×

NMB BANK
NIC ASIA

तरकारी खेती गरी गाउँमै आम्दानी गर्दै युवा

कात्तिक २५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौरीदेउराली–७ मादनकुँडारीका युवा दवामानसिं लामा यतिबेला बारीमा उत्पादन भएको तरकारी बजारमा बेच्नमा व्यस्त छन्। आफ्नै बारीमा मौसमअनुसारको थरिथरिका तरकारी फलाउँदै आएका उनी हिजोआज बन्दाकोभी बेच्न व्यस्त बनेका हुन् ।

Muktinath Bank

विगत केही वर्षदेखि तरकारी उत्पादन गर्दै बजारीकरण गरेर आम्दानीको स्रोत पहिल्याउँदै आएका उनले बारीमा बन्दाकोभी, धनियाँ, पालुङ, घ्यूसिमी, काउली, चमसुर, मेथी, लसुन, बोडी र सागसब्जी उत्पादन गर्दै आएका छन् । “समयअनुसारको तरकारी खेती गरी आर्थिक उपार्जनमा लागिरहेको छु”, उनले भने, “हिजोआज बन्दाकोभीको मौसम भएकाले त्यही बजारीकरण गर्दैमा व्यस्त छु ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बन्दाकोभीसँगै हरियो धनियाँ, पालुङ्गो, चमसुर पनि उत्पादन भइरहेको उनको भनाइ छ । यसअघि बोडी उत्पादन गरी बिक्री गरिसकेका उनले दुःख गरे गाउँमै बसेर पनि तरकारी खेतीबाट आम्दानी गर्न सकिने भएपछि त्यसतर्फ लागेको बताए । करिब पाँच वर्ष अगाडि क्षेत्रीय कृषि तालिम केन्द्र धनुषाबाट ५१ दिनको तरकारी खेती गर्ने तरिकासम्बन्धी तालिम लिनुभएका लामाले करिब एक वर्ष अगाडिबाट निरन्तर खेतीमा लाग्दै आएका छन् ।


Advertisment
Nabil box
Kumari

बारीमा उत्पादन गरेको तरकारी गाउँकै मादन, कुँडारी, कात्तिके देउरालीको बजारमा बिक्री हुने गरेको छ । एकातिर बजार सानो अर्कोतिर आफ्नो भएको थोरै बारीमा उत्पादन गरेको तरकारी बिक्रीका लागि खासै समस्या नभएको उनले बताए । “बजार पनि सानो छ तर पनि उत्पादन भएको तरकारी बिक्री भएन भनेर चिन्तित हुनुपर्ने अवस्था छैन”, उनले भने, “बजारमा बिक्रीसँगै वडामा भएको सरकारी कार्यालयमा कार्यरत कर्मचारी आफैँले पनि ताजा तरकारीका लागि बारीमा नै आएर लाने गर्नुहुन्छ ।” 

Vianet communication
Laxmi Bank

सँगै तालिम लिएका साथीहरूले व्यावसायिकरूपमा काम नगरे पनि आफूले भने सिकेको सीपलाई व्यावहारिकरूपमा कार्यान्वयनमा ल्याएको उनले बताए । “धेरै आम्दानी गर्न नसके पनि एकातिर तरकारी के खाने भन्ने चिन्ता छैन, अर्कोतिर अध्ययन र घर खर्चका लागि कुनै समस्या छैन”, उनले भने, “अहिले पछिल्लो समयमा भने बजारको मागका आधारमा तरकारी उत्पादन गर्ने गरेको छु ।”

यद्यपि पर्याप्त मात्रमा सिँचाइको व्यवस्था नहुँदा भने निकै समस्या व्यहोर्नुपरेको उनको भनाइ छ । पानीको प्रशस्त व्यवस्था नहुँदा सोचेजति उत्पादन गर्न नसकेको उनले ब।

अहिले उनी हातधुने र कपडा धोएर खेर जाने पानीलाई सङ्कलन गरेर तरकारी खेती गर्छन् । त्यसका लागि गाउँपालिका र वडाले सिँचाइको व्यवस्थापन गरेको खण्डमा कृषिमा लाग्न चाहने युवाहरूका लागि धेरै सहज हुने उहाँको भनाइ छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x