काठमाडौं, २९ बैशाख– अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा ग्राण्डी अस्पतालमा विभिन्न कार्यक्रम गरी नर्स दिवस मनाइएको छ ।

नर्सिङ विभागमा रहेको विभिन्न वार्डमा कार्यरत नर्सिङ स्टाफहरुको तर्फबाट कविता वाचन, गायन,नृत्य र प्रहसन लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरुको प्रस्तुति रहेको थियो ।

कार्यक्रममा अस्पतालको नर्सिङ विभागको तर्फबाट नर्सहरुको जिम्मेवारीको बारेमा जानकारीमूलक र मनोरञ्जनात्मक प्रस्तुति गरिएको थियो ।

अन्तर्राष्ट्रिय नर्स दिवसको यस बर्षको नारा ‘नर्सेस् अ भ्वाइस टु लिड– अचिभिङग द सस्टेनेबल डेभलेपमेन्ट गोल’ अर्थात ‘दिगो विकासको लक्ष्य हासिल गर्न नर्सहरुको नेतृत्वदायी आवाज’ भन्ने रहेको छ ।

विश्वमा नर्सिङ सेवाको सुरुवात गर्ने फ्लोरेन्स नाइटिंगेलको जन्मतिथि १२ मे लाई संसारभर विश्व नर्स डेको रुपमा मनाउन थालिएको हो । ग्राण्डी अस्पतालले नियमित रुपमा यो दिवस मनाउँदै आएको छ ।
