×

NMB BANK
NIC ASIA

राष्ट्रपतिमा बाइडन जित्दा नेपाली अमेरिकी खुशी

कात्तिक २४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाको राष्ट्रपतिमा डेमोक्र्याट पार्टीका जो बाइडन विजयी भएसँगै आप्रवासीले खुशी मनाएका छन् । यसरी खुशी मनाउने आप्रवासीमा नेपाली अमेरिकी पनि छन् । 

Muktinath Bank

खासगरी अमेरिकामा रहेका नेपालीले स्वास्थ्य बीमा, बन्दुक नियन्त्रण, न्यूनतम वेतनमा वृद्धि जस्ता विषयमा डेमोक्र्याट पार्टीको धारणासँग ऐक्यबद्धता जनाउँदै आएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सन् २०२० को चुनावमा यी विषय ओझेलमा पार्नेगरी कोरोना भाइरस र यसको नियन्त्रणमा आवश्यक रणनीति बनाउने विषयले प्रमुखता पाएको यथार्थ छ । ‘जो बाइडनको विजयले हामी अमेरिकन नेपालीमा आशा र विश्वास निर्माण गराउन अभिप्रेरित गरेको छ,’ बाइडनको विजयपछि प्रतिक्रिया दिँदै मेरिल्याण्ड जनरल एसेम्ब्लीका डेलिगेट ह्यारी भण्डारीले भने, ‘अमेरिका सम्भावना र अवसरको भूमि हो भन्ने कुरा यो पटकको निर्वाचनले प्रमाणित गरेको छ ।’


Advertisment
Nabil box
Kumari

भण्डारीले आप्रवासी अभिभावकबाट जन्मिएका उपराष्ट्रपति कमला ह्यारिसको आगमनले हाम्रा बालबालिकालाई पनि प्रेरणा दिएको बताए । भण्डारी स्वयं मेरिल्याण्डको जनरल एसेम्बलीमा निर्वाचित हुने पहिलो नेपाली हुन् ।

Vianet communication
Laxmi Bank

डेमोक्र्याट पार्टीका सिनेटरहरुले हाउसमा उत्पन्न गरेका टेम्पोरेरी प्रोक्टेड स्टाटस (टीपीएस) बाहकहरूलाई ग्राीनकार्ड हुँदै नागरिकका लागि सहजीकरण गर्ने विधेयक कार्यान्वयन हुने विश्वास गरिएको छ । यसबाट करीब १० हजार नेपाली लाभान्वित हुनेछन् ।  

अमेरिकामा कानून व्यवसायमा संलग्न खगेन्द्र जिसी प्रजातान्त्रिक विधि र प्रक्रियाबाट निर्वाचित कार्यकारीले विगतमा चालिएको कदम जनमतबाट अस्वीकार हुने प्रक्रिया सुन्दर पक्ष भएको टिप्पणी गर्छन् । जिसीले कतिपय आप्रवासनसम्बन्धी कानूनको पुनरावलोकन गर्ने भनेर चुनावी अभियानमा भन्दै आएकाले कार्यकारी आदेश आउन सक्ने विश्वास व्यक्त गर्छन् । खासरी टीपीएस, डाकाजस्ता कार्यक्रममा बाइडन प्रशासनले लचिलो नीति अंगीकार गर्ने विश्वास लिइएको जिसीले बताए । उनले भने, ‘पछिल्ला दिनमा आप्रवासनसम्बन्धी मुद्दामा विलम्ब हुने, कार्यकारी आदेशबाट रोकिने भएको थियो आगामी दिनमा त्यसमा सुधार हुने अपेक्षा राखेको छु ।’ 

अमेरिकामा राजनीतिक कर्ममा संलग्न रहेका हरि शर्माले बाइडनको विजयले नेपाल अमेरिकाको सम्बन्धमा नयाँ उचाइ हासिल गर्न सक्ने विश्वास व्यक्त गरे । उनले अमेरिकामा विविधताको विशेषता यो निर्वाचनले पुनःस्थापित गरेको प्रतिक्रिया दिए ।

