×

NMB BANK
NIC ASIA

पत्रकारितालाई मर्यादित र विश्वसनीय बनाउन मन्त्री गुरुङको आह्वान

कात्तिक २५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मर्यादित र विश्वसनीय पत्रकारिताको अभियान सञ्चालन गर्न आह्वान गरेका छन् ।

Muktinath Bank

मर्यादित पत्रकारिताले नै समाजलाई सभ्य बनाउने उनले बताए । नवलपरासी (बर्दघाट सुस्तापश्चिम), नवलपुर (बर्दघाट सुस्तापूर्व) र चितवनका पत्रकारका लागि अमेरिकी दूतावासको सहयोगमा मिडिया एक्सन नेपालले आयोजना गरेको भ्रामक समाचार र गलत सूचना न्यूनीकरणसम्बन्धी दोस्रो चरणको तालिम समापन कार्यक्रममा मंगलवार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले भने, ‘तपाईंको अभियानमा मन्त्रालयले पनि सहयोग गर्छ, सञ्चार क्षेत्रका कानून पनि सुधार गर्छौं, ती कानूनमा मर्यादित पत्रकारिता थपिनेछ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भ्रम फैलाउने र नकारात्मक समाचारलाई बढी प्राथमिकता दिँदा पछिल्लो समय पत्रकारिताप्रतिको विश्वास कमजोर हुँदै गएको उनको भनाइ थियो । मन्त्री गुरुङले सञ्चार क्षेत्रमा रुपान्तरण गर्ने गरी आफू लागेको पनि जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले समाजले भरोसा गरेको पत्रकारिता जगतले भ्रम र अफवाह फैलाउनेतर्फ नभई विश्वास बढाउनतर्फ अग्रसर हुनुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले यस तालिमले पत्रकारितालाई जिम्मेवार र विश्वसनीय बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले भने, ‘हामीप्रतिको विश्वासलाई कायम राख्न कमजोरी सुधार गर्नुपर्छ, आचारसंहिता पालना गर्नु नै महत्त्वपूर्ण हो, यसका लागि हामीले अनुगमन गरिरहेका छौं, राज्यको तर्फबाट पनि यसतर्फ पहल हुनुपर्छ ।’

Vianet communication
Laxmi Bank

प्रेस काउन्सिल नेपालका सदस्य संगीता खड्काले आचारसंहिता पालना गरे पत्रकारिता क्षेत्र विश्वसनीय हुने बताइन् । ‘काउन्सिलले आचारसंहिता पालना गराउन पत्रकारलाई सचेत गराउने र लागू गराउने कार्य गर्दै आएको छ,’ उनले भनिन् । भ्रामक र गलत सूचना तथा समाचारलाई न्यूनीकरण गरी पत्रकारिता क्षेत्रलाई मर्यादित, विश्वसनीय, जवाफदेही र जिम्मेवार बनाउने उद्देश्यले तालीम सञ्चालन गरिएको मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले जानकारी दिए ।

३ दिनसम्म सञ्चालन भएको दोस्रो चरणको तालिममा ३ जिल्लाका ३२ पत्रकारको सहभागिता रहेको मिडिया एक्सनका उपाध्यक्ष प्रियंका झाले बताइन् । उनका अनुसार ६ जिल्लाका ६४ पत्रकारलाई तालिम प्रदान गरिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x