व्यक्तिगत महत्त्वाकांक्षा पूरा गर्नु राजनीति होइन । सधैंभरि यसलाई झेली खेलको रूपमा बुझ्नु र आफ्नै सहकर्मीलाई बेवकुफ बनाएर पद हत्याउने काम पनि राजनीति होइन । तर नेपालमा आजसम्म यस्तै राजनीति चल्दै आएको छ।
माथि नै चर्चा गरेजस्तो राज्य भनेको नागरिक सत्ता हो र यसको व्यवस्थापन राजनीतिले गर्ने हो । सरकार यसको साधन हो । बहुदलीय प्रजातन्त्रमा त सरकार सर्वेसर्वा हुँदै होइन । यो त समन्वयकर्ता मात्र हो । आफ्ना नागरिकमाथि हैकम जमाउने अधिकार लोकतान्त्रिक सरकारसँग हुँदै हुँदैन । त्यसैगरी राजनीतिक दलको नेता लाई आफ्नो दलभित्र नीजि हैकम लाद्ने छुट वा सुविधा पनि हुँदैन। तर नेपालको परिप्रेक्ष्यमा यसविपरीत अभ्यास हुँदै आएको छ। यहाँका नेताहरू आफ्नो दलभित्र आफ्नो हैकम लाद्ने गर्दछन् र सरकार आफ्ना नागरिकमाथि आफ्नो प्रभुत्व जमाउने गर्दछन् । यो लोकतान्त्रिक आदर्शको प्रतिकूल चरित्र हो।
लोकतान्त्रिक राजनीतिमा व्यक्ति सर्वोपरि हुँदैन, विधि सर्वोपरि हुन्छ । दलले आत्मसात गरेको सिद्धान्त र अवलम्बन गरेको समयोचित नीतिले समाजलाई डोहोर्या सक्नुपर्दछ। दलको प्राथमिकता भनेको नागरिकको सामूहिक स्वार्थ हो। आफ्नो राज्यको सुरक्षा र नागरिकको कल्याण गर्न नसक्ने राजनीति वास्तविक राजनीति होइन । सरकारमा जाने र नागरिकमाथि हैकम जमाउने राजनीति त राजनीतिका नाममा धोका मात्र हो । हामी सबैलाई थाहा छ, नागरिकले आफ्नो गाँस कटाएर राजनीतिक व्यक्तिको भरणपोषण गरेका हुन्छन्, अर्थात् राज्य चलाउने जिम्मा पाएका नेताहरूको भातभान्सा नागरिकले चलाइदिएका हुन्छन् । तर विडम्बना नै मान्नुपर्छ कि नेपालजस्तो देशमा आफूलाई बचाउने नागरिकमाथि राजनीतिले विवेकहीन प्रभुत्व जमाउन खोज्छ।
देश यतिबेला ओलीतन्त्रको कब्जामा परेको छ। लोकतान्त्रिक मूल्य मान्यताको चरम उपहास गर्दै नेकपाको सरकार चलिरहेको छ। त्यस दलभित्रका ठूला नेतादेखि सामान्य समर्थक समेत सरकारको काम कारवाहीबाट वाक्कदिक्क भइसकेका छन्। जनताले दिएको ऐतिहासिक अवसरको भद्दा दुरूपयोग गरेर दलभित्रको गुटगत स्वार्थलाई मात्र मलजल गर्ने काम गरिँदैछ भन्ने कुरा नेकपाकै नेताहरूको मुखबाट सुनिँदैछ। एक त कम्युनिष्ट विचार अँगालेको दलले जनमुखी काम गर्ला भन्ने आश गर्नु नै मुर्खतापूर्ण कुरा थियो। यसमा जनताले गत निर्वाचनमा कमजोरी गरेकै हुन्। तर लोकतान्त्रिक शासन प्रणालीमा जनमतको कदर गर्नुको विकल्प हुँदैन। त्यसैले जनताबाट छानिएको दलले राम्ररी सरकार चलाओस् भन्ने शुभेच्छा राख्नु बाध्यकारी नै हुन्छ। कामकुरो एकातिर पन्छाएर नेकपाको सरकार पार्टीको आन्तरिक कचिंगलमा व्यस्त र मस्त छ। नेपालको राजनीतिमा यो निकै ठूलो दुर्भाग्य हो।
राजनीतिले जनताको मनमा आशा जगाउन सक्नुपर्छ। त्यस्तो राजनीतिले मात्र देशलाई उभो लगाउन सक्छ, समाजको उत्थान गर्न सक्छ। नेताको वैयक्तिक चिन्ता, कुण्ठा र लोभको रक्षा गर्ने टेको राजनीति होइन। जनताले आफूले पत्याएको नेतालाई जुरुक्कै बोक्दछन्, बारम्बार साथ दिन्छन् र राज्य सञ्चालन गर्ने स्थानमा पुर्याउँछन् । यो जनताको महानता हो। यसको बदलामा सुशासन चाहन्छन्। यसमा जनताको व्यक्तिगत स्वार्थ विल्कुलै कम हुन्छ। आफ्नो राष्ट्र प्रतिष्ठित बनोस् र समाजले प्रगति गरोस् भन्ने चाहना बढी हुन्छ। तर खराब राजनीति र नेताले जनताको पवित्र चाहना र सद्भाव लाई महसूस नै गर्दैन। आफ्नै डम्फु बजाउँछ र जनताको समवेदनामा खेल्छ । नेपालले अहिले यही नियति झेलिरहेको छ।