अमेरिकाले ग्लोबलरुपमा आफ्नो नेतृत्वदायी भूमिका पुनःस्थापित गर्दै अगाडि बढ्न नयाँ रणनीति अङ्गीकार हुने शर्मा बताउँछन् । अमेरिकामा रहेका नेपाली नयाँ प्रशासनले लिने स्वास्थ्य बीमाको नीति र कोभिड– १९ को नियन्त्रणमा चाल्ने कदमबाट लाभ लिनसक्ने विश्वास रहेको शर्माको भनाइ छ ।  

अमेरिकामा व्यवसाय गर्दै आएका राधेश पण्डित बाइडन र ह्यारिसको विजयले व्यवसायीमा उत्साह थपिएको प्रतिक्रिया दिन्छन् । पण्डित भन्छन्, ‘नवनिर्वाचित राष्ट्रपति बाइडनले कोरोना भाइरसको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुहुनेछ यसले लगानीकर्ताको मनोवल थप उँचो बनाउनेछ ।’ 

पण्डितको अनुभवमा यदि समयमा नै प्रभावकारी कदम चालिएको भए अमेरिका अहिले आर्थिक अवस्थाको पुनःस्थापनाको चरणमा प्रवेश गर्ने थियो । उनी सन् २००८ को वित्तीय संकटका बेलामा ओवामा प्रशासनको मातहतमा रहेर बाइडनले खेलेको भूमिकाको स्मरण गर्दै भन्छन्, ‘अहिलेको घडीमा अमेरिकाले खोजेको र चाहेको व्यक्ति नै बाइडन हो ।’ पण्डितले कार्यकारी अधिकारलाई प्रभावकारी बनाउन बाइडन र ह्यारिसको टिम समन्वय निकै राम्रो हुनेमा विश्वस्त रहेको बताउँछन् । 

अमेरिकामा रहेका नेपालीले खुद्रा व्यवसायमा राम्रो गर्दै आएका छन्, उनीहरु कोरोना भाइरसले ल्याएको संकटलाई समाधान गर्न बाइडन प्रशासन सफल हुनेमा विश्वस्त देखिन्छन् । अमेरिकाको ४६औं राष्ट्रपति बनेका जो बाइडनले आफ्नो अनौपचारिकरूपमा सोमवारदेखि कामको थालनी गर्ने भएका छन् । यसका लागि सोमवार १२ सदस्यीय एक विज्ञ टोली गठन गरेर कोरोना भाइरसको नियन्त्रणका लागि थप कदम चाल्ने बताइएको छ ।

यसैगरी मौसम परिवर्तन जस्ता विषयमा कार्यभार सम्हाल्ने केही दिनमा नै कार्यकारी आदेश आउने घोषणा गरिएको छ । विगत २८ वर्षमा बहालवाला राष्ट्रपतिलाई पराजित गर्न सफल जो बाइडनले यो आलेख तयार पार्दासम्म २७९ इलोक्ट्रोल मतसहित प्रत्यक्ष निर्वाचनमा ७ करोड ५४ लाख ९ हजार ३१० मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्दी राष्ट्रपति डोनाल्ड ट्रम्पले २१४ इलेक्ट्रोल मतसहित ७ करोड ११ लाख २१ हजार २५३ मत प्राप्त गरेका छन् । अझै पनि जर्जिया र एरिजोना राज्यको अन्तिम नतिजा आइसकेको छैन ।

नवनिर्वाचित राष्ट्रपति जो बाइडनले आगामी जनवरी २० बाट आफ्नो कार्यभार सम्हाल्नेछन् । त्यसअघि शक्ति रुपान्तरण समूहमार्फत् विभिन्न काममा सहभागी हुनेछन् । – मधुकर अधिकारी/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x