अखाद्य चामल र भाइमसला बिक्री गर्ने पसल सिलबन्दी

अखाद्य वस्तु मिसावट गरी चामल बिक्रीवितरण गर्ने  हेटौँडा उपमहानगरपालिका वडा  नम्बर १० स्थित  विवेक स्टोरमा जिल्ला प्रशासन कार्यालयको निर्देशनमा आज सिलबन्दी गरिएको छ । एक सय बोरा  अखाद्य चामल उक्त स्टोरमा भेटिएपछि संयुक्त अनुगमन टोलीले सिलबन्दी गरेको जिप्रकाले जनाएको छ ।

खाद्य तथा गुणस्तर नियन्त्रण कार्यालय, उपमहानगरपालिका, घरेलु कार्यालय र उपभोक्ता समितिका प्रमुख तथा प्रतिनिधिसहितको टोलीले  हेटौँडा १० मा रहेको सो स्टोर सिलबन्दी गरी अनुसन्धान प्रकिया अगाडि वढाएको अनुगमन टोलीमा सहभागी सहदेव आचार्यले जानकारी दिए । उक्त चामलमा  पशुपन्छीलाई खुवाउने कनिका मिसाएको पाइएकाले नष्ट  गर्नसमेत खाद्य तथा गुणस्तर नियन्त्रण कार्यालयले निर्देशन दिएको जनाइएको छ ।


Advertisement

यसैगरी अनुगमन टोलीले  हेटौँडा बजारमा उपभोक्तालाई बिक्रीवितरण  गर्न राखिएको भाइमसला बिक्रीमा केही पसललाई रोक लगाएको  जिप्रकाका शाखा अधिकृत  देवचन्द्र गड्तौलाले बताए ।


Advertisement

कमेन्ट गर्नुहोस्