×

NMB BANK
NIC ASIA

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधानका लागि दोस्रो पुस्ताका नेताहरूको प्रयास जारी छ ।

Muktinath Bank

मंगलवार बिहानै अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश लिएर लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका स्थायी कमिटी सदस्य शंकर पोखरेल अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुगे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले यतिबेला २ अध्यक्षबीच नै सहमतिको खाँचो रहेको भन्दै प्रचण्डलाई ओलीसँग छलफल गर्न आग्रह गरे । 


Advertisment
Nabil box
Kumari

‘यतिबेला अन्य बैठक–भेलाभन्दा पनि प्रधानमन्त्री ओलीसँगै सहमति गरेर सचिवालय बैठक बोलाउन आवश्यक छ,’ पोखरेलको भनाइ उदृत गर्दै स्रोतले लोकान्तरसँग भन्यो, ‘ओली कमरेडको पनि यही धारणा छ । तपाईंहरू मिल्दा पार्टी अघि बढ्छ । तपाईंहरूबीच संवादहीनता बढ्यो भने एकताविरोधी क्रियाकलापहरू बढ्छन् ।’

Vianet communication
Laxmi Bank

जवाफमा प्रचण्डले आफू एक्लै बालुवाटार जानुको कुनै अर्थ नरहेको बताए । ‘उहाँ (ओली) व्यक्तिगत रूपमै अपमानको तहमा ओर्लिनुभएको छ । जे जति विवाद छ, सचिवालय बैठकले नै हल गर्छ । त्यो भन्दा दायाँबायाँ म हुन्न,’ प्रचण्डको जवाफ थियो यो ।

जवाफमा पोखरेलले सचिवालय बैठक बोलाउन ओली पनि तयार रहेको तर त्यसका लागि अध्यक्षद्वयबीच परामर्श हुनुपर्ने बताए । 

अध्यक्ष प्रचण्डलाई मनाउन सोमवार महासचिव विष्णु पौडेल पनि खुमलटार पुगेका थिए । तर सोमवार पनि प्रचण्डले एक्लाएक्लै छलफलको कुनै अर्थ नरहेको भन्दै पौडेललाई फर्काइदिए ।

मंगलवार ४ बजे बहुमत सचिवालय सदस्यको अनौपचारिक बैठक बस्ने तयारी रहेको छ । नेकपा स्रोतका अनुसार प्रचण्डले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई खबर पठाइसकेका छन् ।

यसअघि गत शुक्रवार र शनिवार पनि ५ जना सचिवालय सदस्यहरू पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेका थिए । उक्त अनौपचारिक भेलापछि सचिवालय बैठक बस्न माग गर्दै ओलीलाई २ पृष्ठ लामो पत्रसमेत बुझाइएको थियो ।

मौखिक रूपमा २ दिनको अल्टिमेटम दिइएको भनिएतापनि आइतवार र सोमवार बैठक बस्न सकेन । प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक नै नबस्ने स्थितिमा आफूहरूले के गर्ने भन्ने बारे छलफल गरिरहेको लोकान्तरलाई बताए ।

केही दिनअघि प्रधानमन्त्री ओलीले बैठक बस्ने विधि र प्रक्रिया हुने भन्दै कसैले माग गरेकै आधारमा बस्न बाध्य नहुने अभिव्यक्ति दिएका थिए । ओलीको यो अभिव्यक्तिबाट असन्तुष्ट पक्ष अझ बढी रुष्ट भएको छ । 

ओली र प्रचण्डबीच गत कात्तिक २० गते यता एक्लाएक्लै भेटघाट भएको छैन । २० गते बालुवाटारमा भएको भेटघाटमा ओली र प्रचण्ड दुवैले एकले अर्कालाई ‘जाली र महाजाली’ भन्दै बाझाबाझ गरेका थिए । प्रचण्डले त्यतिबेलै सचिवालय बैठक बोलाउन ओलीसँग माग गरेपनि ओलीले ‘मलाई अप्ठ्यारो पार्ने बैठक किन बोलाउने ?’ भनेका थिए ।

ओलीले कुनै पनि हालतमा बैठक बोलाउन नमानेपछि ५ जना सचिवालय सदस्य पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भेला भएका हुन् । ओलीले त्यसलाई गुटगत भेलाको संज्ञा दिएका थिए । 