नेपाली कांग्रेसका मुख्य नेताहरूलाई इतिहासले सधैं सम्झिराख्छ। कारण उनीहरूले आफ्नो जीवनकालमा स्मरणीय कार्य गरेका थिए। मुलुकको राजनीतिमा उनीहरूको स्थान विशिष्ट छ। राजनीतिलाई सही मानेमा निष्ठापूर्वक अभ्यास गर्न उनीहरूले इमान्दार प्रयास गरेका हुन्। यो कांग्रेसको गौरवपूर्ण विगत हो। अहिले चाहिँ के हुँदैछ त ? दलभित्र मात्र होइन, बाहिर रहेका शुभचिन्तकहरूलाई समेत गहिरो चासो छ। चौधौं महाधिवेशनको निर्धारित तिथि नजिकिँदै छ,तर तयारी ठप्प छ किन? यसको मुख्य कारण के? सबै सरोकारवालाले जवाफ खोजिरहेका छन्। दलको महाधिवेशन नेताहरूको निजी या घरेलु मामला होइन, सरोकारवालाको साझा मामला हो।
कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवा संघर्ष, योगदान तथा भाग्य समेतका कारण यो स्थानमा पुगेका व्यक्ति हुन्। कांग्रेसको राजनीतिमा उहाँसँगै लागेको या काम गरेको अन्य कुनै पनि व्यक्तिले यति धेरै अवसर पाएको छैन। यसमा उहाँकै बुद्धिमत्ता, योग्यता र समय नै कारण हो। उहाँले आफ्ना समकालीन नेताहरूलाई उछिन्नुमा उहाँको खुबी नै पर्याप्त कारण हो। अहिले उहाँ जीवनको उत्तरार्द्धतर्फ लम्कँदै हुनुहुन्छ। यसको अर्थ उहाँसँग सक्रिय राजनीतिका थोरै वर्ष मात्र बाँकी छन्। कांग्रेसका सबै दिवंगत नेताहरूसँग काम गरेको अनुभव छ। राजनीति मा उहाँले उक्लनु पर्ने कुनै शिखर बाँकी छैन। यो घडीमा उहाँले दलभित्र राम्रो परम्परा निर्माण गर्न सक्नुपर्दछ ताकि आउने पुस्ताले त्यसलाई गौरवपूर्ण स्मरण गर्न सकोस्। उहाँले दलभित्र जित्नु पर्ने कुनै लडाईं बाँकी छैन।
उहाँलाई इतिहासले सम्झने एउटा कार्य गरिसक्नुभएको छ,तीनै तहको निर्वाचन । अब महाधिवेशन गराउनु छ। यस ऐतिहासिक आयोजनालाई उहाँले विशेष बनाउन सक्नुहुन्छ। यस कार्यमा दलभित्र बाधक कोही पनि छैन। उहाँ दलका सबै सदस्यहरूको अभिभावक र संरक्षक पनि हो। विद्यार्थी राजनीति मा लागेका भाइबहिनीदेखि लामो योगदान भएका पुराना साथीहरूको उच्च मूल्यांकन गर्ने विवेकशील न्यायाधीश पनि हो । यस्तो स्थानमा बसेका बेला दलभित्रका साथीहरूको चित्त बुझाउने दायित्व पनि उहाँकै हो।
तसर्थ कांग्रेस सभापति ले यतिबेला एक्लै बसेर आफूले सम्पादन गरिसकेका काम र कदमहरूको बारेमा गम्भीर आत्मसमीक्षा गर्नु पर्दछ, र भावी कदमहरूको सूची बनाउनुपर्छ । साँच्चै भन्ने हो भने यो समय उहाँको राजनीतिक जीवनको इतिहासमा सबैभन्दा गम्भीर भएर सोच्ने र निर्णय लिने समय हो।
परम्परागत गुटबन्दीको घेरामा बसिराखेर या त्यसैको बन्धक भएर उहाँले ऐतिहासिक निर्णय गर्न सक्नु हुन्न । सच्चा लोकतन्त्रवादी नेताले गुट त चलाउँछ तर सधैँभरि गुटको बन्धक हुँदैन । उहाँ जीवनको त्यस्तो मोडमा पुग्नुभएको छ, जहाँ उभिएर चालिने कदमले कांग्रेसको प्रतिष्ठा बढ्ने, दलको संगठनात्मक जीवनमा रक्तसञ्चार हुने र स्वयं उहाँको व्यक्तित्वको चमक बढ्ने छ ।
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...