×

NMB BANK
NIC ASIA

आईएयूको एशोसियट सदस्यमा पहिलो पटक नेपाली मनोनित

कात्तिक २४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

खगोल विज्ञानमा काम गर्ने वैज्ञानिकको संस्था अन्तर्राष्ट्रिय एष्ट्रोनोमिकल युनियन (आईएयू) मा पहिलोपटक नेपालीको प्रवेश भएको छ ।

Muktinath Bank

डेढ दशकअघिदेखि नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) स्थापना गरी नेपालमा खगोल विज्ञानको अध्ययन अनुसन्धानमा काम गर्दै आएका संस्थापक अध्यक्ष सुरेश भट्टराईलाई आईएयूले एशोसियट सदस्य पदमा मनोनयन गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि सन् २०१८ देखि भट्टराईले आईएयूको नेपाल प्रतिनिधिका रूपमा काम गर्दै आएका थिए ।
 
भट्टराईलाई आईएयू अफिस फर एस्ट्रोनोमी आउटरिच जापान कार्यालयको सिफारिसमा युनियनको मुख्यालय पेरिसले एशोसिएट सदस्य पदमा मनोनयन गरेको हो । भट्टराई विक्रम संवत् २०७३ देखि त्रिचन्द्र क्याम्पस घण्टाघरमा भौतिक विज्ञान विषयको आंशिक उपप्राध्यापकका रुपमा समेत कार्यरत छन् ।


Advertisment
Nabil box
Kumari

सदस्य नियुक्त भएपछि उनले नेपालमा खगोल विज्ञानको शिक्षा, जनसम्पर्क, सम्पदा तथा संस्कृतिको क्षेत्रमा पनि काम गर्ने कार्ययोजना रहेको जानकारी दिए । खगोल विज्ञान क्षेत्रमा कार्यरत सरकारी र गैरसरकारी संस्थासँग समेत सहकार्य गरिने जनाइएको छ ।

Vianet communication
Laxmi Bank

वेदको एक अंगका रुपमा रहेको ज्योतिषले समेत केही खगोलका विषयमा अध्ययन गर्ने परम्परा ऋषिमुनिको पालादेखि चल्दै आए पनि त्यसको समन्वयात्मक अनुसन्धान हुन सकेको छैन । यस सम्बन्धमा समेत काम गर्ने भट्टराईको योजना छ । युनियनमा १०० देशका १३ हजार ५०० भन्दा बढी खगोलविद् सदस्य छन् । सन् १९१९ स्थापना भएको युनियनको प्रधान कार्यालय फ्रान्सको पेरिसमा रहेको छ ।

खगोल विज्ञानको क्षेत्रमा काम गरेका व्यक्तिलाई युनियनको एशोसिएट सदस्यमा मनोनयन गर्ने व्यवस्था छ । युनियनमा हाल १०२ एशोसिएट सदस्य छन् । 

खगोल विज्ञानमा विद्यावारीधि गरेकालाई युनियको कनिष्ठ सदस्यता दिने गरिएको छ । हाल ७१७ जना युनियनका कनिष्ठ सदस्यका रुपमा कार्यरत छन् । नासोलाई युनियनको राष्ट्रिय सदस्यता प्राप्त गर्ने गरी मानवीय स्रोत तयार पार्ने काम भइरहेको सोसाइटीले जनाएको छ । भारत, चीनलगायत १०० देश युनियनको राष्ट्रिय सदस्य छन् । विकासोन्मुख देशका खगोलविद्लाई पर्यवेक्षक र अन्तरिम सदस्यका रुपमा सहभागी गराउने नीति पनि युनियनको रहेको सोसाइटीले जनाएको छ ।
 
युनियनमा रहेका ९ विभागका सदस्यलाई व्यक्तिगत सदस्यता दिने गरिएको छ । हाल युनियनका ११ हजार ९९ व्यक्तिगत सदस्य छन् । व्यक्तिगत सदस्यता पाएर पनि खगोल विज्ञानको क्षेत्रमा सक्रिय रुपमा काम नगर्नेलाई ३/३ वर्षमा हुने साधारणसभाका अवसरमा निष्कासन गर्ने गरिएको छ । खगोल विज्ञानको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्ति वा संस्थालाई युनियनले मानार्थ सदस्यता प्रदान गर्ने गरेको छ । हाल ९ जना युनियनका मानार्थ सदस्य छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x