पार्टीभित्र अराजकता बढेको भन्दै केन्द्रीय अनुशासन आयोगका प्रमुख अमृतकुमार बोहोराले विज्ञप्ति नै जारी गरेर अबिलम्ब बैठक बोलाउन माग गरेका छन् । 

यसैबीच प्रधानमन्त्री ओलीका निकट मानिने पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले २ साताभित्र प्रधानमन्त्रीमाथि कारवाही गर्ने प्रचण्ड–नेपाल समूहको तयारी रहेको सन्देश दिने सांकेतिक ट्वीट गरेका छन् ।

उनले मंगलवार बिहान सामाजिक सञ्जाल ट्वीटरमा लेखेका थिए, ‘जिम्वाल बाका छिमेकीले भनेको – दुई साताभित्र प्रधानमन्त्रीमाथि पानी पिउन पनि नपाउने गरी खतरा कारवाही गर्ने तयारी छ रे ! भर्खरै सुनाए । पत्यार नलागे पनि प्रतिक्षा त गर्नु पर्यो अब ।’ उनले रमाइलो पारामा यो ट्वीट गरेपनि यसले दिने अर्थ भने गम्भीर रहेको छ ।

प्रधानमन्त्रीमाथि कारवाही गर्ने तयारी हो र भन्ने प्रश्नमा वरिष्ठ नेता नेपालनिकट एक स्थायी कमिटी सदस्य भन्छन्, ‘चील आएको हल्ला चलाएर कुखुरा टिप्ने स्यालको दाउ हो । यस्ता कुरामाथि टिप्पणी गर्नुको कुनै अर्थ छैन ।’ अध्यक्षद्वय ओली–प्रचण्डले ‘अण्डा पहिला कि चल्ला पहिला’ जस्ता निरर्थक विवाद गरेर पार्टीलाई अनिर्णयको बन्दी बनाइरहेका उनको आरोप छ ।

पार्टी विवाद के हुँदैछ भनेर आफूलाई दिनदिनै डेढ दुई सय फोन आउन थालेको केन्द्रीय कमिटी सदस्य ठाकुर गैरे बताउँछन् ।

'पार्टी भित्रको विवाद समाधानका लागि तत्काल बैठक बोलाउनुपर्ने भनेर हामीले हाम्रो तर्फबाट भनिरहेका छौं,' गैरेले लोकान्तरसँग भने, 'हामीले पनि जवाफ दिनुपर्ने हुन्छ । दिनमा डेढ दुई सय जनाले फोन गरेर के हुँदैछ भनेर सोधिरहन्छन् । त्यो फोन आउन बन्द भए हामीलाई पुग्यो ।'

उनले सहमति पहिला कि बैठक पहिला भन्ने प्रश्न कुखुरा पहिला कि अण्डा पहिला जस्तो भएको बताए । 'यस्तो प्रश्नमा अल्झिने नेताहरूले पार्टी र देश कसरी चलाउने हो ?' उनको प्रश्न छ ।

विवाद समाधानका निम्ति गत साउनको अन्तिममा गठन गरिएको कार्यदल (अहिले विघटित) का सदस्यहरूलाई बालुवाटार बोलाएर छलफल गर्ने महासचिव पौडेलको प्रयास पनि असफल भएको छ । 

सोमवार उनले कार्यदलमा रहेका सबै सदस्यलाई बालुवाटार डाकेका थिए । तर पूर्व माओवादी पक्षबाट प्रतिनिधित्व गर्ने पम्फा भुसाल र जनार्दन शर्मा नआएपछि बालुवाटारमा भेला भएका महासचिव पौडेल, मुख्यमन्त्री पोखरेल, भीम रावल र सुरेन्द्र पाण्डे चिया पिएर फर्केका थिए । 

पूर्व माओवादी पक्षले विघटित कार्यदलको अहिले कुनै काम नभएको निष्कर्ष निकालेको छ । ‘त्यही कार्यदलले दिएको सुझाव अनुसार स्थायी कमिटी बैठकले निर्णय गरेको थियो,’ प्रचण्डनिकट एक नेताले लोकान्तरसँग भने, ‘त्यही निर्णयलाई कार्यान्वयन गरे सकियो । किन थप बखेडा झिक्नुपर्‍यो ?’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x