तिहार ढिला पर्दा सुक्न थाल्यो सयपत्री फूल

प्रतिकात्मक तस्वीर

यस वर्ष तिहार ढिलो गरी आउँदा सयपत्री र मखमली फूलहरू सुक्न थालेका छन् ।

बागलुङका अधिकांशका घरमा रहेका सयमत्री र मखमली फूलहरू सुक्न थालेका हुन् ।


Advertisement

तिहार आएको महसूस गराउने फूल बोटमै सुक्न थालेपछि तिहारमा प्राकृतिक फूलका मालाको अभाव हुने भएको छ । यस वर्षको तिहार गत वर्षको भन्दा झण्डै १ महिनापछि धकेलिँदा सयपत्री फूल तिहारका लागि जोगाउन कठिन भएको बागलुङको काठेखोला गाउँपालिका–७ का स्थानीय युवराज शर्माले बताए ।

यसपालि तिहार अगावै बोटसहित फूलसमेत सुक्ने, ओइलाउने र कुहिने भएपछि धेरै मात्रामा फूल खपत हुने पर्व तिहारमा प्राकृतिक फूलको अभाव हुने अवस्था आएको उनले बताए । मठ मन्दिर तथा शक्तिपीठहरू समेत कोरोनाका कारण बन्द अवस्थामा रहेकाले विगतमा जस्तो अन्य समयमा समेत फूलको खपत छैन । घरायसी प्रयोजनका लागि तिहारलाई साँचेका फूल सुक्न थालेपछि स्थानीय चिन्तित छन् । 


Advertisement

सामान्यतया ३ देखि ४ महिना अवधि मात्रै रहने सयपत्री फूल यस वर्ष अत्यधिक वर्षाका कारण पुष्पखेतीमा असर परेको भए पनि जोगिएका फूल राम्रै फुलेका थिए । तर यस वर्षको तिहार ढिलो परेकाले फूल जोगाउन नसकिएको शर्माले बताए । कात्तिक दोस्रो सातासम्म फक्रिएका फूल मौसम परिवर्तन भएर चिसो बढ्नुका साथै शीत पर्न थालेपछि १ हप्तामै कुहिएका छन् । 

कमेन्ट गर्नुहोस्